Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दिनहुँ विधुत ट्रिपिङ्गको समस्याले उद्योगहरु नराम्ररी प्रभावित, सर्वसाधारणलाई पनि सास्ती

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ५, २०७९
दिनहुँ विधुत ट्रिपिङ्गको समस्याले उद्योगहरु नराम्ररी प्रभावित, सर्वसाधारणलाई पनि सास्ती

• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), ५ असार / नेपाल सरकारले मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेपनि उपभोक्ता भने दिनुहँ विधुत कटौतीको कारण मर्कामा परेका छन् । विधुत टिप्रिङ र भोल्टेजको हाई–लो समस्याले घरायसी विधुतीय उपकरणमा क्षति हुुनुका साथै बारा–पर्सा औद्योगिक करिडोरमा अवस्थित उद्योगहरु संचालनमा समस्या भईरहेको छ । पटक पटक विधुत ट्रिपिङ र अघोषित लोडसेडिङ्गबारे स्थानीय लगायत उद्योगी व्यापारीहरुले विधुत प्राधिकरणलाई बारम्बार आग्रह गर्दा समेत कुनै सुनुवाई नभएकोले उद्योगीहरु थप चिन्तित बनेका छन् ।
तराईमा बढ्दै गएको गर्मीसँगै दिनहुँ अघोषित विधुत लोडसेडिङ तथा विधुत ट्रिपिङले यस क्षेत्रका स्थानीयहरु आजित बनेका छन् । गर्मीको कारण जनजीवन प्रभावित भईरहदा यसरी अनियमित विधुत कटौतीले उपभोक्ताहरु थप मारमा परेका छन् । पर्सा लगायतका आसपासका क्षेत्रहरुमा करिब डेढ महिनादेखिको अनियमित रुपमा विधुत कटौती भइरहेको छ भने दिनभरिमा पचासौं पटक विधुत ट्रिपिङ्ग भइरहेको छ । मिनट मिनटमा विधुत जाने, आउने गर्नाले विधुतीय उपमारणमा समेत क्षति भइरहेको छ भने औद्योगिक कोरिडोर क्षेत्रमा पनि नराम्ररी प्रभाव परि रहेको उद्योगी अनिल अग्रवालले बताए ।


उनका अनुसार पूर्व सूचना विना लाइन कटौती गर्ने गरेको कारण उत्पादनमा क्षति हुनुका साथै लागत पनि बढ्ने गरेको उनको भनाई छ । प्राद्यिकरणले विद्युत कटौती गर्नुछ भने पूर्व जानकारी दिएर यति घण्टा लोडसेडिङ्ग हुन्छ भन्ने जानकारी दिएको भए आफूहरुपनि पूर्व तयारी गरेर उद्योग संचालन गर्ने थिए तर केही जानकारी विना नै विधुत कट्नुले उत्पादनमा कमि आउनु, कच्चा पदार्थ नष्ट हुन तथा उत्पादन लागत बढ्ने गरेको उनको भनाई छ ।
कोरोनाको त्रास तथा निषेधाज्ञाले धरासायी भएका उद्योगहरु विस्तारै लयमा फर्कदै गर्दा बारम्बार हुने गरेको विधुत कटौतीले पुनः उद्योगहरु धरायसी हुने हो कि भन्ने उद्योगी व्यावसायीहरुमा चिन्ता थपिएको छ । उद्योगी व्यावसायीहरु यस समस्यालाई अन्त्य गर्नका लागि विद्युत प्राद्यिकरणलाई पटक पटक आग्रह गर्दा समेत कुनै प्रभाव नपरेकोले यहाँका उद्योगीहरु विद्युत प्राद्यिकरणका महानिर्देशक कुलमान घिसिङ्गलाई गुहार्ने निर्णय समेत गरेका छन् ।
औद्योगिक करिडोरमा नियमित रुपमा विधुत आपूर्ति नहुँदा उत्पादनमा कटौति भई घाटा व्यवहर्नु परेको भन्दै वीरगंज उद्योग वाणिज्य संघले विधुत ट्रिपीङको समस्या समाधान गरि सहज रुपमा विधुत उपलब्ध गराउन प्राधिकरणको २ पटक ध्याकार्षण समेत गराए पनि समस्या भने ज्यूका त्यू रहेको छ । यसपटक भने उद्योग वाणिज्य संघ वीरगंज सरकारले माग भन्दा बढि उत्पादन भएको विजुली निर्यात गरि आम्दानी गर्ने उद्देश्यले भारत निर्यात गर्न थालेको छ । यो अत्यन्तै खुसीको करो पनि हो । तर आफ्नै मुलुकमा सहज रुपमा विधुत आपूर्ति गर्न नसकेको भन्दै प्राधिकरणको चौतर्फी आलोचना समेत भईरहेको छ ।
विधुत ट्रिपिङ्गले गर्दा उद्योगीहरु मात्र मर्कामा छैनन्, सर्वसाधारणहरु पनि उत्तिकै मर्कामा परेका छन् । गर्मीको बेला विधुत कट्ने गरेकोले घरमै बस्न समस्या हुने गरेको छ भने अचानक विधुत कटौतीले विधुतीय उपकरणहरु जलेर नष्ट हुने गरेको छ । घरायसी काममा पनि बाधा हुने गरेको छ । साधारणतया विधुतीय उपकरणहरु कम्प्युटर, ल्यापटप, मोबाइल, धाराको मोटर लगायतका सामानहरु जलेर नष्ट हुने गरेको छ ।


अर्कोतर्फ अनियमित तरिकाले विधुत कटौती गर्दा सर्वसाधारणहरु सूचनाको हकबाट समेत बञ्चित हुनुपर्ने अवस्था सृजना भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बञ्जारा बताउँछन् । उनका अनुसार अघोषित लोडसेडिङ्ग तथा विधुत ट्रिपिङ्गले गर्दा पत्रपत्रिका प्रकाशनमा समस्या हुनुका साथै अनलाइन, रेडियो, टिभि जस्ता सञ्चार माध्यमहरु संचालनमा समेत समस्या उत्पन्न भएको उनले बताए ।
पर्सामा करिब २ दर्जन पत्रपत्रिकाहरु प्रकाशन हुने गरेको छ भने आधा दर्जन जति एफ.एम संचालनमा छन् । तर नियमित विधुत आपूर्ति नहुँदा पत्रिका प्रकाशन देखि संकलन गरेका समाचारहरु आ–आफ्नो संचारगृहमा अनलाईन मार्फत पठाउन समेत समस्या भईरहेको छ । सरकारले विधुत खपत बढाउन र एलपी ग्यासको विल्कपमा विधुतीय चूलोको उपयोगलाई प्राथामकता दिएको छ । तर बारम्बार विधुत कटौती र लो भोल्टजका कारण विधुतीय उपकरणको प्रयोग प्रति उपभोक्ता आकर्षित हुन सकेका छैन््न ।
यसबारे विधुत प्राद्यिकरण वितरण केन्द्र वीरगंजका प्रवक्ता सीताराम साहले विधुतमा बढि लोड हुन थालेपछि ट्रिपिङ्गको समस्या उत्पन्न भएको बताउँछन् । उनले गर्मीको बेला तीन गुणासम्म बढि विधुत खपत बढेकोले ट्रान्सफर्मरहरुमा बढि लोड हुन विद्युत काट्नुपर्ने अवस्था सृजना हुने गरेको बताए । अहिले वर्षातको मौसम पनि आउन थालेकोले पानी परेपछि हदैसम्म समस्याको समाधान हुने उनको भनाई छ ।
उनका अनुसार वीरगन्जमा हेटौडाबाट ६६ केभिए, पिलुवा शव स्टेशनबाट १३३ केभिए तथा रक्सौलबाट १३३ केभिएको विद्युत परवानीपुरमा आएको छ । र परवानीपुरबाट औद्योगिक क्षेत्रहरुमा रहेका उद्योगहरुमा विद्युत प्रवाह गरिएको छ भने वीरगन्जमा पनि त्यही विधुत प्रवाह गरिएको छ । कहिलेकाँही हेटौडाको लाइन अवरुद्ध भए पिलुवाबाट ल्याउने र त्यहाँको अवरुद्ध भए रक्सौलको लाइन पनि ल्याउने गरिएको छ, र बेला बखत कुनै अवरुद्ध भए फिडर परिवर्तन गर्नुपर्ने भएकोले पनि विद्युत काट्नुपर्ने अवस्था सृजना हुने गरेको बताए ।
तीन स्थानबाट विधुत प्रवाह गरेको कारण यस्तो समस्या देखिएको छ, यसलाई न्यूनीकरण गर्नका लागि बारा जिल्लाको प्रसौनी गाउँपालिका स्थित गण्डक नहर नजिकै शव स्टेशन निर्माण कार्य थालनी गरिएको छ, केही ठाउँमा जग्गा मुअब्जाको विवाद छ, त्यो समाधान भए निर्माण कार्य शुरु भई यहाँको शव स्टेशनबाट विधुत प्रवाह हुन थालेपछि विधुत ट्रिपिङ्गको समस्या हदैसम्म न्यूनीकरण हुने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि