Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

साइकल खरिद अनियमितता प्रकरण : प्रदेश सचिवको बयान ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २१, २०७९
साइकल खरिद अनियमितता प्रकरण : प्रदेश सचिवको बयान ‘मुख्यमन्त्रीको निर्देशन मानेको हुँ’

मुख्यमन्त्री कार्यालयबाट संचालित ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत गरिएको साइकल वितरण ! जुन एउटा पनि सडकमा देखिदैन ।

काठमाडौं, २१ साउन / मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितताका आरोपितले ‘माथिको आदेश’ ले कानुनविपरीत काम गर्नुपरेको बयान दिएका छन् । मधेसका ८ जिल्लाका कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल खरिद गर्दा १० करोड ३३ लाखभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
हाल सामान्य प्रशासन मन्त्रालयमा रहेका सहसचिव (तत्कालीन प्रदेश सचिव) भुसालसहित सात जना र ठेकेदार कम्पनीविरुद्ध अख्तियारले कैद, बिगो र जरिवानासमेत असुलको मागदाबीसहित बुधबार अदालतमा आरोपपत्र दायर गरिएको छ । अख्तियारले अनियमितता प्रकरणमा प्रदेश सचिव भुसालसहित मधेस प्रदेशको जलस्रोत तथा सिँचाइ विकास विभाग जनकपुरधामका तत्कालीन कार्यालय प्रमुख (हाल अवकाश) भगवान झा, मुख्यमन्त्री कार्यालयका उपसचिव दिलीपकुमार प्रधान र शाखा अधिकृत स्वार्थ महतो, सहलेखापाल राजाराम मण्डल, भण्डार शाखामा कार्यरत रही हाल गरुडा नगरकार्यपालिका रौतहटमा कार्यरत खरिदार मोहनकुमार दास, साइकल आपूर्तिकर्ता ओम सत्यसाई प्राइभेट लिमिटेड, वीरगन्जका प्रबन्धक निर्देशक रेनु अग्रवाल र ओम सत्यसाई प्रालिविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
अख्तियारले खरिद प्रकरणमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, तीन जना प्रमुख सचिव र अरू थुप्रैसँग बयान लिए पनि निर्णय प्रक्रिया, कागजातमा संलग्नता एवं अधिकार क्षेत्र नपरेको कारण देखाएर प्रतिवादी बनाएको छैन । तत्कालीन प्रदेश सचिव भुसाललाई अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार चार वर्षसम्म कैद तथा बिगो १० करोड ३३ लाख ७ सय ५८ रुपैया असुल तथा त्यति नै जरिवानाको मागदाबी गरेको छ । सरकारलाई नोक्सानी पु¥याउन ‘मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वाभाविक रूपमा बढी मूल्य तिरी खरिद गराएको’ कसुरमा भुसाललाई तीन वर्षसम्म कैद तथा गलत लिखत तयार पारेको भन्दै थप एक वर्षसम्म सजाय मागदाबी गरिएको छ । सीडीई झालाई ५ वर्षसम्म कैद, बिगो असुल र बिगोबमोजिम जरिवाना माग गरिएको छ । उनलाई पनि भ्रष्टाचारमा तीन वर्षसम्म र आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेर सम्झौता गरेकोमा थप दुई वर्ष कैद मागदाबी लिइएको छ ।
झाले मुख्यमन्त्री कार्यालयको प्रतिनिधिका रूपमा खरिद सम्झौता गरेका थिए । सहलेखापाल मण्डललाई तीन वर्षसम्म कैद, १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ बिगो असुल र त्यति नै जरिवाना गर्न माग गरिएको छ । महतो र दासलाई गलत लिखत तयार पारेर आफूलाई फाइदा र प्रदेश सरकारलाई नोक्सान पु¥याएको आरोपमा तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । साइकल आपूर्तिकर्ता अग्रवाललाई दुई वर्षसम्म कैद, बिगो असुल र त्यति नै जरिवाना मागदाबी गरिएको छ । तर, खरिद प्रक्रियामा संलग्न राजनीतिक र प्रशासनिक नेतृत्वलाई भने उन्मुक्ति दिइयो ।
घोटाला प्रकरणमा प्रतिवादी बनाइएका केहीले अख्तियारसमक्ष दिएको बयानमा ‘माथिबाट आउने धम्की र दबाब’ मा आफूले कतिपय कागजात हेर्न र प्रक्रियामा रहेका कागजात केलाउन नपाएको उल्लेख गरेका छन् । ‘बोलपत्रसम्बन्धी कागजात र आपूर्तिकर्ताको योग्यता खरिद कार्यको कागजात सिनियर डिभिजन इन्जिनियर भगवान झाले तयार गर्नुभएको हो, मुख्यमन्त्रीको निर्देशनमा झाले कार्य गर्ने गरेको र मानार्थ रूपमा हस्ताक्षर स्वीकृतिका लागि मात्रै मेरोमा ल्याउने गर्नुभएको थियो,’ भुसालले दिएको बयानमा भनिएको छ, ‘झाले बिल भुक्तानीका लागि ल्याएका टिप्पणीमा स्पेसिफिकेसनअनुसार छ भनेर उल्लेख गरियो, प्राविधिकबाट पनि स्पेसिफिकेसनअनुसार ठीक छ भनेर आएको फाइल सदर गरेको हुँ ।’
यसरी आएका फाइलअनुसार ‘तुरुन्त भुक्तानी गर्न दबाब आएकाले टिप्पणी पछि स्वीकृत गर्ने गरी भुक्तानी गरिएको हो,’ भुसालको बयानमा छ । यस्तै सीडीई झाले आफू मुख्यमन्त्री कार्यालयमा नरहे पनि मौखिक आदेशमा काम गरेको उल्लेख गरेका छन् । उनलाई मुख्यमन्त्री राउतले नै खरिद प्रक्रियामा सहभागी गराएका थिए । ‘मैले साइकल खरिद प्रक्रियाको सुरुमा सिफारिस गर्दा नियमानुसार जाँच गरी स्टोर दाखिला गरी भुक्तानी हुन राय सिफारिस गरेको हो । मैले मौखिक आदेशानुसार मुख्यमन्त्री कार्यालयको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेको हुँ,’ झाले बयानमा भनेका छन् ।
जिन्सी शाखा प्रमुख (शाखा अधिकृत) रामस्वार्थ महतोले दिएको बयानमा साइकल कुन देशमा उत्पादित र कुन कम्पनीका रहेको, गुणस्तर, वारेन्टी, निःशुल्क सर्भिसलगायत केही कुरा पनि आफूलाई जानकारी नभएको उल्लेख गरेका छन् । उक्त जानकारीबिनै उनले साइकल दाखिला गर्नुको एउटै कारण माथिको आदेश रहेको मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीले बताएका छन् । सहलेखापाल राजाराम मण्डलको सबै काम र भुक्तानी प्रदेश सचिव यामप्रसाद भुसालले लाए–अह्राएबमोजिम गरेको र स्टोर किपर जितमोहनकुमार दासले भुसालकै आदेशमा आफूले स्टोर गरेको बयान दिएका छन् ।

के–केमा कानुन मिचियो ?
साइकल खरिद गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधान ठाडै उल्लंघन गरिएको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ७ मा १० लाखभन्दा बढीको खरिदमा खरिद गुरुयोजना बनाउनुपर्नेमा त्यसको पालना नै भएको देखिँदैन । त्यस्तै प्रतिस्पर्धालाई छलेर मिलेमतोमा ठेकेदार छनोट र त्यसअनुसार मूल्य निर्धारण गरेको पाइएको छ ।
सार्वजनिक सूचनाअघि आशयको सूचना प्रकाशन नै गरिएन । समयमै खरिद नभएपछि कारबाही प्रक्रियामा जानुपर्नेमा ओम सत्यसाई कम्पनीले म्याद थपको निवेदन पेस गरे पनि प्रदेश सरकारले स्वीकृत नगरी काम अघि बढाइयो । मालसमान खरिद गर्दा गुणस्तर परीक्षण गरी स्टोर दाखिला गर्नुपर्नेमा त्यससम्बन्धी कुनै कागजात संलग्न गराइएन । सामान दाखिला गरिसकेपछि रकम भुक्तानी गर्नुअघि आर्थिक प्रशासन शाखाको राय लिनुपर्नेमा त्यो प्रावधान पनि उल्लंघन गरियो । साइकल खरिद प्रक्रिया सुरु गर्नुअघि तयार गरिएको स्पेसिफिकेसन पनि अनिवार्य रूपमा स्वीकृत÷प्रमाणित गर्नुपर्नेमा त्यसबमोजिम नगराएको अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा उल्लेख छ । लागत अनुमान तयार गर्नुपर्नेमा मेकानिकल इन्जिनियर जितेन्द्रकुमार सिंहबाट सोझै अनुमान तयार गराई खरिद प्रक्रिया अगाडि बढाइयो ।
यसैगरी कार्यालय प्रमुखबाट बोलपत्रका कागजात स्वीकृत गर्नुपर्नेमा त्यसलाई पनि बेवास्ता गरिएको छ । कानुनविपरीतका काम गर्न माथिबाट मौखिक आदेशका भरमा हुने गरेको बयान थुप्रैबाट आएको तर त्यसलाई पुष्टि गर्ने प्रमाणहरू नभेटिएका कारण राजनीतिक तह र अरू उपल्लो तहका कर्मचारीलाई प्रतिवादी बनाउन नसकिएको अख्तियार उच्च स्रोत बताउँछ । साभार : कान्तिपुर

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि