Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उपचारमा लापरवाही गर्ने अस्पतालका संचालक र चिकित्सकलाई कारवाहीको माग गर्दै प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ५, २०७९
उपचारमा लापरवाही गर्ने अस्पतालका संचालक र चिकित्सकलाई कारवाहीको माग गर्दै प्रदर्शन

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ५ भदौ / वीरगंज हेल्थ केयर अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले विरोध प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको उपचारमा लापरवाही गरेको वीरगंज हेल्थ केयर अस्पताल एवं चिकित्सकलाई काररवाहीको माग गर्दै विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा २ घण्टा धर्ना दिएका छन् ।
‘डा. आशिफ अन्सारीलाई पक्राउ गर, झोलाछाप डाक्टरलाई कारवाही गर’, ‘वीरगंज हेल्थकेयरका संचालक डा. अबुलहैसलाई कारवाही गर, वीरगंज हेल्थकेयर हस्पिटल मुर्दावाद’, ‘डाकटर होइन हत्यारा हो, डा. आशिफलाई जेल गर’ लगयतका नारायुक्त प्लेकार्ड बोकी आफन्तले वीरगंजको घण्टाघर स्थित विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन पश्चात उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा २ घण्टा धर्ना समेत दिएका छन् ।
पत्थरीबाट पीडित भई वीरगंज हेल्थकेयर अस्पतालमा भर्ना भएका छिपहरमाई निवासी ३२ वर्षीय फिरोज मियाँको गत साउन २६ गते डा. आशिफ अन्सारीले शल्यक्रिया गरेका थिए । डा. मियाँले गरेको पहिलो शल्यक्रिया असफल भएपछि दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रित रक्तश्राव हुँदा विरामीको अवस्था चिन्ताजनक भएको स्थानीय नविन सिंहले जानकारी दिए ।
साधारण पत्थरीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका फिरोजलाई डा. आशिफ अन्सारीको चरम लापरवाहीले उनी अहिले मृत्यसँग लडि रहेको बताए । पत्थरीको शल्यक्रियामा खासै समस्या हुने नगरेको अवस्थामा डा. आशिफले दुई दुई पटक शल्यक्रिया गरेको र शल्यक्रियाको क्रममा नशा काटिदिएकोले रक्तश्राव अनियन्त्रित भएर विरामीको अवस्था चिन्ताजनक भएको उनको भनाई छ ।
यसबारे जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको ४ दिनवितिक्यो तर प्रहरीद्वारा कुनै किसिमको कारवाही प्रक्रिया अगाडि बढाएको छैन, जबसम्म अस्पताल संचालक र चिकित्सकलाई कारवाही प्रक्रिया अगाडि नबढाए आन्दोलन जारी नै राख्ने उनको भनाई छ ।
यसैगरि पीडितका भाईले डा. आशिफ अन्सारीको चरम लापरवाहीको कारण दाई मृत्यसँग लडि रहेको आरोप लगाए । उनले साउन २६ गते पत्थरीको शल्यक्रिया गरेकोमा २४ घण्टासम्म रक्तश्राव भएकोमा पुनः दोश्रो पटक शल्यक्रिया गरेको त्यसबाट पनि ठीक नभएपछि ६ दिनसम्म भेण्डिलेटरमा राख्नुपर्छ भनेर ६ दिनसम्म सुधार हुन नसकेपछि काठमाडौं स्थित मेडिशिन असप्तालमा लैजानुपर्छ भनेपछि शल्यक्रिया विग्रिएको आफूहरुलाई जानकारी भएको बताए ।
पीडित पक्षले विगत १ हप्तादेखि अस्पतालका चिकित्सक एवं संचालकलाई कारवाही गर्न माग गर्दै आएका छन् । उनीहरुले तीन दिन अगाडि पत्रकार सम्मेल गरि पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्दा लापरवाही गर्ने जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आशिफ अंसारी र अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीलाई कारवाही गर्न दबाब दिदै आएका थिए तर हालसम्म प्रहरी प्रशासनले कुनै किसिमको कारवाही नगरेपछि विरोध प्रदर्शन गरेको आफन्तको भनाई छ ।
बिरामी फिरोजको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अहिले काठमाण्डौको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । सत्य कुरा नबताई ४ दिन सम्म भ्रममा राखेर परिवारका कुनै सदस्यलाई पनि विरामीलाई भेट्न नदिएको र दुई लाख पचास हजार रकम असुली गरि आईतबार राति ११ बजे अचानक तपाई आफ्नो विरामीलाई काठमाडौं लैजानुस् भन्दै डा.अंसारीले गैर जिम्मेवारी जवाफ दिएको विरामीका आफन्तको प्रतिक्रिया छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि