वीरगंज (पर्सा), १ असार / पर्साकाे कालिकामाई गाउँपालिकामा अख्तियरार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाकाे टाेली पुगेकाे छ । गाउँपालिकाकाे विभिन्न याेजनामाथी परेकाे उजरीकाे सम्बन्धनमा छानविन गर्न प्रहरी निरिक्षककाे नेतृत्वमा प्राविधिकसहितकाे टाेली पुगेकाे आयाेग हेटाैंडाका सूचना अधिकारी विष्णु प्रसाद सापकाेटाले जानकारी दिए ।
कालिकामाईमा पुगेकाे अख्तियारकाे टाेलीले गत आर्थिक बर्षमा प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे पालामा वडा नं. ३ हरिहपुरमा निर्माण भएकाे पुल र सडक ढलानकाे स्थलगत निरिक्षण गरेकाे छ । स्थलगत निरिक्षणकाे क्रममा अख्तियारकाे प्राविधिकले मापदण्ड अनुसार सडक र पुल निर्माण भए, नभएकाे बारेमा चेकजाँच समेत गरेका थिए । साे पुल ४० लाखकाे लागतमा ठेक्दार कम्पनी मार्फत निर्माण भएकाे थियाे । पुल मापदण्ड र स्टिमेट अनुसार निर्माण नभएकाे उजरी परेपछि अख्तियारकाे टाेली याेजना निर्माण स्थल मै पुगेर छानविन गरेकाे हाे ।
यसअघि पनि कालिकामाई गाउँपालिकामा अख्तियारले छापा हानी छानविन गरेकाे थियाे । प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साह कै पालामा विपत व्यवस्थापनकाे रकम लगायतकाे याेजनामा भएकाे हिनामिनाकाे सम्बन्धमा अख्तियार गाउँ कार्यपालिका कार्यालयमा पुगी दुई दिन सम्म छानविन गरेकाे थियाे । यसैगरी पर्साकाे अन्य पालिकाकाे याेजनामाथि परेकाे उजरीकाे सम्बन्धमा पनि अख्तियारकाे टाेलीले स्थलगत छानविन गर्ने बुझिएकाे छ ।
प्रतिक्रिया दिनुहोस् !