वीरगञ्ज, २७ साउन / उपसभामुख पुष्पा भुषालले नेपाल र भारत बिचको सम्वन्धलाई अव दुवै देशको आर्थिक सम्बृद्धि तर्फ जोड दिनुपर्ने बताउनुभएको छ । रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल भारत सहयोग मंन्चद्धारा आयोजीत कार्यक्रममा बोल्दै उपसभामुख भुषाल यस्तो बताउनुभएको हो । नेपाल र भारत विचको कुटनितिक सम्वन्धलाई अब विस्तार संगै थप बलियो बनाउदै लैजानुपर्नेमा जोड दिदै उपसभामुख भुषालले नेपाल र भारत विचको सम्वन्धलाई सामाजीक रुपमा पनि बलियो बनाउदै लैजानुपर्ने विस्वास व्यक्त गर्नुभयो ।
नेपाल र भारत विचको धर्म संस्कृति परम्परा समेत समान मैलीकताको रुपमा रहेको जिकिर गर्दै भुषालले दुई देशको सम्वन्धलाई थप सुमधर बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा बोल्दै भारतका संघीय सांसद एवंम् भारतिय जनता पार्टीका नेता डा. सन्जय जयसवालले नेपाल र भारत बिचको सम्वन्धमा थप उचाई बढाउदै लैजानुपर्नेमा विस्वार व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालको तर्फबाट मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओम प्रकाश शर्मा , पुर्व मन्त्री अजय चौरसिया , वीरगञ्ज महानगरपालिकाका मेयर राजेश मान सिंह यसैगरी भारतको तर्फबाट भारत विहार राज्यका निवर्तमान् उपमुख्यमन्त्री रेणी देवी,वीरगञ्ज स्थित भारतीय महाणीज्यदुवासका महावाणीज्य दुत नितेश कुमार लगाएतले नेपाल र भारत बिचको ऐतिहासीक सम्वन्ध वारे चर्चा परिचर्चा गर्नुुभएको थियो ।
प्रतिक्रिया दिनुहोस् !