Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मुख्यमन्त्री लालबाबुको ‘काम कम, प्रचार बढि’ नगवा पोखरी सौन्दर्यीकरण लथालिङ्ग

पाँच वर्षे कार्यकाल वित्न लाग्यो तर तीनवर्षे योजना पुरा हुन सकेन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०७९
मुख्यमन्त्री लालबाबुको ‘काम कम, प्रचार बढि’ नगवा पोखरी सौन्दर्यीकरण लथालिङ्ग

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २४ साउन / मधेश प्रेदशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको कार्यशैली ‘काम कम, प्रचार बढि’
चुनाव आउन थालेपछि मन्त्रीदेखि नेताहरुको सक्रियता बढेको छ । जनतालाई झुक्याउन ठुल–ठुला आश्वासन बाँडिदै छ । पाँच बर्षमा विकासको लहर ल्याएको भन्दै मधेस प्रदेश सरकारका मुख्यमन्त्री देखि प्रदेश सभासद पिठ्यु आफै थपथपाउन लागि परेका छन् । दिनै पिछे शिलान्यासका कार्यक्रमहरु पुरा तामझमका साथ भइरहेका छन् । तर तिन बर्ष अगाडि सुरु भएको वीरगंज स्थित नगवा पोखरी सौन्दर्यीकरण निर्माण कार्यको अवस्था लथालिगं छ । आफ्नै चुनावी क्षेत्रमा मुख्यमन्त्रीको नजर पुगेको छैन ।
वीरगन्ज महानगरिपालिका वडा नं. १६ मा पर्ने एतिहासिक नगवा पोखरी अहिले लथालिङ्ग अवस्थामा पुगेको छ । मधेस प्रदेश सरकारले पोखरी सौन्दर्यीकरणको योजना लागु गरेको तीन बर्ष वित्दा पनि निर्माण अवस्था लथालिङ्ग एवं अलपत्र अवस्थामा छ । कमसल सामग्री प्रयोगको कारण निर्माण गरिएका कतिपय पर्खालहरु भत्किएका छन् भने ढलान समेत भाँसिएको छ । मुख्यमन्त्री बन्ने वित्तिकै लालबाबु राउत गद्दीले सबै भन्दा बढि मतपाएको वीरगंज महानगरपालिकाको वडा नं. १६ नगवा नै हो । र त्यो निर्वाचन अगावै नगवामा ठूलो परिवर्तन ल्याउने उनले घोषणा समेत गरे ।
उनले गरेको घोषणा पश्चात निर्वाचित त भए, मधेश प्रदेशको मुख्यमन्त्री समेत बने ! उनको ५ वर्षे कार्यकाल सकिन पनि लाग्यो तर ३ वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने नगवा पोखरीको सौन्दर्यीकरण भने हुन सकेन् । यो एैतिहासिक पोखरीको जिर्णोधार गर्न पोखरी सौन्दर्यी करण विकास योजना लागु गरिएको शिलान्यास कार्यक्रममा उनले भाषण समेत ठोके । तर तीन बर्ष बितिसक्दा पनि बिकास निर्माणको काम रामभरोसे चलेको छ । पोखरीको अवस्था लथालिगं भएको कारण छठ पुजा लगात यहा लाग्ने मेलामा पनि धैरे कठिनाई भइरहेको स्थानीयको आरोप छ ।
मुख्यमन्त्री कार्यालायको प्रत्यक्ष निगरानीमा सुरु गरिएको यो परियोजनाको ठेक्का १० करोड १ लाख ३० हजार ६ सया ९ रुपैयामा एम एस प्रेरा, रन्जन जेबि ललिपुरले सकार गरेको छ । तर निर्माणको काम मुख्यमन्त्रीकै अभिन्न मित्र एवम पार्टीका प्रदेश सभासद सिगांसन साह कलबारले एक बर्षमा सकाउने गरि २०७६ साल बैशाख २३ गते समझौता गर्दै सुरु गरेका थिए । तर दोश्रो पटक म्याद थपिने अवस्थामा पुगे पनि निर्माण कार्यको प्रगति ४० प्रतिशत मात्र भएको देखिन्छ । गतबर्ष छुट्याइएको रकम ८० लाख काम नभएर प्रिज भएको छ ।
मुख्यमन्त्री कार्यालयमा बढेको अख्तियारको निगरानी पछि बारा पर्सामा लागु रहेका आधा दर्जन भन्दा बढि पोखरी सौन्दर्यी करणका फाइल मन्त्रालय हुदै गत बैशाखमा पुर्वाधार विकास कार्यालय वीरगन्ज पुगेको छ । नगवा पोखरीको प्रगतिबारे पुर्वाधार विकास कार्यालय वीरगन्जका प्रमुख संजय प्रसाद साहले २०७८ चेत १४ को पत्र अनुसार त्यो योजनाको फाइलहरु बुझ्न पत्र आए अनुसार २०७९ वैशाख १९ गतेतिर फाइलहरु आइपुग्यो ।

भुक्तानीको आधारमा ५० प्रतिशत कार्य प्रगति भएको देखिन्छ । त्यसको म्याद गुज्रिसकेको अवस्था रहेकोले म्याद थपका लागि माग भइआएको छ, भर्खरै फाइल बुझेका कारण अध्ययनकै क्रममा रहेको हुनाले यो योजनाहरुमा पूर्वाधार विकास कार्यालय वीरगंज खुलेर लागेको अवस्था नरहेको बताए । उनले चाहेको अनुसार बजेट विनियोजन नगरिएकोले यस्ता योजनाहरु अलपत्र पर्ने गरेको निर्माण व्यवसायीले जसरी लागेर काम गर्नुपर्ने हो, त्यो अनुसार गर्दैन्, जसले गुणस्तरहीन काम हुन्छ भन्दै वर्षा यामले गर्दा काम रोकिएको छ, बर्खाको याम सम्पन्न भएपछि काम शुरु गरिने बताए ।
जनतालाई भ्रमित गर्न काम भन्दा प्रचारमा बढी रुचाउने यो सरकारको मन्त्री तथा कर्मचारीहरुको वेवास्थाले कतिपय योजना अधरमा लटकिएको छ । नगवा पोखरीको योजना सम्पन्न गर्न ७ कारोड भन्दा बढिको आवश्यकता भएपनि प्रदेश सरकारले एक करोड मात्र यो आर्थिक बर्षमा निकास गरेको छ । जसले गर्दा नगवा पोखरीको काम यस वर्ष पनि सम्पन्न नहुने छाँटगाँट देखिन्छ ।
चिनजान आसेपासेलाई ठक्का दिने, ठेक्कामा घाटा हुने भएपछि योजनालाई लम्बयाउँदै मुल्यबृद्धिको नाममा लगानी रकमलाई दोब्बरसम्म पु¥याउने, उपभोक्ताको बहानामा कार्यकर्तालाई लाखौको कामदिने जस्ता विकृत्तिका कुरा यो सरकारको संस्कार नै बनेको छ । प्रदेशकै मुख्यमन्त्री कार्यालयको निगरानीमा हुने, उनकै क्षैत्रको बिकास योजनाको अवस्था लथालिगं भए पुरा प्रदेशको बिकास त राम भरोसे हुने नै भयो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि