• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ८ साउन / सशस्त्र प्रहरी पर्साले ठूलो परिणाममा काठ बरामद गरेको छ ।
आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर ३२ परसवास्थित सुरक्षा बेश बेल्वाबाट ९ जना तथा सब डिभिजन वन कार्यलय सबैयाबाट ९ जनाको संयुक्त टोलीले चेकजाँच गर्दा अवैध रुपमा लुकाई छिपाई राखिएको अवस्थामा काठ फेला पारेको सशस्त्र प्रहरी पर्साका प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
उक्त स्थानबाट १३ थान झ्याल, ४ थान चौकस, २७ थान कडी र ११ थान गोलिया काठ गरि ३ लाख १६ हजार ७ सय ५ रुपैयाको जम्मा ९०.५ क्युफिट काठ बरामद भएको हो ।
बारमद गरिएको काठको आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यलय सबैयामा बुझाईएको सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् !