Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गिरफ्तार जवरजस्ती करणी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा हालसम्म ९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

वीरगन्ज महानगरको मतगणना कार्य जारी, १० वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक

Birgunj Times
Birgunj Times
जेष्ठ ५, २०७९
२१ वर्षीय उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित

• हरिशंकर शर्मा
वीरगन्ज (पर्सा), ५ जेठ / सम्पन्न स्थानीय तहको निर्वाचन मतगणना अन्तर्गत पर्सा जिल्लाको ८ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाको ३२ वडा वडामध्ये ८ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने अन्य वडाहरुको मतगणना कार्य जारी छ ।
मतगणना अनुसार हालसम्म वडा नं. १, २, ३, ४, ५, २७, २८, २९, ३०, ३१ र ३२ को ३१ हजार ७ सय १ मतगणना हुँदासम्म मेयर पदमा जसपाले आफ्नो अग्रतालाई कायमै राखेको छ । शुरुवातीदेखि नै अग्रता कायम राखेका जसपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले हालसम्म १७ हजार २ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार विजय सरावगीले ८ हजार ६५७ मत प्राप्त गरेका छन् ।
यसैगरि उपमेयरमा नेपाली काँग्रेसका इम्तियाज आलमले आफ्नो अग्रतालाई कामै राखेका छन् । आलमले १२ हजार १४८ मत प्राप्त गरेका छन् भने लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार ४८१ मत प्राप्त गरेका छन् । वीरगन्ज महानगरको ३१ हजार ७०१ मतगणना हुँदासम्म मेयर पदमा २६ हजार ५९० मत सदर भएको छ भने ५ हजार १११ मत बदर भएको छ । उपमेयर पदमा १८ हजार ५० मत सदर भएको छ भने १३ हजार ६५१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मतगणनाकै क्रममा वीरगन्ज महानगरपालिकाको १० वटा वडाको अन्तिम नजिता प्रकाशित भइसकेको छ । वडा नं. १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को अन्तिम मत परिणाम अनुसार वडा नं. १ मा जसपाका मनोज राउत, वडा नं. २ मा नेपाली काँग्रेसका महम्मद रेयाज आलम, वडा नं. ३ मा जसपाका वैजु स्वर्णकार, वडा नं. ४ मा नेपाली काँग्रेसका जगत साह कानु, वडा नं. ५ मा नेकपा एमालेका प्रदीप चौरसिया, वडा नं. ६ मा लोसपाका जयप्रकाश साह अग्रवाल, वडा नं. २९ मा जसपाका धर्मेन्द्र चौधरी, वडा नं. ३० मा जसपाका मनोज यादव, वडा नं. ३१ मा नेकपा एमालेका जितेन्द्र यादव तथा वडा नं. ३२ मा जसपाका रियाज अहमद विजयी भएका छन् ।
वीरगन्ज महानगरपालिकामा १ लाख २४ हजार ६ सय ४७ मतदाता संख्या रहेको छ भने ९४ हजार ३ सय २४ मत खसेको छ ।

तीन नगरपालिका सहित ९ पालिकाको अन्तिम नजिता प्रकाशित
पर्सा जिल्लामा दुईवटा नगरपालिका सहित ८ वटा पालिकाको अन्तिम नतिजा प्रकाशित भइसकेको छ । पर्साको पर्सागढी नगरपालिका, पोखरीया नगरपालिका सहित पकहामैनपुर गाउँपालिका, विन्दवासिनी गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका, कालिकामाई गाउँपालिका तथा ठोरी गाउँपालिकाको अन्तिम नतिजा प्रकाशित भई जनप्रतिनिधि विजयी समेत भइसकेका छन् ।

पोखरीयामा प्रमुखमा चौहान तथा उपप्रमुखमा ठाकुर विजयी
पोखरीया नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका प्रधुमन चौहान विजयी भएका छन् । चौहानले ५ हजार ५५४ मत ल्याई विजयी भएका हुन् । उनका निकट्त प्रतिद्वन्दी निवर्तमान नगर प्रमुख तथा नेपाली काँग्रेसका उम्मेदवार दिपनारायण रौनियारलाई २ हजार ४३३ मतले हराउँदै चौहान विजयी भएका हुन् । रौनियारले ३ हजार १२१ मत मात्रै प्राप्त गरेका थिए ।
यसैगरि पोखरीया नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी रुवी ठाकुर विजयी भएकी छिन् । ठाकुर ५ हजार ११५ मत ल्याई उपप्रमुख पदमा विजयी भएकी हुन् । उनका निकट्म प्रतिद्वन्दी नेपाली काँग्रेसकी रेहाना खातुनलाई १ हजार १८६ मतले पराजित गर्दै ठाकुर विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी खातुनले ३ हजार ९२९ मत प्राप्त गरेकी थिइन् ।

पर्सागढीको प्रमुखमा पाठक तथा उपप्रमुखमा चौधरी विजयी
पर्सागढी नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका गोकर्ण पाठक विजयी भएका छन् । पाठकले ६ हजार ६२४ मत ल्याई नगर प्रमुखमा विजयी भएका हुन् । उनका निकट्म प्रतिद्वन्दी निवर्तमान नगरप्रमुख तथा नेपाली काँग्रेसका उम्मेदवार लोकनारायण यादवलाई २ हजार ८९१ मतले पराजित पार्दै पाठक नगर प्रमुखमा विजयी भएका हुन् । प्रतिद्वन्दी यादवले ३ हजार ७३३ मत प्राप्त गरेका थिए ।
यसैगरि पर्सागढी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी पुजा चौधरी विजयी भएकी छिन् । चौधरीले ७ हजार ६१६ मत ल्याई उपप्रमुखमा विजयी भएकी हुन् । उनका निकट्म प्रतिद्वन्दी नेपाली काँग्रेसकी अर्चना चौधरीलाई ४ हजार १८६ मतले पराजित गर्दै पुजा विजयी भएकी हुन् । उनका प्रतिद्वन्दी अर्चनाले ३ हजार ४३० मत प्राप्त गरेकी थिइन् ।

बहुदरमाईको प्रमुखमा तेली तथा उपप्रमुखमा कुशवाहा विजयी
पर्साको बहुदरमाई नगरपालिकाको प्रमुखमा जसपाकासिंगासन साह तेली विजयी भएका छन् । तेलीले ६ हजार ४ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । उनका निकट्म प्रतिद्वन्दी नेकपा एमालेका शिव पटेललाई ३४६ मतले पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पटेलले ५ हजार ६५८ मत प्राप्त गरेका थिए भने निवर्तमान नगरप्रमुख एवं नेपाली काँग्रेसका नितेन्द्र साहले ५ हजार ५१६ मत प्राप्त गरेका थिए ।
यसैगरि उपप्रमुखमा नेकपा एमालेकी सुस्मा कुमारी कुशवाहा ६ हजार ४ सय ४० मत ल्याई विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी सोनामती यादव ५ हजार ५ सय २५ मत पाएकी छन् । नगर उपप्रमुखमा सुस्मा ९१५ मतले विजयी भएकी हुन् ।

पकाहामैनपुरको अध्यक्षमा मेहता र उपाध्यक्षमा नेसा विजयी
पकहामैनपुर गाउँपालिकाको अध्यक्ष पदमा नेपालकी काँग्रेसका सुरेश मेहता विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसकै सरफुन नेसा विजयी भएकी छिन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका सुरेश मेहता २ हजार १५६ मतले विजयी भएका छन् । मेहताले ४ हजार ६८५ मत ल्याई विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी जनता जसपाका निर्वतमान गाउँपालिका अध्यक्ष विजय चौरसियाले २ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै सरफुन नेसा ४ हजार १४१ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्दी एमालेकी निर्मला चौरसिया १ हजार ८७२ मत प्राप्त गरेकी छन् । सरफुन २ हजार २६९ मतान्तरले विजयी भएका हुन् ।

जिराभवानीको अध्यक्षमा अनोज र उपाध्यक्षमा रेखा विजयी
जिराभवानी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरी विजयी भएका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका नेकपा एमालेका रामपृत महतोलाई हराउँदै अनोज गापा अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा अनोज ४ हजार ५६० मत ल्याएका थिए भने उनको निकटतम् प्रतिद्वन्दी एमालेका रामपृत ३ हजार २९९ मत प्राप्त गरेका छन् । अनोज १ हजार २६१ मतान्तरले विजयी भएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी रेखा चौधरी विजयी भएकी छिन् । निवर्तमान गाउँपालिका उपाध्यक्ष समेत रहेकी उषा देवी थरुइनीलाई हराउँदै रेखा उपाध्यक्षमा विजयी भएकी हुन् । रेखाले ले ४ हजार ७१० मत ल्याएर विजयी भएकी छिन् भने उनको निकतम् प्रतिद्वन्दी एमालेकी थरुनी २ हजार ९६५ मत प्राप्त गरेकी थिइन् ।

धोबिनीको अध्यक्षमा चौहान र उपाध्यक्षमा मञ्जु निर्वाचित
धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान विजयी भएका छन् । चौहान ३ हजार ९१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वशिष्ठनारायण प्रसाद कुर्मीले ३ हजार ७१ मत प्राप्त गरेका छन् । २० मतको अन्तरले कुर्मीलाई पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । मञ्जुले ३ हजार १४३ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी जसपाकी प्रियंकादेवी यादवले २ हजार ५७७ मत पाएकी छन् । प्रियाँका भन्दा ५६६ मत ल्याएर उपाध्यक्षमा कांग्रेसकी मञ्जु विजयी भएकी हुन् ।

कालिकामाईको अध्यक्षमा गुप्ता र उपाध्यक्षमा राजमति निर्वाचित
कालिकामाई गाउँपालिका अध्यक्षमा जसपाका बशिष्ट गुप्ता निर्वाचित भएका छन् । गुप्ता ३ हजार ७४३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालय कालिकामाईले जनाएको छ । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका अजय पटेलले ३ हजार ६२६ मत प्राप्त गरेका छन् । २१ बर्षिय बशिष्ट ११७ मतान्तरले विजयी भएका हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी राजमति देवी ३ हजार ९३३ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम् प्रतिस्पर्धी जसपाकी सहानी खातुन ३ हजार ७५४ मत प्राप्त गरेकी छिन् । राजमति सुरुदेखी अन्तिम सम्म अग्र स्थानमा रहँदै विजयी भएका हुन् ।

विन्दवासिनीको अध्यक्षमा तिवारी र उपाध्यक्षमा चौरसिया निर्वाचित
बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपाका प्रमोद तिवारी निर्वाचित भएका छन् । तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बिन्दबासिनीले जनाएको छ । उनको निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चौरसिया ३ हजार ४६८ मत प्राप्त गरेका छन् । तिवारी ६७३ मतले विजयी भएका हुन् ।
उपाध्यक्षमा नेकपा एमालेकी ज्योति देवी चौरसिया विजयी भएकी छिन् । चौरसिया २ हजार ३६६ मत ल्याएर विजयी भएकी छिन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सुनिता चौरसिया २ हजार २८७ मत प्राप्त गरेका छन् । एमालेकी ज्योति माओवादीकी ज्योति भन्दा ७९ मत बढी ल्याएर विजयी भएकी हुन् ।

ठोरीको अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा रेग्मी विजयी
ठोरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४ हजार ४९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकट्म प्रतिद्वन्दी नेकपा माओवादीका पद्मलाल श्रेष्ठले ३ हजार ३२९ मत प्राप्त गरेका थिए । लालबहादुरले पद्मलाललाई ७२० मतको अन्तरालले पराजित गरेका हुन् ।
उपाध्यक्षमा नेकपा एमालेका गोकुली कुमारी रेग्मी विजयी भएकी छिन् । रेग्मीले ४ हजार २५९ मत प्राप्त गरि विजयी भएकी छिन् । उनका निकट्म प्रतिद्वन्दी नेकपा माओवादीकी निरु तामाङ्गले ३ हजार ४३ मत प्राप्त गरेकी छिन् । रेग्मीले तामाङ्गलाई १ हजार २१६ मतको अन्तरले पराजित गरेकी छिन् ।

Birgunj Times

Birgunj Times

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

मंसिर १६, २०८०
पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

पकहाँमैनपुरमा विश्व एड्स दिवस मनाइयाे

मंसिर १६, २०८०
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

मंसिर १६, २०८०
पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

पत्रकार स्व. नरेश सर्राफकाे प्रथम स्मृति सभा सम्पन्न, उनको सम्झनामा स्मृति प्रतिष्ठान गठन गरिने

मंसिर १५, २०८०

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9845479849
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली
कानुनी सल्लाहकार   : सुनिल कुमार यादव

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि