Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अर्धनग्न नर्तकीहरुसँग सई बर्दीमै नाचेपछि…

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ५, २०७९
अर्धनग्न नर्तकीहरुसँग सई बर्दीमै नाचेपछि…

रौतहट, ५ भदौ / नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा बर्दीमै अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरुलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।
3नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ‘अमर्यादित हर्कत गर्ने प्रहरी नायब निरीक्षकलाई विभागीय कारबाहीका लागि प्रक्रिया शुरु भएको छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी सुनिल मल्लले भने, ‘उनलाई तत्कालै कार्यरत चौकीबाट हटाएर जिम्मेवारी खोसिएको छ ।’ उनीमाथि विभागीय कारबाहीको थप काम पनि अगाडि बढाइएको उनले जानकारी दिए ।

के भन्छन् नाँच्ने साह ?
बर्दीमै स्टेजमै नाचेको भिडियो सार्वजनिक भएपछि प्रहरी नायव निरीक्षक राजकिशोर साहले आफूलाई नियतवश फसाइएको दावी गरेका छन् । उनले आफू नाँच्न स्टेजमा चढेको नभई साँझ पर्न लागेकाले मान्छेको भीड हटाउँदै मेला र नाँच बन्द गराउन चढेको बताउँदै आफ्नो नियत सफा भएको दावी गरे ।
‘म भीड हटाउन स्टेजमा चढिरहँदा तेस्रो लिङ्गी भाइहरुले तानेर नाँच्न भनेको तर म नाचेको होइन्’ उनले भने , ‘मलाई घाँटी समातेर नाँच्ने भाइहरुले पछारिदिए पनि म नेपाल प्रहरीको ‘मुस्कान सहितको सेवाको नारा’ सम्झेर चुप लागेर बसेको हुँ । उनीहरुलाई मैले कुटेको भए, झगडा गरेको भए, रिसाएको भए मलाई झनै भाइरल गरिदिन्थे ।’ उनले आफूले त्यस्तो काम जानेर नगरेको बताउँदै २५ वर्षे जागिर अवधिमा सँधै राम्रो काम मात्र गरिरहँदा कहिले भाइरल नभएकोमा गुनासो गरे ।
‘म त नाँच्ने भनेर स्टेज चढेकै होइन, मलाइ त पछाडिबाट एउटा भाइले धक्का दियो तर म भाग्न खोजे तर तेस्रो लिङ्गी कलाकार भाइहरुले हात तानेर नाँच्न भने’ उनको दावी थियो, ‘ मलाई नाँच्न आउने भए त म पुलिस क्लवमा जान्थे कहाँ यहाँ बसिरहन्थे । म त नाँच्न होइन सम्झाइ बुझाइ गरेर नाँच बन्द गराउन गएको थिएँ ।’

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि