• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ६ साउन / मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री स्व. विश्वेश्वर प्रसाद कोईरालाको ४० औँ स्मृति दिवसको अवसरमा पर्साको जिराभवानी गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका कोईरालाको २०३९ साल साउन ६ गते आजकै दिन मृत्यु भएको थियो । उनको स्मृतिमा गाउँपालिका स्थित सेढ्वा मा.बिमा ५ सय थान भन्दा बढी वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रिय सद्स्य रमेश रिजाल, प्रदेश सभा सान्सद शंकर चौधरी, क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, जिराभवनी गाउँपालिकाका.अध्यक्ष अनोज चौधरी, युवा नेता राकेश यादव लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेपालको राजनीति मात्र नभई नेपालको साहित्यमा पनि स्व. कोईरालाको ठूलो योगदान रहेको छ ।













प्रतिक्रिया दिनुहोस् !