Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीमनपा उपमेयरका स्वतन्त्र उम्मेदवार मिश्राद्वारा संकल्प पत्र सार्वजनिक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २३, २०७९
वीमनपा उपमेयरका स्वतन्त्र उम्मेदवार मिश्राद्वारा संकल्प पत्र सार्वजनिक

• हरिशंकर शर्मा
वीरगन्ज, २३ बैशाख / वीरगन्ज महानगरको उपमेयरका स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले आफ्नो ‘संकल्प पत्र’ सार्वजनिक गरेकी छिन् । शुक्रबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा उपमेयरकी उम्मेदवार मिश्राले वीरगन्ज महानगरपालिकाको विकासको लागि आफ्नो चुनावी ‘संकल्प पत्र’ सार्वजनिक गरेकी हुन् । पत्रकार सम्मेलनमा बोल्दै उपमेयरकी उम्मेदवार मिश्राले पुरुष प्रधान देशमा महिलाहरु सधैं उपेक्षामा पर्दै आएको बताइन् । उनले देशमा भएका थुप्रै व्यवस्था परिवर्तनले अवस्थालाई परिवर्तन गर्न नसकेको भन्दै आधा धर्ती आधा आकाश ओगटेका महिलालाई अहिलेपनि समाजले बराबरीको रुपमा स्वीकार्न नसकेको बताइन् ।
घरेलु हिंसा, महिला हिंसा, यौन दुव्र्यवहार, लैंगिक विभेद जस्ता घटनाहरु अहिले पनि दिनहुँ भइरहेको छन्, महिलालाई पुरुष भन्दा कम आँक्ने समाजको पितृसतात्मक दृष्टिकोणलाई परिवर्तन गर्नुपर्ने आवश्यकता मिश्राको भनाई छ । उनका अनुसार एकजना शिक्षित महिलाले घर परिवारलाई शिक्षित बनाउन सक्छ भने शिक्षित महिला नेतृत्वमा पुगे समाज नै शिक्षित बन्छ भन्ने कुरा प्रमाणित गर्नका लागि राजनीतिक दलभन्दा माथि उठेर स्वतन्त्रबाट वीरगन्ज महानगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएको बताइन् । विगत लामो समयदेखि विभिन्न किसिमका सामाजिक संघ सँस्थामा आबद्ध भएर समाजको लागि गर्दै आएका काम र गत निर्वाचनमा भोग्नु परेको पराजयले सिकाएको पाठको आधारमा मेरो योगदानको मूल्याँकन नगरवासीले गर्नुहुनेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताइन् ।
मिश्राले स्वच्छ छवि, स्वच्छ विचार, निःस्वार्थ स्वभाव, इमान्दारिता, निर्भिकता, निष्ठासँगै वित्तिय व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी महिला उपमेयरमा निर्वाचित हुनुले महिलाहरुको सशक्तिकरण, महिलाका हक अधिकार लगायतको क्षेत्रमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरिन् । उनले मुलधारका राजनीतिक दलहरुले पनि मधेश प्रदेशकै एक मात्र महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनको नाममा महिलालाई नीति निर्माण तहमा पुग्ने संवैधानिक सुनिश्चिततालाई पनि कण्ठित पारेको आफूले महसुस गरेको भन्दै यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफूलाई उपमेयरमा निर्वाचित गराई महिला अधिकार, स्वभिमान, आत्मसम्मानको रक्षा गर्न सम्पूर्ण नगरबासीमा आग्रह गरिन् ।
मिश्राको घोषणापत्रमा महिला सशक्तिकरण देखि महानगरको भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, युवा तथा बालबालिका, कृषि, सरसफाइ, सामाजिक न्याय, उद्योग पर्यटनका विषयहरु प्राथमिकतामा राखिएको छ । वीरगन्ज महानरपालिकाको विकासका लागि मेरो संकल्प पत्र नामक उनको चुनावी घोषणापत्रमा महिलाको विषयले पहिलो प्राथमिकता पाएको छ । उनले महिला सशतिmकरणका लागि विभिन्न सिपमुलक तालिम तथा प्रशिक्षणहरुको आयोजना गर्ने, हरेक वडाका कम्तिमा ५ सय महिलालाई सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने, गरिब, दलित एंव अति विपन्न परिवारका छोरीहरुको विवाहका लागि आवश्यक सहयोग गर्ने वाचा गरेकी छन् ।
यस्तै साुमदायिक विद्यालयहरुलाई छात्रा मैत्री बनाउन पहल गर्ने, छात्राहरुलाई आत्मसुरक्षाका लागि तालिम प्रदान गर्ने, हरेक वडामा एमबिबिएस सहितको स्वास्थ्य चौकी र प्रसुती गृहको स्तरोन्न्ती स्थापनाका लागि पहल गर्ने, हरेक वडामा निशुल्क एम्बुलेन्स सुविधाका लागि पहल गर्ने, विपन्न परिवारकी सुत्केरी महिलालाई पोषणका लागि ३ महिनासम्म प्रति महिना ५ हजारको दरले सुत्केरी भत्ता उपलब्ध गराउने बुदा मिश्राको घोषणापत्रमा उल्लेख छ । प्रत्येक टोलमा युवाहरुको फिट्नेसका लागि निशुल्क फिट्नेश क्लबको स्थापना गर्ने , प्रत्येक वडामा निशुल्क व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने, सरसफाईमा लागि रहेको शुल्क पुर्ण रुपमा हटाउने, न्यायिक समितिलाई जनमैत्री बनाउन घरदैलोमा नियमित सुनुवाई र छलफल आयोजना गर्ने बुदा पनि घोषणापत्रमा समावेश गरिएको छ ।
करको दायरा घटाउने, वीरगन्ज बजार २४ सै घण्टा सुचारु राख्ने, किसानका लागि नियमित तालिमको आयोजना गर्ने, सहज विउविजन र मलखादको उपलब्धताका लागि ठाँउ ठाउँमा सुपथ मुल्यको डिपो स्थापनाका लागि पहल गर्ने, नारायणी अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नित गर्न पहल गर्ने, ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्वविधालयको रुपमा स्तरोन्नती गर्न पहल गर्ने बुदा पनि रम्भा मिश्राको चुनावी घोषणा पत्रमा लेखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

मधेशमा मानसिक स्वास्थ्य संकटः सामाजिक लाञ्छना र विशेषज्ञ अभावले आत्महत्याको जोखिम !

असार २६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

स्कुल बसको अचानक मोडाइले दुर्घटनाः मोटरसाइकल चालकको मृत्यु, दुई गम्भीर घाइते

असार २५, २०८३
वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

वीरगंज मुख्यक सडक विस्तारः अतिक्रमित संरचना हटाउने अभियान जारी

असार २५, २०८३
अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अब साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी विज्ञापन पाउने

असार २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि