Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज महानगरका मेयर उम्मेदवार सरावगी पैसा बाड्न आएको भन्दै स्थानीयद्वारा विरोध

अढाई घण्टाजति घरमै थुनिनु पर्ने अवस्था

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०७९
वीरगंज महानगरका मेयर उम्मेदवार सरावगी पैसा बाड्न आएको भन्दै स्थानीयद्वारा विरोध

• हरिशंकर शर्मा
वीरगन्ज, २७ वैशाख / नेकपा एमाले पार्टीबाट वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगी मतदाताको घरमा पैसा बाड्न आएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि करिब साढे २ घण्टाजति घरमै थुनिनु परेको थियो । वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित रातिको करिब १२ बजेको समयमा नेपाली काँग्रेसका कार्यकर्ता विनोद चौरसियाको घरमा पुगेको बेला स्थानीयहरुले विरोध प्रदर्शन गर्न थालेपछि उम्मेदवार सरावगीलाई करिब साढे २ घण्टाजति घरमै थुनिनु परेको थियो ।
वीरगन्ज महानगरपालिकामा जसपा, नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एस सम्मिलित ५ दलीय गठबन्धनबाट वीरगन्जमा राजेशमान सिंह मेयरका उम्मेदवार छन् भने नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टीको गठबन्धनबाट विजय सरावगी मेयरका उम्मेदवार छन् । सरावगी नेकपा एमालेको उम्मेदवार भएर विपक्षी ५ दलीय गठबन्धनबाट नेपाली काँग्रेसका कार्यकर्ता विनोद चौरसियाको घरमा रातिको समयमा किन भेट्न आउनुपर्यो भन्दै स्थानीयहरुले विनोद चौरसियाको घरलाई घेरा हालेर नारावाजी गर्न थालेपछि विवाद उत्पन्न भएको थियो ।


सरावगी एकजना सहयोगीको साथमा मोटरसाइकलमा चढी नेपाली काँग्रेस पार्टीका क्षेत्रीय प्रतिनिधि समेत रहेका चौरसियाको घरमा प्रवेश गरेको देखेपछि जसपाका कार्यकर्ता तथा स्थानीयहरुले विवाद गरेका थिए । शुरुमा सरावगी आएका छैनन् भनेका चौरसीयालाई स्थानियले गठबन्धनको नेता भएर तपाईले मध्यराति विपक्षी दलको उम्मेदवारलाई कुन स्वार्थले बोलाउनुभयो भनि विवाद गर्न थालेपछि सरावगी आएको स्वीकार गरेका थिए । उनले सरावगी भोट माग्न आएको र यो विषय अरुको सरोकारको नभएको जवाफ फर्काएका थिए ।
चौरसियाले आफ्नो घरमा जोसुकैलाई पनि ल्याउन मिल्ने, जसलाई पनि राख्न मिल्ने भन्दै दादागिरीले भोट पाउँछ भनेपछि विवाद झन चर्किएको थियो । केही बेर प्रहरी प्रशासनलाई अवस्था साम्य पार्न धौ धौ परेको थियो । तत्काल घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उम्मेदवार सरावगीलाई आफ्नै गाडीमा राखेर दुईतीन जना प्रहरीले उनलाई सिटको मुनि छोपेर घटनास्थलबाट बाहिर निकालेका थिए । पाँच वर्षे कार्यकालमा जनताको मन जित्न नसकेका सरावगीले निर्वाचनको मुखमा आएर भोट किन्न आएको भन्दै स्थानीयले विरोध गरेका थिए ।


ठुलो संख्यामा उपस्थित भएका स्थानीयले सरावगीको विरुद्दमा चौरसीयाको घर बाहिर नाराबाजी गरेपछि उनि करीब साढे २ घण्टासम्म घरभित्रै लुकेर बसेका थिए । चौरसियाको घरमा लुकेका सरावगी विरोध स्थललाई छल्दै प्रहरीको सहयोगमा पर्खाल नाघेर छिमेकी सुभनारायण चौरसियाको घर हुँदै भित्रभित्रै पर्खाल नाघि विजय चौरसीयाको घरको साँघुरो गल्लीबाट निस्केर प्रहरीको भ्यानमा चढेका थिए । गाडी चढेपनि स्थानीय तथा उपस्थित सञ्चारकर्मीहरुले उनको फोटो खिच्न खोज्दा क्यामराबाट अनुहार जोगाउन सरावगीले टाउको लुकाएका थिए ।
यस घटनाबारे नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिले उम्मेदवार सरावगीले पैसा बाड्न आएको कुरामा सत्यता नरहेको बताए । उनले भने सरावगी यहाँ आएको बेला उनीमाथि आक्रमण गर्नेहरुको समूह पछाडि रहेकोले उनलाई संरक्षण गर्नका लागि आफ्नो घरमा आएको बताए । उनले करिब १२ बजेको समयमा आफ्नो घरको ढोका अचानक खटखट गर्दा छोराले गएर गेट खोल्दा आफ्नो मामाको छोरा पर्ने कृष्ण चौरसिया रहेकाले बाहिर निस्केर हेर्दा उम्मेदवार सरावगी पनि सँगै रहेको र घरको बाहिर ३०÷४० जनाको भीड रहेकोले उनलाई संरक्षण गर्नका लागि घरमा ल्याइएको बताए ।
यस्तो किसिमको राजनीतिले ठूलो दुर्घटना निम्ल्याउँछ, समयमै सचेत होऔं भन्दै नेता चौरसियाले नसोधीकन मेरो घरको छतमा चढ्ने, ढोका धकेल्ने, यता झ्यालमा चढ्ने उता चढ्ने जस्ता गुण्डागर्दी काम भएको बताए । राजनीति गर्ने नेता होस या कार्यकर्ता उनमा शालिनता हुनुपर्छ, जनताको मत जित्नसक्नुपर्छ, कसैको भोट लिन उनीसँग नरमता अपनाउनुपर्छ यसरी दादागिरी पाराले भोट नपाउने उनको भनाई छ ।


यता नेकपा एमालेबाट वीरगंज महानगरपालिका मेयरका उम्मेदवार विजय सरावगीले आफूलाई सुरक्षा गर्नको लागि चौरसियाको घरमा प्रवेश गरेको बताए । उनले नगवा टोलमा दुईचार जनासँग भेट्नुपर्ने थियो, उनीहरुको घरपनि थाहा थिएन, म आफ्नो सहयोगी कृष्ण चौरसियासँग बाईकमा गए, बीचबाटोबाटै १५÷२० जनाले आफूलाई फलो गर्न थालेपछि आफूलाई असुरक्षा महसुस भएपछि सहयोगी चौरसियाको मामाको घरमा प्रवेश गरेको बताए ।
मलाई जो कोहीसँग पनि भेट्न पाउने अधिकार छ, म उम्मेदवार हुँ, हरेक मतदाताको घरमा जान पाउनु मेरो अधिकार हो, तर पैसा बाँड्न गएको कुरामा सत्यता नरहेको बताए । उनले मैले शुद्ध रुपमा भेटघाट गर्न गएको थिए तर सुनियोजित ढँगबाट ममाथि प्रहार गरियो, त्यो मेरो स्वतन्त्रताको हनन् रहेको भन्दै हाम्रो पार्टीबाट कुनै किसिमको आचार संहिताको उल्लंघन नहुने स्पष्ट पारे ।
आफूले विनोद चौरसियालाई चिनि रहेको पनि छैन, त्यो मेरो सहयोगीले आफ्नो मामाको घरमा लगेको हो, त्यो बेला ममाथि असुरक्षाको महसुस भएकोले सुरक्षाको लागि मैले नचिनेको व्यक्तिको घरमा गएको हो, र उहाँ विनोद चौरसिया हो र नेपाली काँग्रेस पार्टीसँग आबद्ध हुनुहुन्छ भनेर आज विहानै मात्रै मलाई जानकारी भएको बताए । यो साँघातिक हमला पूर्व योजना अनुसार रहेको उनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि