Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रशासनको निर्देशनमा पर्सा प्रहरीको ठूलो सफलता ! २ हजार ठगेको आरोपमा ६ जना पक्राउ

१० लाख घुस लिएको सूचना दिदा पनि कुनै कारवाही हुँदैन, तर दुई पैसा कमाउने सर्वसाधारण थुनामा पुग्छन्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ५, २०७९
प्रशासनको निर्देशनमा पर्सा प्रहरीको ठूलो सफलता ! २ हजार ठगेको आरोपमा ६ जना पक्राउ

वीरगन्ज (पर्सा), ५ साउन / जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा पर्सा प्रहरीले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । राहदानीको फारम भर्ने भन्दै सर्वसाधारणसँग २ हजार देखि ३ हजार रुपैयासम्म लिने गरेको आरोपमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको निर्देशनमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी गरि पक्राउ गरेको हो ।
धेरै ठुलो अपराध नै गरेको जस्तो यि ६ जनालाई तीनवटौ सुरक्षा निकायका टोलीले उनीहरुलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय वीर्ताको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जना रहेका छन् । जसमध्ये अनुज गुप्ता न त कुनै पसलका संचालन छन्, न त कतै काम गर्ने कर्मचारी ! उनी आफ्नो कामले स्टुडियोमा गएको बेला उनलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
पक्राउ परेका ६ जनामध्ये १ जनाको शुक्रबार विहान स्नातक तहको परीक्षा पनि छ । उनलाई परीक्षा दिनबाट बञ्चित गरिने हिसाबले वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखिएको छ । सर्वसाधारणलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरेर ठुलै सफलता प्राप्त गर्यो भन्ने प्रकारले यो समाचार विभिन्न सञ्चारमाध्यममा प्रशारण भयो ।
यसरी पसल संचालन गरेर दुई पैसा व्यापार गर्ने सर्वसाधारणलाई तीनवटै सुरक्षा निकायका प्रतिनिधिले पक्राउ गरेर ठूलै सफलता प्राप्त गरेको भनेर गर्वान्वित गरि रहेका होलान् । तर ति राहदानीको फारम भर्नका लागि र त्यो फारमलाई रुजु गर्नका लागि त्यही जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलोमतोमा काम हुने गरेको छ भन्ने प्रशासनले आभास समेत पाउन सकेन । स्थलगत बुझ्दा राहदानीको फारम भर्नका लागि स्टुडियोका संचालकहरुले २ हजार रुपैया लिने गरेका छन्, जसमध्ये उनीहरुले भरेको फारम रुजु गर्न जिल्ला प्रशासन कार्यालय पर्साका राहदानी फाँटका तल्लो स्तरका कर्मचारीलाई प्रत्येक फारम बापत ५ देखि ८ सय रुपैया बुझाउनु परेको समस्या प्रशासन प्रमुखलाई आभाष पनि हुन सकेको छैन ।

सेवाग्राहीहरु राहदानी फारम भर्न जिल्ला प्रशासन कार्यालयमा आउँछन् तर त्यहीका कर्मचारीहरुले स्टुडियोमा गएर फारम भरेर लिएर आउन अह्राउने गरेको स्टुडियोका संचालकहरुको भनाई छ । राहदानी फारम अनलाइन भएको र बढि चाँप हुने गरेको कारण एक दुई हप्तामा ४÷५ जनाको मात्रै फारम भर्न सकिने अवस्था छ । पक्राउ परेको स्टुडियो संचालकका अभिभावकहरुको अनुसार अहिले फारम पनि भर्न सक्ने अवस्था छैन, एक दुई हप्तामा ५ मिनेटको लागि फारम खुल्छ, त्यसमा पनि सर्भर खचाखच रहेकोले दुई हप्तामा बढिमा ४÷५ वटा फारम भर्न सकिन्छ । जसमा बढि आवश्यक रहेका व्यक्तिहरुको मात्रै फारम भर्ने गरिएको छ ।
यसमा कुन ठूलो अपराध गरेको भन्ने जस्तो प्रहरीले पक्राउ गरेर लगेको उनीहरुको भनाई छ । सानो तिनो काम गर्नेहरुले जनताहरुलाई ठगेर ढाँड नै सेके जस्तो काम गरि रहेकोले प्रशासनको कार्यशैली शंकास्पद देखिएको छ । २ हजार रुपैया लिएर फारम भरेको भनेर पक्राउ गर्न सक्ने जिल्ला प्रशासन कार्यालयलाई एक कार्यालय प्रमुखले १० लाख घुस लिएको सूचना दिदा पनि कुनै किसिमको कारवाही भएन् । जिल्ला प्रशासन कार्यालय हाताभित्र रहेका एक कार्यालयमा १० लाख घुस लेनदेन भएको र घुसको पैसा अहिलेपति त्यही नै निवासमा राखिएको भन्ने तथ्यगत सूचना सहायक प्रमुख जिल्ला अधिकारीलाई दिदा कुनै किसिमको कारवाही भएन् । यहाँसम्म कि पर्साका प्रहरी उपरक्षीक रमेश बस्नेतलाई पनि यो सूचना दिइयो तर कुनै निकायले कारवाही गरेनन् ।
यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई बुझ्दा राहदानीको अनलाइन फारम भर्नका लागि २ देखि ३ हजार रुपैयासम्म असुलको आरोपमा तीनैवटा सुरक्षा निकायका प्रतिनिधिहरुले पक्राउ गरेको हुनाले आफूले केही भन्न नसकिने बताए । उनीहरुले विगतमा पनि सम्झाइएको अवस्थामा नमानेको कारण उजुरी आएपछि पक्राउ गरिएको बताए । उनले यिनीहरुले फारम भरेर रुजु गर्न पठाए पश्चात जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले फारम रुजु गरेवापत पैसा लिएको प्रमाणित भए उनीहरुलाई पनि कारवाही गरिने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि