Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गाउँपालिका : पाँच वर्षको अवधिमा भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यमा उल्लेखनीय सुधार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ११, २०७९
बारागढी गाउँपालिका : पाँच वर्षको अवधिमा भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यमा उल्लेखनीय सुधार

• हरिशंकर शर्मा
बारागढी (बारा), ११ असार / बारा जिल्लाको बारागढी गाउँपालिकामा ५ वर्षको अवधिमा भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । पालिकामा रहेको ६ वटै वडाहरुमा भौतिक पूर्वाधार विकास तर्फ सडक ढलान, नाला निर्माण, कल्भर्ट र पुल निर्माण गर्नुका साथै प्रत्येक मुख्य सडकमा सोलार बत्ती र फ्लड लाइट जडान गरेको छ । स्थानीय तह अगावै गाउँपालिकाको एकदेखि अर्को वडासम्म जानको लागि वर्षातको मौसममा हिल्लाम्मेको समस्या खेप्दै आएको अवस्थामा यो ५ वर्षको अवधिमा सम्पूर्ण वडाका सडकहरु ढलान गरिएको छ भने नाला पनि निर्माण गरिएको छ ।
प्रत्येक टोलमा सामुदायिक भवन निर्माण गर्नुका साथै शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि उल्लेखनीय परिवर्तन आएको छ । भौतिक पूर्वाधारदेखि शिक्षा, कृषि, पशु, सामाजिक क्षेत्रमा सन्तुलित किसिमको विकास भएको प्रमुख प्रशासकीय अधिकृत अमोद चैधरीको भनाई छ । भौतिक पूर्वाधारको विकासतर्फ प्रत्येक वस्तीमा नाला ढलान, कच्ची सडकलाई सत्रोन्नति, प्रत्येक गाउँपामा मठ मन्दिर, सामुदायिक भवन निर्माण, सामुदायिक विद्यालयको भौतिक संरचना, खानेपानी, सुविधायुक्त शौचालयहरु निर्माण भएको छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण, गाउँपालिका स्तरीय संघ, प्रदेशको अनुदानमा १५ सैयाको अस्पतालको टेण्डरको आह्वान भइसकेको छ, पालिकामा बर्थिङ्ग सेन्टर संचालनमा आइसकेको उनको भनाई छ ।


यसैगरि शिक्षातर्फ शिक्षा योजना तथा शिक्षा पार्श्वचित्र निर्माण गरि सोही बमोजिम कार्यको सुरुवात, नियमित रुपमा प्रत्येक वर्ष बालबालिकाहरुको लागि गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलापहरु तथा कार्यक्रमहरुको आयोजना, विज्ञ समुह गठन गरि विद्यालय तथा कक्षाकोठा अनुगमन अवलोकन गरी छलफल, पृष्ठपोषण प्रदान गर्ने गरिएको छ । यसरी नै विद्यालय आउने समुहका सम्पूर्ण बालबालिकाहरुलाई विद्यालय ल्याउनको लागि भर्ना अभियान लगायत विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ भने नियमित प्रधानाध्यापक तथा शिक्षक बैठक, छलफल समेत गर्ने गरिएको छ ।
विद्यालयको भौतिक संरचना तथा पूर्वाधार विकास (हरेक विद्यालयमा पर्याप्त भवन, कम्पाउण्डवाल, कक्षाकोठा, डेस्क बेन्च, प्रयोगमैत्री शौचालय र शुद्ध खानेपानीको व्यवस्थापन) समेत गर्ने कार्य गरिएको छ भने हरेक विद्यालयहरुमा विज्ञान प्रयोगशालाको लागि लागि पर्याप्त सामग्रीको व्यवस्थापन, प्रारम्भिक बालविकास कक्षाहरुको व्यवस्थापन, विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन, विद्यालयहरुमा विद्युत मिटर जडान तथा सो को महशुल गाउँपालिकाद्बारा भुक्तान गर्ने जस्ता कार्यक्रमहरु संचालन गरिएको पालिकाकी शिक्षा प्रमुख जलमती चौधरीले जानकारी दिइन् ।


उनका अनुसार विगतको तुलनामा अहिले शिक्षा क्षेत्रमा व्यापक सुधार भएको दाबी गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यदेखि सामुदायिक विद्यालयप्रति बालबालिकाहरुलाई कसरी आकर्षित गर्न सकिन्छ, बढि भन्दा बढि बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म पु¥याउने सकिन्छ भन्ने तर्फ केन्द्रित रहेको गरेको ५ वर्षे कार्यको सन्तोषजनक परिणाम आएको बताइन् । जसको उदाहारण अहिले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको उपस्थिति सन्तोषजनक रहेको दाबी गरिन् । निजी स्कुलमा पाउने शिक्षा सामुदायिक विद्यालयमा नै पाउन थालेपछि पालिकाका अधिकाँश बालबालिकाहरु सामुदायिक विद्यालयमा नै पढ्ने गरेको बताइन् ।
बारागढी गाउँपालिकाको शिक्षा सुधार कार्ययोजना अन्तर्गत नै पालिकाको हरेक वडामा साक्षरता अभियान सञ्चालन, होम स्कुलिङ्ग कक्षा सञ्चालन, आरम्भ परियोजना अन्तर्गत विद्यालय बाहिर रहेका विवाहित र अविवाहित किशोरीहरुलाई छुट्टाछुट्टै २५ वटा सिकाइ केन्द्रहरु मार्फत कक्षा सञ्चालन गरि उनीहरुलाई विद्यालयको औपचारिक कक्षामा ल्याउने प्रयास,
गाउँपालिका अन्तरर्गतका सामुदायिक विद्यालयमा अध्ययन गरी काठमाडौमा विज्ञान र व्यवस्थापन संकाय लिई अध्ययन गर्न जाने विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने कार्यहरु गरिएको पाकिालका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले जानकारी दिए ।
बारागढी गाउँपालिकामा दरबन्दी न्यून भएकोले शिक्षकको कमि थियो त्यो अभावलाई पूर्ति गरिएको छ, विद्यालय अनुगमन गर्नका लागि विज्ञ समूह गठन गरिएको छ, तिनीहरुले बेला बेलामा गएर विद्यालयहरुको अनुगमन गरेर सल्लाह, सुझाव दिने गरेको बताए । विद्यालयबाट बञ्चित बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म ल्याउने कार्य गरिएको छ, सामुदायिक सिकाई केन्द्रबाट पनि छुट्टै कक्षा संचालन गर्ने व्यवस्था गरिएको छ, जसले गर्दा विद्यालय बाहिर रहेका बालबालिका, किशोर किशोरीहरु विस्तारै विद्यालयको औपचारिक शिक्षामा समावेश गराउने कार्यक्रमहरु संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत चौधरीको भनाई छ ।


यो आर्थिक वर्षमा मात्रै आरम्भ परियोजनाबाट २५ वटा सिकाई केन्द्रहरु निर्माण गरेर ८ वटा कक्षा संचालन गरियो, जसबाट विद्यालय बाहिर रहेका ५ सय विद्यार्थीहरु औपचारिक रुपमा विद्यालयमा भर्ना भएको चौधरीले जानकारी दिए । यसरी नै स्वास्थ्य तर्फ पनि उल्लेख्नीय सुधार भएको छ । स्वास्थ्य सेवा विस्तार (आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना), हरेक स्वास्थ्य चौकीलाई स्तरोन्नति, वर्षमा एक पटक हरेक वडामा विशेषज्ञ डाक्टर सहित स्वास्थ्य शिविर सञ्चालन, ६० वर्ष माथिका वृद्धवृद्धाहरुलाई घरमै गई नियमित स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन, शारीरिक रुपले कमजोर, अशक्त र अपाङ्गता भएका भएका लाभग्राहीहरुलाई घरदैलो कार्यक्रम मार्फत घरमै गई सामाजिक सुरक्षा भत्ता वितरण, निशुल्क आँखा जाँच शिविर तथा निःशुल्क मोतियाबिन्द शल्यक्रिया कार्यक्रम सञ्चालन, निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन, निःशुल्क परिवार नियोजन शिविर सञ्चालन, निःशुल्क आयुर्वेद चिकित्सा शिविर सञ्चालन तथा निशुल्क औषधि वितरण, गर्भवति आमा र बच्चाहरुलाई निशुल्क पौष्टिक आहार वितरण जस्ता कार्यक्रमहरु संचालन गरिएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि