Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मिटरव्याजी यादवको कर्तुत : सवा तीन लाख दिएर ३६ लाख लिने दाउमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०७९
मिटरव्याजी यादवको कर्तुत : सवा तीन लाख दिएर ३६ लाख लिने दाउमा

मिटरव्याजको शिकार बनेका बारा जिल्ला देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार

वीरगंज (पर्सा), २३ साउन / तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् । १ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ति बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको छ ।
यसै अवस्थामा नेपाल सरकारले मिटर केही वर्षदेखि मिटर व्याजी पैसा दिने व्यक्तिहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाएको अवस्थामा हाल आएर यो कार्यमा केही न्यूनीकरण भएको देखिन्छ तर तराईका जिल्लाहरुमा भने यो कार्य अझै रोकिएको छैन । बैंकले बार्षिक १० देखि १४ प्रतिशतसम्म व्याज लिएर कर्जा दिने गरेको अवस्थामा मिटरव्याजमा पैसा दिनेहरुले बार्षिक ३६ देखि ६० प्रतिशतसम्म व्याज असुल्ने गरेका छन् । त्यसमा पनि व्याजलाई एक वर्षमा साँवामा परिणत गरि पुनः त्यसको व्याज असुल्ने कार्य तिब्र रुपमा भइरहेको छ ।
यही मिटर व्याजको शिकार बनेका छन् बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार । ठाकुरले सोही वडाको गम्हरिया निवासी जितेन्द्र प्रसाद यादव भनिने जटहा राय यादवसँग लिएको ३ लाख २५ हजार रुपैयाको मिटरव्याज ब्याज स्वरुप ३६ लाख तिर्नुपर्ने अवस्था सृजना भएको छ । यादवले ठाकुरलाई पहिलो पटक १ लाख, दोश्रो पटक १ लाख २५ हजार र तेश्रो पटक १ लाख गरि ३ लाख २५ हजार दिएर ३६ लाख माग गरि रहेका छन् ।
ठाकुरले छोरीको बिहेको प्रयोजनका लागि २०७० सालमा यादवसँग १ लाख रुपैया बार्षिक ३६ प्रतिशतले तिर्ने गरि व्याजमा लिएका थिए । त्यस पश्चात यादवले २०७१ सालमा व्याज र साँवा मिलाई १ लाख ७५ हजार बनाई ठाकुरलाई थप १ लाख २५ हजार दिई ३ लाख पुँजी बनाएर तीन गुना बढि ९ लाखको कपाली तमसुक कागज बनाएका थिए ।
त्यस पश्चात २०७४ सालमा यादवले पुनः १ लाख ५० हजार दिएर १० लाख ५० हजार साँवा भएको भन्दै ३१ लाख ५० हजारको कपाली तमसुक कागज बनाए । हाल आएर यादवले ठाकुरसँग ३६ लाख रुपैया लिनुपर्ने भन्दै माग गरि रहेका छन् । ठाकुरले यादवलाई व्याज वापत २३ लाख दिई रहेका छन् तर यादवले ३६ लाखको अडान गरि रहेका छन् । ठाकुरका छोराहरु प्रतिष्ठित व्यक्तिको जिम्मेवारीमा रहेकोले बुवालाई कसैले केही नभनोस् भनेर यादवलाई २३ लाख बुझाउन तयार छन् तर यादवले ३६ लाख नै लिने अडानमा छन् ।
यसबारे गाउँको भद्रभलादमीहरुको रोहबरमा पटक पटक छलफल पनि भएको छ तर यादवले कसैको कुरा मान्न तयार छैनन् । आफूसँग कपाली तमसुक कागज रहेको भन्दै ३६ लाख भन्दा कम रकम नलिने भन्दै आएका छन् । यो भन्दा अगाडि ठाकुरले यादवलाई मिटर व्याजी स्वरुप १० लाख ५० हजार बुझाई सकेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि