वीरगंज (पर्सा), १० साउन / एलएस न्युरो एन्ड जेनरल हस्पिटल वीरगंजले आफ्नो सम्पुर्ण सेवाहरु अब आफनै नयाँ भवनमा सुरु गरेको छ । बाराको परवानीपुर गाउँपालिका वाडा नम्बर ५ स्थित वीरगंजदेखि कलैया जाने बाटोमा नवनिर्मित आधुनिक भवनमा सेवाहरु सुचारु गरेको हो ।
नयाँ भवनमा सेवा सुचारु गर्नु अघि शनिबार हस्पिटलमा कार्यरत डाक्टर र कर्मचारीहरुलाई भेला गराई आ–आफनो जिम्मेवारी ईमान्दारिता पुर्वक निर्वाह गर्न हस्पिटलका अध्यक्ष वरिष्ठ न्युरो सर्जन डाक्टर श्याम बाबू प्रसाद पटेलले निर्देशन दिएका थिए । भेलामा हस्पिटलमा कार्यरत डाक्टर तथा कर्मचारीहरुको जिम्मेवारीको बारेमा जानकारी गराइएको थियो ।
अस्पिटलले ठूलो लगानीको नवनिर्मित आधुनिक भवनमा आफ्नो सेवाहरु सुचारु गरेपनि सेवा शुल्क पुरानै राखेको छ । हस्पिटलले ओपिडी टिकेट रु ५ सय कायम राखेको छ भने ईमर्जेन्सी टिकट रु ३२५ रुपैया राखेको छ । जुन अहिले वीरगंजको अन्य अस्पतालको तुलनामा न्युन शुल्क भएको हस्पिटलले जनाएको छ ।
हस्पिटलका संचालक एवम् वरिष्ठ न्युरो सर्जन डाक्टर पटेलले काठमाडौस्थित उपेन्द्र देवकोटा मेमोरियल होस्पिटलमा बिगत ८ बर्ष सम्म काम गरेका डाक्टर हुन् । डाक्टर उपेन्द्र देवकोटाका बिश्वास पात्र मानिएका डा. पटेलले उपेन्द्र देवकोटा मेमोरियल होस्पिटल मा आफ्नो एउटा छुट्टै पहिचान स्थापित गरेका थिए ।
काठमाडौपछि वीरगंजको नेशनल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जनको रुपमा डा. पटेल ८ महिना जति काम गरे । त्यसपछि वीरगंजको पानी टंकीमास्थित सर्बोतम अस्पताल लिजमा लि आफै एलएस न्युरो एन्ड जेनरल हस्पिटल संचालन गर्दै आएका थिए ।
वीरगंजको प्रतिमा चोकदेखि बाराको कलैया जाने सडकखण्डमा पर्ने ऋषभ आयल नीर आफनै नवनिर्मित भवनमा आइतबारदेखि संचालमा आएको हस्पिटलमा गाईने वाड, एनआईसियु वाड,अर्थोपेडिक वाड लगाएत सम्पुर्ण सेवाहरु सुरु भएको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस् !