Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १८, २०७९
सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

काठमाडौं, १८ साउन / प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन् । नेपाल मतदाता अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो सदस्यता दिने काममा कडाई गर्नुपर्ने स्पष्ट पारे ।
कुनै दलको केन्द्रीय कमिटीमा रहेकाहरुलाई पनि महासंघले सदस्यता दिँदा समस्या आएको दृष्टान्त पेश गर्दै अध्यक्ष बस्नेतले त्यसो हुन नदिन नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध निकायहरु सचेत हुनुपर्ने बताए । उनले नेपाल पत्रकार महासंघको सदस्यता लिने तर सक्रिय पत्रकारिता नगर्नेहरुको कारण पनि नेपालको सञ्चार क्षेत्रमा समस्या देखिएको बताए ।
अध्यक्ष बस्नेतले भने, ‘पहिला आफू पत्रकार होकी होइन, एकीन हुनुपर्छ है । पत्रकार भएर गरिएको काममा नियमन गर्न कुनै समस्या छैन । त्यसका लागि प्रेस काउन्सिल छ । सोसल मिडियाहरु पनि पत्रकारले चलाउने वा मिडियो हाउसले चलाउने विषयमा पनि समस्या छैन । त्यो पनि दायराभित्र आउँछ, प्रेस काउन्सिलले हेर्छ । तर, पत्रकारको आवरणमा गैर पत्रकारबाट हुने काममा भने सचेत हुनुपर्छ । अहिले ठूलो समस्या चाँही पत्रकारको आवरणमा, मिडियाको आवरणमा भेष्टेड इन्ट्रेष्ट राखेर गरिने कामहरुले समस्या ल्याएको छ । त्यो विषयमा हामी एकीन हुनुपर्दछ । यहाँ पत्रकार महासंघको अध्यक्ष पनि हुनुहुन्छ ।’
उनले थपे, ‘म विशेष आग्रह पनि गर्न चाहन्छु–हामीले पनि दिने सदस्यता जुन छ, यदि खुकुलो प्रावधान छन भने कसौं । पत्रकारको कार्ड लिएपछि लेख्न पर्छ कि पर्दैैन ? सञ्चार माध्याममा सक्रिय हुनुपर्छ कि पर्दैन ? सक्रिय पत्रकारिता गर्नु पर्छ कि पर्दैन ? अथवा कुनै दलको केन्द्रीय कमिटीमा बस्ने र सँगसँगै आफू पत्रकार सम्वद्ध संघ, संगठनमा बस्ने अनि अझ भोटै मागिदिने काम गर्नु हुन्छ कि हुँदैन ? अस्तीको चुनावको अर्को कुरा पनि सिकायो । मिडिया अर्गानाईजेशनहरुले एकमुष्ट रुपमा फलानो दललाई भोट हालौं भन्ने प्रष्ट कुरा पनि आयो । त्यसमा निर्वाचन आयोगले असहमती जनायो । प्रेस काउन्सिलले आपत्ति जनायो ।’
उनले फेरि भने, ‘यस्ता विषयमा पनि प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ जस्ता निकायहरुले ध्यान दिन जरुरी छ । यस विषयमा सञ्चारकर्मी आफैं सचेत हुुनुपर्छ । आफू सचेत भएपछि मात्रै अरुको विषयमा प्रश्न उठाउन सकिन्छ ।’
अध्यक्ष बस्नेतले सञ्चारकर्मीहरु आफू सचेत भएमात्रै अरुमाथि प्रश्न उठाउन सकिने पनि पटक–पटक दोहो¥याए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राज्यले समेत पत्रकारहरुलाई विवेक पु¥याएर स्वतन्त्र ढंगले काम गर्ने वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले पत्रकारहरु लगानीकर्ताका दासनै हुन भन्ने खालको आरोप लाग्ने गरेको उल्लेख गर्दै त्यस कुराले पनि उनीहरुलाई स्वतन्त्र भएर काम गर्ने काममा अवरोध सिर्जना गरिरहेको तर्क गरे । अध्यक्ष पोखरेलले भने, ‘पत्रकारहरु लगानीकर्ताका दासै हुन भन्ने ढंगले आरोप लगाउनु थालियो भने हामी सही ठाउँमा पुग्दैनौं । पत्रकारहरुको विवेक प्रयोग गर्ने वातावरण निर्माणमा कति ध्यान दिन सक्यौं ? राज्यले बनाउने नीति–कार्यक्रमदेखि लिएर पारिश्रमिकलगायतका विभिन्न आयामहरु होलान । त्यो इन्भारोमेन्ट बनाउनुप¥यो । पत्रकारहरुले विवेक पु¥याएर काम गर्ने वातावरण सुनिश्चित गर्नका लागि ।’
अध्यक्ष पोखरेलले राज्यले पत्रकारको हितमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याउन नसकेको गुनासो पनि गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि