• मुस्कान श्रेष्ठ
वीरगन्ज (पर्सा), २२ जेठ / विश्व वातारवरण दिवसको अवसरमा वीरगंजमा वृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनद्वारा संयुक्त रुपमा आयोजित वृूक्षा रोपण कार्यक्रममा बिरगंज महानगरपालिका १० आदर्शनगर स्थित भानुरत्न चौक देखि आन्तरिक राजश्व कार्यालय हदै बौदी टोल सम्म म्यागो स्टिक १२५ थानर धुपि २५ थान गरी जम्मा २ सय ५० थान वृक्षा रोपिएको छ ।
वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रमहरु निकै महत्वपूर्ण रहेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले बताउनुभयो ।
कार्यक्रममा बिरगंज महानगरपालिका पर्साका उपमेयर ईमतियाज आलम, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, वीरगञ्जका प्रमुख सेनानी जयराम थापा, भारतीय महावाणिज्य दुतावास वीरगञ्जका नितेश कुमार, राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति खुमलटारकी सुस्मा गिरी खड्का, उपसचिव सृजना श्रेष्ठ, समाजसेवी भोला कलवार, नुतन सरावगी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस् !