Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेश सरकारले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ८, २०७९
मधेश सरकारले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए

• मुस्कान श्रेष्ठ 
वीरगंज (पर्सा), ८ साउन / मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रीहरुको टोलीले आज सत्तागठबन्धनका शिर्ष नेताहरुलाई भेटघाट गरि ज्ञापन पत्र बुझाएको छ ।
मधेश प्रदेशका मन्त्रीहरुको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेतृत्व गरिरहेका नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, तथा नेकपा एकृकित समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रदेशको भौतिक संरचना निर्माण, प्रहरी समायोजन तथा निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणका तत्काल सुरु गर्न ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा मधेश प्रदेश प्रदेशले राजधानीको भौतिक संरचना निर्माणका लागि गठन गरेको समितिले मधेश प्रदेशको सरकारी संरचना रहेको मधेश भवन (जनकपुर चुरोट कारखाना) र प्रदेश सभा लगायतका स्थानहरुमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरेको र उक्त जग्गाहरु मधेश प्रदेश सरकारको नाममा हस्तान्तरण गरि दिन उल्लेख गरिएको छ । साथै स्थायी संरचना निमार्णका लागि आर्थिक श्रोतको व्यवस्थापन गर्न पनि माग गरिएको छ ।
मधेश प्रदेशले नामाकरण गरेर स्थायी राजधानी समेत तोकिसकेको छ । यद्यपी प्रदेश सरकारको आफ्नो भवन छैन । हाल जनकपुर चुरोट कारखानालाई मधेश सरकारले आफ्नो भवनकोे रुपमा प्रयोग गर्द आईरहेको छ । उक्त भवनको भौतिक संरचाना जिर्ण भईसकेको हुँदा कुनै पनि दुर्घटना हुन सक्ने भन्दै सत्तागठन्धनका दलहरुलाई माग सम्बोधन गरिदिन आग्रह गरिएको मधेश प्रदेशका उर्जा मन्त्री ओम प्रकाश शर्माले जानकारी दिनुभयो ।
यसैगरी ज्ञापन पत्रमा नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसुची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश प्रहरीको एक्कल अधिकार सूचिभित्र रहेको छ ।
प्रहरी समायोजन ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले गर्ने कार्यको संचालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था संघिय ऐन बनिसकेको हुदाँ संवैधानिक तथा कानुनी व्यवस्थाको आधारमा आगामी निर्वाचन अगावै प्रहरी समायोजन गरी हस्तान्तरण गर्नुको साथै जिल्ला प्रशासनलाई पनि प्रदेशको मातहतमा ल्याउन पहल गरिदिन माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले मधेश प्रदेश सरकारको माग जायज भएको र यस विषयमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ज्ञापन पत्र बुझाउनेहरुमा मुख्यमन्त्री लालबाबु राउत, गृह तथा संचारमन्त्री भरत साह, उर्जा तथा जलश्रोत मन्त्री ओम प्रकाश शर्मा, आर्थिक मामिला मन्त्री शौलेन्द्र साह लगायत रहेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि