Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा रास्वपा पर्सा जसपा नेपाल जसपा उम्मेदवार अशोक टेमानी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नियम विपरीत स्कुल पढाउँछन् प्रहरी कर्मचारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०७९
नियम विपरीत स्कुल पढाउँछन् प्रहरी कर्मचारी

गरुडा (रौतहट), २३ साउन / मधेस प्रदेशकोे गरुडा रौतहटस्थित आफैँले खोलेको नेपाल पुलिस स्कुलमा नियमविपरीत पढाउँदै आएका छन् प्रहरी कर्मचारीहरू। प्रहरीमा जागिर खाँदाखाँदै प्रहरी कर्मचारीले पढाउन नपाउने प्रहरी नियमावलीमा उल्लेख छ। तर, नेपाल पुलिस स्कुल रौतहटको हकमा भने ११ जना प्रहरी कर्मचारीले नियम विपरीत पढाउँदै आएका पाइएको हो। प्रहरीको जागिर खाएपछि अन्य पेसा, व्यवसाय गर्न मिल्दैन । प्रहरीको जागिर खाँदाखाँदै पढाउने पनि अर्को पेसा हो।
आवश्यकताभन्दा तेब्बर प्रहरी कार्यरत रहेको प्रहरी स्कुलमा हाल प्रहरी सहायक निरीक्षक राजकिशोर साह, प्रहरी हवल्दारहरू बलिराम गुप्ता, शङ्कर यादव, विजयशङ्कर यादव, प्रहरी जवानहरू राकेश यादव, मुना ठाकुर, सुबोध साह कानुलगायतले पढाउँदै आइरहेका छन् । प्रहरी नियमावलीमा प्रस्ट उल्लेख छ– अर्को पेसा वा व्यवसाय गर्न मिल्दैन। तर, यस स्कुलमा प्रहरी शिक्षकका रूपमा उनीहरू कार्यरत छन् । यसरी प्रहरी नै शिक्षकको रूपमा कार्यरत रहेपछि त्यहाँका कमान्डरमाथि नैतिक सङ्कट उब्जिएको छ।
मधेस प्रदेशको गरुडा, रौतहटमा रहेको नेपाल पुलिस स्कुलका कमान्डर छन् प्रहरी निरीक्षक लोकेन्द्र जीसी। इन्स्पेक्टर जीसीको कमान्डमा ४० जनाभन्दा बढी प्रहरी कर्मचारी सो स्कुलमा खटिन्छन्। त्यति मात्र होइन, लामो समयदेखि स्कुलमा राज गरेर बसेका समेत छन् उनीहरू । नेपाल प्रहरीको स्कुल विनियामवलीमै २ वर्षसम्म १ जना शिक्षकले पढाउन पाउनेछन्। तर, विनियमावली नै मिचेर यस स्कुलमा उनीहरूले लामो समयदेखि पढाउँदै आएका छन् ।
यहाँ पढाउँदै आएका ११ जना नै लामो समयदेखि त्यहाँ कार्यरत रहेका नेपाल प्रहरीका एक सिनियर अधिकृतले जानकारी दिए। उक्त स्कुलमा प्रायः यादव थरका प्रहरी शिक्षक छन् । स्कुलको विधानविपरीत यहाँ १५ वर्षदेखि जामुनप्रसाद यादव सहायक प्राचार्यको पदमा बसेका र यादवले आफ्नी श्रीमतीलाई समेत स्कुलमा प्रा.वि. तहको नियुक्ति दिलाएका स्रोतको भनाइ छ। १५ वर्षदेखि सहायक प्राचार्यको पदमा बसेर माविमा पढाउने अन्य शिक्षकलाई हेपेर यादवले स्कुलमा राज गरिरहँदा पनि कमान्डर रहेका जीसी मौन रहेका गुनासो प्रहरीभित्रै छ।
त्यस्तै, प्रा.वि. तहमा पढाउने शिक्षक कामेश्वर चौधरीलाई नि.मा.वि. तहको को–अर्डिनेटरको समेत जिम्मेवारी दिइएको स्रोत बताउँछ । यता, हवल्दार शङ्कर यादव १४ वर्षदेख उक्त स्कुलमा कार्यरत छन् । यादव जागादाता रतन गुप्तासँग मिलेर व्यपारमा समेत लागेका छन् । प्रहरीमा नियम छ– कुनै पनि प्रहरी ३–४ वर्ष मात्र कुनै जिल्ला वा ठाउँमा बस्न पाउँछ । तर, यस स्कुलमा सिपाहीदेखि प्रहरी सहायक निरीक्षक हुँदा पनि त्यही स्कुलमा नै किन ? प्रहरी हवल्दार बलिराम गुप्ताले यस स्कुलमा पढाउँदै अन्य व्यवसाय पनि गर्छन्। उनको रौतहटमा कपडाको ठूलो होलसेल पसल छ।
सेटिङ मिलाएर उनी लामो समयदेखि रौतहटमा बस्दै आएका स्रोतको दाबी छ। त्यस्तै, मुना ठाकुरको पनि घर रौतहट हो। उनी पनि आफ्नो जिल्लाबाट अन्यत्र जान चाहँदैनन्। त्यसैले घरमै आउजाउ गर्दै उनले पनि उक्त स्कुलमा अध्यापन गर्न पाइरहेका छन्। प्रहरी शिक्षकको रूपमा कार्यरत विजयशङ्कर यादवको घर बारा कोहल्वी भए पनि उनी रौतहटको गरुडामा डेरा गरी बस्छन्। यहाँ पढाउँदै आएका जति पनि प्रहरी कर्मचारीले नेपाली कांग्रेसका नेता कृष्ण यादवको चाकरी गर्ने गरेको स्रोत बताउँछ।अहिले प्रहरीमा उर्दी जारी भएको छ– जसको जहाँ दरबन्दी छ, त्यहाँ गइहाल्नू । तर, प्रहरी प्रधान कार्यालयको उर्दीलाई समेत उनीहरूले अटेर गरेका हुन् ।
दरबन्दी एक ठाउँमा भएर पनि उनीहरूले काजमा त्यहाँ बसेर राज गरिरहेका स्रोतको दाबी छ। त्यति मात्र होइन, स्कुलमा नगरपालिका र गाउँपालिकाबाट निःशुल्क आएको औषधिमा नक्कली बिल बनाएर रकम हिनामिना गरेको सहायक प्राचार्य यादवमाथि आरोप छ। यादवकै मिलेमतोमा २०५८ सालदेखि डाक्टरको काम गरेका एक जना कर्मचारीलाई समेत हटाइएको छ। अहिले मेडिकलमा २ जना प्रहरी कार्यरत छन् । यस्तै, अशोक यादवले मुख्यमन्त्रीको आडमा सहायक प्राचार्यको पद हडपिरहेका छन्।

‘पढाउन पाइन्थ्योे, अहिले थाहा भएन’
यस विषयमा बुझ्नका लागि प्रहरीका केन्द्रीय प्रवक्ता एवं नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले प्रहरी कर्मचारीले नै पढाउन पाउने/नपाउनेबारे थाहा नभएको बताए। ‘पहिलापहिला पुलिस साइन्स किताब हुन्थ्यो। त्यस्तो अवस्थामा प्रहरी कर्मचारीले पढाउने गर्थे’, प्रवक्ता राईले भने, ‘अहिलेको नियम कस्तो छ, म त्यसबारे जानकार छैन।’ उक्त स्कुलमा त्यस्तो रहेछ भने तत्काल अनुसन्धान हुने राईको भनाइ छ।
नेपाल प्रहरीका सातै प्रदेशमा नेपाल पुलिस स्कुल छन्। प्रहरी अधिकृत तथा जवान र सर्वसाधरणका छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ नेपाल पुलिस स्कुल खोलिएको हो। प्रदेश १ को धरान (सुनसरी), मधेस प्रदेशको गरुडा (रौतहट), बाग्मती प्रदेशको (भरतपुर) चितवन, गण्डकी प्रदेशको बेलचौतारा (तनहुँ), लुम्बिनी प्रदेशको घोराही (दाङ), कर्णाली प्रदेशको (छिन्चु) सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढी (कैलाली)मा प्रहरी स्कुल छन्।
सबै प्रदेशमा माध्यमिक तहसम्म पढाइ हुने गरेको छ। प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेश प्रहरी स्कुलका लागि इन्स्पेक्टरको कमान्डमा प्रहरी कर्मचारी खटाउँदै आएको छ। इन्स्पेक्टर स्कुलको समादेशक हुन्छन्। यता, सबै प्रदेशमा स्कुल भएसँगै विद्यार्थीले गुणस्तरीय शिक्षा पाइरहेका प्रधान कार्यालयको दाबी छ। तर, पढाउने शिक्षकहरूको लडाइँले विद्यार्थीहरू मारमा परेका बताइएको छ।  सभार : नयाँ पत्रिका

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

महोत्तरीको चारै क्षेत्रमा रास्वपाको एतिहासिक जीत

फाल्गुन २४, २०८२
पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

पराजय स्वीकार्दै रुपेश पाण्डेको प्रतिबद्धता, जनताको सेवामा निरन्तर सक्रिय रहने

फाल्गुन २४, २०८२
गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

गादीमाई साझेदारी वनमा विवाद, अध्यक्षको राजीनामा माग्दै वन कार्यालय घेराउ

फाल्गुन २४, २०८२
नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

नेपाल भारत सीमामा मानव तस्करी प्रयास विफल : टिकटक प्रेमको फन्दामा परेकी किशोरीको उद्दार

फाल्गुन २४, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि