Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज – रक्सौल सडक मर्मत सम्भार कार्य अवरुद्ध, सर्वसाधारणलाई सास्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३, २०७९
वीरगन्ज – रक्सौल सडक मर्मत सम्भार कार्य अवरुद्ध, सर्वसाधारणलाई सास्ती

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ३ साउन / वीरगन्ज रक्सौल मुख्य सडक खण्डमा पर्ने रजतजयन्ती चोकदेखि मित्तेरी पुलसम्मको सडक निर्माण कार्य अलपत्र परेको छ । सडक मर्मत कार्य अलपत्र परेपछि त्यसबाट हिँड्ने सर्वसाधारण यात्रुहरु सास्ती खेप्नु परि रहेको छ भने धुलोले गर्दा त्यस क्षेत्रका व्यवसाय व्यापारमा पनि असर परेको छ । सडक मर्मत सम्भारको लागि विगत दुई हप्ता अगाडि सडक विभागले सडकलाई फोडेर ग्राइभेल गर्ने कार्य शुरु गरेको थियो तर उक्त कार्य शुरु भएको दुईदिन नवित्दै अवरुद्ध भई सडक मर्मत कार्य अलपत्र परेको स्थानीयहरुको गुनासो छ ।
सडक मर्मत कार्य अवरुद्ध भएपछि पैदल हिँड्ने यात्रुहरु मात्र नभई साइकल, मोटरसाइकल लगायतका सवारी साधनबाट हिँड्ने यात्रुहरुले पनि धुलोबाट ग्रसित हुने गरेको उनीहरुको भनाई छ । दिनहुँ हजारौं सवारीसाधन आवत जावत गर्ने उक्त सडकको मर्मत कार्यलाई समयमै सम्पन्न गर्नुपर्नेमा मर्मत कार्य अलपत्र भएपछि त्यस क्षेत्रका सर्वसाधारणहरुलाई धुलोले विभिन्न प्रकारको रोग हुने समस्या पनि उत्तिकै बढेको उनीहरुको भनाई छ ।
त्रिभुवन राजपथ अन्तर्गत पर्ने उक्त सडकको मर्मत सम्भार कार्य लामो समयदेखि नभएको कारण सडक फुटेर खाल्डाखुल्डी भएको थियो । जसको कारण वर्षा याममा त्यस सडकबाट हिँड्ने यात्रुदेखि सवारीसाधनहरुले पनि सास्ती खेप्नुका साथै विभिन्न प्रकारका दुर्घटनाहरु हुन थालेपछि वीरगन्ज महानगरपालिकाको पहलमा सडक विभागले उक्त सडक मर्मत सम्भार कार्यलाई अगाडि बढाएको थियो । तर सडक फोडेर निर्माण कार्य शुरु भएको दुई दिन नवित्दै राजनीतिक दलको खोल ओढेका वीरगन्जका एक ठेकेदार कम्पनीले सर्वोच्च अदालतमा मुद्दा हालेपछि निर्माण कार्य अवरुद्ध भएको हो ।
नेपालको इतिहाँसमा अधिकाँश जिल्लामा पुल देखि सडक निर्माणसम्मको ठेक्का पाएर कहिँ पनि पूर्ण रुपमा काम गर्न नसकेको वीरगन्जको ठेकेदार कम्पनीले आफूलाई ठेक्का नपाएको निहुँमा निर्माण कार्यलाई अवरुद्ध गर्ने मनसायले सर्वोच्च अदालतमा मुद्दा हालेको कारण मर्मत सम्भार कार्य रोकिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । मुद्दा सुनुवाईको क्रममा एक पटक पेशी तोडिएको छ, अब चाँडै यो मुद्दाको फर्छयौट भई मर्मत सम्भार कार्य अगाडि बढाइने महानगरपालिकाको भनाई छ ।
यता सडक विभाग वीरगन्ज – पथलैया योजना कार्यालयका प्रमुख मनिष कुमार साहले उक्त सडक मर्मत सम्भार कार्य सम्बन्धी सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको कारण निर्माण कार्य अवरुद्ध भएको बताए । ठेक्का सम्झौता अनुसार ठेकेदारले साढे ३ महिनामा निर्माण गरिसक्नुपर्ने हो तर निर्माणकै क्रममा अदालतमा मुद्दा परेकोले उक्त मुद्दा फैसला नहुन्जेलसम्म केही गर्न नसकिने उनको भनाई छ । सन्ना कन्स्टूक्सनसँग साढे महिनाको समयावधिभित्र निर्माण गर्ने सम्झौता भएको हो तर अदालतमा मुद्दा परेको हुनाले अब अदालतले फैसला गरेपछि मात्रै केही गर्न सकिने उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि