Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हस्तान्तरणको पर्खाईमा ‘होल्डिङ सेन्टर’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १०, २०७९
हस्तान्तरणको पर्खाईमा ‘होल्डिङ सेन्टर’

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १० साउन / सिमानाकाबाट नेपाल भित्रनेहरुलाई क्वाराईन्टिनमा राख्न बनाईएको वीरगंजस्थित होल्डिङ सेन्टरको निर्माण कार्य सम्पन्न भएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढन थालेको छ । यता निर्माण कार्य सम्पन्न भैसकेको होल्डिङ सेन्टर प्रशासनिक अलमलको कारण सम्बन्धित पक्षलाई हस्तान्तरण हुन सकेको छैन ।
कोरोनाको पहिलो तथा दाश्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय तथा कलेजहरुलाई क्वारेन्टिन बनाईएको भन्दै सरकारको निकै आलोचना भएको थियो िसोही कुरालाई ध्यानमा राखि नेपाल सरकारले वि।स २०७८ वैशाख ५ गते मन्त्रीपरिषदको निर्णय अनुरुप कोरोना रोकथाम तथा नियन्त्रणकोे उदेश्यसहित मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने कार्यलाई अघि बढाएको थियो । तर निर्माण कार्य सम्पन्न भएको महिनौ बित्दा समेत अझै होल्डिङ सेन्टर हस्तान्तरण हुन सकेको छैन । तर पछिल्लो समय नेपालमा कोरोना संक्रमणको सूचकाङ्क फेरी उकालो लाग्दै गएपछि निर्माणको प्रकियामा रहेका होल्डिङ सेन्टरको चासो र चर्चा शुरु भएको छ ।
नेपाल सरकारले २०७८ असार २५ गतेदेखि वीरगंज भन्सार कार्यालयको पश्चिमपट्टिको गोदाम नजिक रहेको करिब २ विघा जग्गामा होल्डिङ सेन्टरको निर्माण शुरु गरेको थियो । नेपाली सेनाको व्यवस्थापकीय जिम्मेवारीमा हनुमान कन्सट्रक्सन ललितपुरले उक्त ठेक्का पाएको थियो । निर्माण कार्य सुरुभएको ९ महिना अर्थात २०७८ चैत्र अन्तिम सम्ममा सम्पन्न भएको थियो । तर, महिनौ बितीसक्दा पनि हस्तान्तरण र संचालनको विषय प्रष्ट नहुदा निर्माण सम्पन्न भैसकेको होल्डिङ सेन्टर आफै होल्डिङ्गमा छ ।

भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि उक्त क्षेत्रमा करिब २८ करोडको लागतमा कुल ६० वटा भवन निर्माण गरिएको छ । जसमध्ये १३ वटा भान्सा घर, २२ वटा शौचालय, तथा १ हजारको संख्यामा अट्ने गरि २२ वटा क्वारेन्टिन भवन बनाईएको छ । उक्त क्वाराईन्टिनमा राखिएको ९ सय बेडमा सामान्य लक्षण भएकाहरुलाई राखिने छ भने बाँकी १ सय वेड जटील अवस्थाको बिरामीलाई राखिने छ । यसैगरी अन्य ३ वटा एसीसहितको भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि समेत निर्माण गरिएको छ ।
हनुमान कन्सट्रसनका साईड ईन्चार्ज विशाल दाहालले आफूहरु उक्त योजना हस्तानतरण र संचालनमा अन्यौल रहेको बताएका छन् । उनले आफुहरु होल्डिङ सेन्टर हस्तान्तरणका लागि सम्बन्धित पक्षलाई आग्रह गर्दा समेत खासै चासो नदेखाएको गुनासो गर्छन ।
दाहालका अनुसार उक्त होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाई हुदा आर्थिक तथा सुरक्षाको चुनौती थपिएको छ । नेपाल– भारत सिमानाका नजिकै निर्माण भएको होल्डिङ सेन्टरमा केही समय अघि १६ वटा पंखा चोरी भईसकेको बताए िहाल २ जना सशस्त्र प्रहरी र १ जना नेपाल प्रहरी खटिएपनि ठूलो क्षेत्रफल ओगटेको होल्डिङ सेन्टरको सुरक्षाका लागि सुरक्षाकर्मी प्रयाप्त नभएको बताए ।
यता जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले देशका विभिन्न स्थान रहेको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगीसकेको हुनाले संचालनका प्रक्रिया नेपाल सरकारले निर्णय गरेपछि चाडै हस्तान्तरण हुने बताए ।
देशभरिका होल्डिङ सेन्टरको निर्माण कार्य लगभग सकिएपनि यसको संचालनमा सरकार अझै गम्भीर हुन सकेको छैन् । हाल मुलुकमा फेरी कोरोना संक्रमण दर उच्च रहेको र सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरिरहेको बेला सरकारले यथासिघ्र होल्डिङ सेन्टर संचालनतर्फ ध्यान दिनुपर्छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि