• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), २२ जेठ / विश्व वातारण दिवस वीरगंजमा पनि मनाईएको छ । दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले श्री त्रिजुद्ध मा. विमा वृक्षारोपण गरेको छ ।
समाजका सभापति प्रेम पटेलको सभापतित्वमा सम्पन्न वृक्षा रोपण कार्यक्रममा कन्द्रीय सचिव अमर गौतम, वीरगंज महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, विरगंज महानगरपालिकाका शिक्षा प्रमुख अरबिन्द कर्ण, त्रिजुद्ध मा.बि.का प्रधानाध्यापक हरिन्द्र प्रसाद कुर्मी ,वीरगंज युवा समाज का अध्यक्ष कमल चौलागाईं
लगायतको उपस्थिति रहेको थियो ।
वातावरण संरक्षण गर्ने उदेश्यले विभिन्न प्रजातिका २ सय विरुवाहरु रोपिएको समाजका सभापति पटेलले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस् !