Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज रास्वपा पर्सा राष्ट्रिय धोती दिवस हरिखेतान बहुमुखी क्याम्पसमा विवाद सामुदायिक विद्यालय हरिखेतान क्याम्पस विवाद वीरगंजमा लगाइएको कर्फ्यू हट्यो साम्प्रदायिक तनावले शिक्षा प्रभावित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वर्षेनी मल अभाव समस्या झेल्दै पर्साका कृषक, युरिया मल नपाएपछि भारतमै निर्भर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १९, २०७९
वर्षेनी मल अभाव समस्या झेल्दै पर्साका कृषक, युरिया मल नपाएपछि भारतमै निर्भर

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), १८ जेठ / मुलुकलाई कृषि प्रधान देश भनेर चिनिन्छ तर सधैं किसानहरु मल नपाएर मर्कामा पर्ने समस्या यथावत नै छ । वर्षेनी मल आवश्यक पर्ने बेलामा सरकारले मल उपलब्ध गराउन नसक्दा कृषकहरु मल अभावमा समस्या झेल्नु परेको छ । अहिले धानबालीको लागि चाहिने युरिया तथा डिएपी मल नपाएको कारण किसानहरु मलको लागि भौतारि रहेका छन् ।
फल्न लागेको भदै धान, उखुको लागि लागि अहिले मुलुकभरि १ बोरा पनि युरिया मल छैन । यहाँका किसानहरु वर्षेनी मलको अभाव खेप्दै आएका छन् । कृषि सामाग्री कम्पनीदेखि साल्ट टेूडिङ्ग कम्पनीको गोदाममा युरिया मल छैन । कृषि सामाग्री कम्पनीले डि.ए.पी. मल हदसम्म वितरण गरेतापनि वितरण प्रणाली प्रभावकारी हुन नसक्दा वास्तविक किसानसम्म मल पुग्न सकि रहेको छैन । कृषि सामाग्री कम्पनीसँग अहिले डि.ए.पी. र पोटास मल मात्रै छ तर युरियाको आवश्यक परेको किसानहरु भारतमै निर्भर पर्नु परेको अवस्था छ ।
नेपाल सरकारले कृषकहरुको लागि अनुदानमा उपलब्ध गराएको युरिया तथा डि.ए.पी. एवं युरिया मल कृषक समक्ष पुग्न नसकेको कारण वर्षेनी कृषकहरुले मलको समस्या झेल्नु परेको कृषकहरुको गुनासो छ । एक बोरा मलको लागि हप्तौ दिनसम्म कृषि सामाग्री कम्पनी धाइरहँदा पनि मल नपाएको कारण कृषकहरु निराश भएर रित्तै हात फर्किनुपर्ने अवस्था छ । सामाग्री कम्पनीमा आउने मल वितरण पनि नगरिएको होइन, तर माग अनुसार मल आयात हुन नसक्दा १० प्रतिशत किसानहरुले पनि मल पाउन सकेका छैनन् ।


कृषि सामाग्री कम्पनीबाट मल लैजाने कृषक सहकारी सँस्थाहरुले आफ्नो आसेपासेलाई मात्रै वितरण गर्ने गरेको तथा कालोबजारी गर्ने गरेको कारण वास्तविक किसानहरु १ बोरा मलको लागि भौतारिनु परेको अवस्था छ । नेपाल सरकारको नियम अनुसार कृषि सामाग्री कम्पनीबाट डिलर लिएका कृषक समूहहरुले मात्रै मल लैजान पाउने प्रावधान छ तर ति समूहमा भएका कृषकहरु बाहेक अन्य कृषकहरुले मल नपाउने गरेको कृषकहरुको गुनासो छ ।
कृषकहरुलाई सहज तरिकाले मल उपलब्ध गराउन जिल्लाको प्रत्येक पालिकाको प्रत्येक वडामा २ देखि ४ वटा डिलरहरु छन्, तर डिलहरुले किसानहरु भन्दा पनि आफ्ना आसेपासेलाई मात्र दिने बाँकी कालोबजारी गरि विक्री गर्ने गरेको कारण मल आवश्यक पर्ने समयमा सधैं किसानहरुले मलको अभाव खेप्नु परि रहेको छ । नेपाल भारत सीमा क्षेत्रमा रहेका किसानहरुले हदसम्म भारतबाट मल ल्याएर आफ्नो खेती गर्ने गरेका छन् ।
कृषि सामाग्री कम्पनीले मल वितरण पनि नगरेको होइन, तर वितरण प्रणाली प्रभावकारी हुन नसक्नु एवं माग बमोजिम मल आयात हुन नसकेको कारण पनि किसानहरु वर्षेनी मल अभावको समस्या झेल्दै आएका छन् । वीरगन्ज स्थित कृषि सामाग्री कम्पनी प्रादेशिक कार्यालयले यस आर्थिक वर्ष २०७८÷०७९ को वैशाख महिनामा मात्रै युरिया ३६ हजार ३७३.५० मेट्रिक टन, डि.ए.पी. १८ हजार ५६५.२५० मेट्रिक टन वितरण गरेको छ । अहिलेपनि मधेश प्रदेशका ८ वटा जिल्लाका लागि ४ हजार ९२५.५० मेट्रिक टन डि.ए.पी. मौज्दात रहेको कृषि सामाग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका सहायक प्रवबन्ध निर्देशक तथा सूचना अधिकारी आलोक कुमार झाले जानकारी दिए ।


उनका अनुसार पर्सा जिल्लामा ४८ हजार ५ सय ३२ हेक्टर खेती योग्य जमिन रहेको जसमा धान, गहुँ मकै बाली लगाउने गरेको अवस्थामा यसको लागि चाहिने मल प्रयाप्त रुपमा आयात हुन नसक्दा पनि मल अभाव सृजना हुने गरेको छ भने नेपाल सरकरले टेण्डर मार्फत किनेको मल पनि समयमा नआउँदा कृषकहरुले मल अभावको समस्या झेल्नु परेको उनको भनाई छ । यस क्षेत्रमा धान बढि उत्पादन हुने गरेको कारण जेठ, असार, साउन र भदौ महिनाको लागि मात्रै मधेश प्रदेशमा युरिया ५० हजार मेट्रिक टन, डि.ए.पी. ५० हजार मेट्रिक टन तथा पोटास २० हजार मेट्रिक टन मलको आवश्यक्ता पर्छ तर माग बमोजिम कहिलेपनि मल आयात हुन नसकेको कारण पनि यस्तो समस्या उत्पन्न हुने गरेको उनको भनाई छ ।
अर्को तर्फ यस आर्थिक वर्ष २०७८÷०७९ को लागि भारत सरकारसँग ‘जि टु जि’ मार्फत खरिद गरिएको १ लाख ५० हजार मेट्रिक टन मल हालसम्म आउन सकेको छैन । यो मसान्त सकिन डेढदेखि दुई महिना मात्र बाँकी रहँदा मल आउने हो, होइन ? भन्ने कुनै जानकारी नरहेको कारण युरिया मल अभाव भएको सूचना अधिकारी झाको भनाई छ । अहिलेको धानको बीउ लगाउँदा चाहिने डिएपी मल खासै अभाव नहोला तथा धान रोपेको २० देखि २५ दिन भित्र छर्किनु पर्ने युरिया मलको चरम अभाव सृजना हुने अवस्था रहेको बताए ।
पर्सा जिल्लाभरिमा गत वर्ष ४७ हजार ३० हेक्टर धानखेती भएको थियो । त्यसैगरि गत वर्ष २ लाख ३३ हजार १ सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

यस वर्षको स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार देवकोटालाई

माघ १, २०८२
नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

नेपाल एसबिआई बैंक लुट प्रकरण : ‘घरभेटीकै योजनामा लुट’ बयानपछि घरधनी पक्राउ

माघ १, २०८२
बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

बढ्दो जाडोमा विपन्नलाई राहत : पर्सा र बारामा नेपाल प्रहरी श्रीमती संघद्वारा न्यानो कम्बल वितरण

माघ १, २०८२
धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

धार्मिक आस्था, सांस्कृतिक गौरव र जैविक विविधताको सन्देशसहित माघे सङ्क्रान्ति सम्पन्न

माघ १, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि