Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बजेट शेयर बजारमैत्री, नेप्से परिसूचक १११ अङ्कले ओरालो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०७९
नेप्सेमा उच्च अङ्कको ओरालो

काठमाडौँ, १९ जेठ /  सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले यही जठ १५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷ ८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हकहित संरक्षण गर्ने विषय समावेश छ ।
बजेटले शेयर बजारको विकास र विस्तारमा जोड दिएको भए पनि कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागिरहेको छ । यस साता शेयर कारोबार भएका चार दिनमा लगातार बजार ओरालो लागेको छ । आइतबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर कारोबार भएन ।
सोमबारदेखि बिहीबारसम्म आइपुग्दा चार कारोबार दिनमा नेप्से परिसूचक १११ अङ्कले ओरालो लागेको छ । बजेट सार्वजनिक भएको दोस्रो दिन अर्थात् जेठ १६ गते सोमबार शेयर बजार ५० अङ्कभन्दा बढीले ओरालो लाग्यो । जेठ १७ गते मङ्गलबार ३५.५२ अङ्कले घट्यो । त्यस्तै १८ गते बुधबार ७.१९ अङ्कले ओरालो लाग्यो । आजसम्म आइपुग्दा नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेको छ ।
बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको छ ।
वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने कार्यक्रम बजेटमा समावेश छ । त्यस्तै उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवद्र्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिइ सहजीकरण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ ।
रु एक अर्ब वा सोभन्दा बढीको पुँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई बजेटले विशेष प्राथमिकता दिएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बिमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने, निक्षेप बिमाको विद्यमान सीमा रु तीन लाखबाट वृद्धि गरी रु पाँच लाख पु¥याइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १८.२६ अङ्कले ओरालो लागेर दुई हजार ११२.४७ अङ्कमा ओर्लेको छ ।
त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.८१ अङ्कले ओरालो लागेर ४१०.६६ मा ओर्लिएको छ । कूल २२७ कम्पनीको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर रु एक अर्ब १६ करोड १५ लाख १४ हजार १६९ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोष उपसमूहको शेयर ०.०२ अङ्कले उकालो लागेको छ । त्यस्तै बैंकिङ ११.१२, व्यापार ४६.७२, होटल तथा पर्यटन १३.४१, विकास बैंक १९.१९, जलविद्युत् १३.६२, वित्त ५.६२, निर्जीवन बिमा १३८.१६, उत्पादन ४१.३६, अन्य २४.४३, लघुवित्त २९.४२, जीवन बिमा १४६.६२ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा माउण्टेन हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड १२ लाख ५८ हजार ६९३ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक रु छ करोड ५४ लाख ६० हजार ८८९, नवील बैंक रु तीन करोड १८ लाख ५७ हजार २७२, हिमालयन डिस्टिलरी रु तीन करोड आठ लाख ६१ हजार ४८९ र शिखर इन्स्योरेन्स कम्पनी रु दुई करोड ८८ लाख ५० हजार ५६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९७, माउण्टेन हाइड्रोपावर ४.२०, उपकार लघुवित्त ४.०४, लुम्बिनी जनरल इन्स्योरेन्स ४.०१ र गुराँस लघुवित्तका लगानीकर्ताले ३.३६ प्रतिशतले कमाए । त्यस्तै प्रभु लाइफ इन्स्योरेन्स ६.४७, उन्नती सहकार्य लघुवित्त ४.८७, कर्पोरेट डेभलपमेन्ट बैंक ४.२३, प्रिमियर इन्स्योरेन्स ४.१८ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०६ प्रतिशतले ओरालो लागेको छ । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि