Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०७९
नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

काठमाडौँ, २३ साउन / वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्नु हुँदै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताउनुभयो ।
“प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन्,” मन्त्री यादवले भन्नुभयो । मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उहाँले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी गराउनु भयो । यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाईको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको थियो ।
त्यसैगरी उहाँले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिनुभयो । प्रतिबन्धले प्रदूषण नियूनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उहाँको विश्वास छ । आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी वीरगञ्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको उहाँले बताउनुभयो । “वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन म लागी परेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छ,” उहाँले भन्नुभयो । आफूहरुले राष्ट्रियस्तरबाट प्लाष्टिकजन्य फोहर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहेपनि अन्तराष्ट्रियस्तरको सहयोग बिना त्यो अपर्याप्त हुने उहाँको भनाई थियो । “प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन । अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग हुनुपर्दछ,” उहाँले भन्नुभयो ।
मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व वैंकका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि