Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश विश्व विद्यालयको उपकुलपतिमा डा.शाक्य नियुक्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०७९
मधेश विश्व विद्यालयको उपकुलपतिमा डा.शाक्य नियुक्त

वीरगंज (पर्सा), ३ भदौ / मधेश विश्वविद्यालयको उपकुलपति पदमा वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक प्राध्यापक डा. दिपक शाक्य नियुक्त भएका छन् । मधेश विश्वविद्यालय ऐन २०७९ को दफा १९ को उपदफा २ बमोजिम मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री राउतले प्राध्यापक डा. शाक्यलाई नियुक्ती पत्र हस्तान्तरण गर्दै आफ्नो पदअनुसारको कर्तब्य पालना गर्न पनि आग्रह गरेका छन् । लामो समयसम्म शैक्षिक क्षेत्रमा सक्रिय रहेका शाक्यले मधेश विश्वविद्यालयको गतिविधि पनि चलायमान बनाएर गरिमा बढाउने मुख्यमन्त्री राउतको बिश्वास छ । मधेस विश्वविद्यालयको कार्यालय वीरगंजको श्रीपुरमा रहेको नेशनल ट्रेडिङको भवनमा संचालन गरिने छ ।
मधेस प्रदेश सरकारले वीरगंजमा मधेस विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै संघीय सरकारसँगको सहमतिमा नेशनल ट्रेडिङको खाली भवन कार्यालय संचालन हुने भएको हो । नेशनल ट्रेडिङको खाली भवनमा अहिले मर्मतको काम चलिरहेको छ । वर्षौँदेखि खाली रहेको भवन जीर्ण भएकाले त्यसलाई मर्मत र रंगरोगन गरेर मधेस विश्वविद्यालयको कार्यालय खडा गर्न धमाधम काम भइरहेको उपकुलपति डा.शाक्यले जानकारी दिए ।
प्रदेशको नामाकरण अघि प्रदेश सरकारले वीरगंज प्राविधिक विश्वविद्यालय स्थापना गर्ने अध्यादेश प्रमाणिकरणका लागि प्रदेश प्रमुखकोमा पठाएको थियो । तर प्रदेशको नामाकरण पछि त्यसलाई फिर्ता लिँदै उद्धेश्य र नाम परिवर्तन गरेर प्रदेशकै नाम रहने गरी मधेस विश्वविद्यालय बनाएको थियो । नेशनल ट्रेडिङको भवन पाँच वर्षको लागि भाडामा लिएको र त्यो अवधिमा विश्वविद्यालयको आफ्नै भौतिक संरचना खडा गर्ने गरी काम हुने शाक्य बताउँछन् । ‘कार्यालय प्राप्त गर्नु नै अहिले ठूलो कुरा भयो, पहिलो चरणमा अहिले कार्यालय स्थापना गरेर काम अघि बढाउने हो, त्यसपछि विश्वविद्यालयको उद्धेश्य अनुसार आवश्यक जग्गा तथा भौतिक संरचना जोड्ने काम हुँदै जान्छ’ उनले भने ।
चालु आबमा १० करोड बजेट विनियोजन
विश्वविद्यालयका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० करोड बजेट छुट्याएको छ । यो वर्ष स्थापना वर्ष भएकाले १० करोड बजेट छुट्याइएको भए पनि आउँदा वर्षमा विश्वविद्यालयका लागि आवश्यक पर्ने बजेट छुट्याउँदै जाने नीति प्रदेश सरकारले लिएको छ । जग्गा प्राप्ति, भौतिक संरचना निर्माण लगायतमा बढी बजेट चाहिने भएकाले आउँदा वर्ष बढी बजेटको खाँचो पर्ने छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि