Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्रामोत्थान रिसोर्स सेन्टरको शिलान्यास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १९, २०७९
ग्रामोत्थान रिसोर्स सेन्टरको शिलान्यास

वीरगन्ज, १९ वैशाख / एकल विद्यालय फाउनडेशन अफ नेपालले पर्साको पर्सागढी नगरपालिकामा स्थानियको उत्थानको लागि ग्रामोत्थान रिसोर्स सेन्टर (जिआरसी) श्रीराम जानकी बगियाको शिलान्यास गरिएको छ । बरिष्ठ समाजसेवी एवं रामजानकी बगियाका अध्यक्ष जग्गादाता रामचन्द्र सर्राफले उपलब्ध गराउँनु भएको करिब ३ बिघा जग्गामा ग्रामोत्थान रिसोर्स सेन्टर निर्माणको लागि शिलान्यास गरिएको हो ।
पर्सागढी नगरपालिका वडा नम्बर ४ छटौलीमा निर्माण हुन लागेको रिसोर्स सेन्टरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथी समाजसेवी एवं व्यवसायी ओरल्यान्डो, अमेरिका निवासी ब्रह्मरन्त अग्रवाल, विशिष्ट अतिथि विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडा, भुमिदाता रामजानकी बगियाका अध्यक्ष रामचन्द्र सर्राफले संयुक्त रुपमा रिसोर्स सेन्टर स्थापनाका लागि शिलान्यास गरेका हुन ।
शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समाजसेवी एवं व्यवसायी ओरल्यान्डो, अमेरिका निवासी ब्रह्मरन्त अग्रवालले रिसोर्स सेन्टर स्थापनाका लागि आवश्यक सम्पूर्ण आर्थिक खर्च आफूले नै व्यवहोर्ने प्रतिबद्धता जनाए । उनले हिन्दु धर्म के हो ? त्यो बुझनुपर्ने अहिले आवश्यकता रहेको बताए । मनुष्यलाई बाँच्ने कला र समाजमा योगदान पु¥याउँन हिन्दु धर्म नै सबभन्दा उपयुक्त धर्म रहेको बताए ।

उनले भने, ‘भगवान श्री गणेश अर्थ के हो ? र उहाँको शरिरमा रहेको अंगको महत्व के हो ? कार्यक्रममा सहभागि लाई भगवान गणेशको महत्व बारे जानकारी गराउँदै हिन्दु धर्म र यसको महत्व बारे आफू र आफनो बालबच्चालाई ज्ञान पु¥याउँन अहिलेको आवश्यकता हो ।’ जबसम्म आफनो देवी देवताको महत्व बारे जानकारी गराउँदैनौ तबसम्म अरु धर्मको व्यक्तिले हाम्रो धर्मको सम्मान गर्दैन त्यसैले यसको महत्वबारे हरेकलाई जानकारी गराउँन आवश्यक रहेको उनले बताए ।
कार्यक्रममा विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडाले हिन्दु जीवन पद्धतीमा आधारीत खेती गर्न सुझाव दिए । उनले भने, ‘एकल अभियान शिक्षाको अभियान मात्र होईन, एकल अभियान हिन्दु संस्कार, हिन्दु जीवन पद्धती, हिन्दु रितिवाज, हिन्दु जीवन मूल्यको बारेमा जानकारी गराउँन नै एकल अभियान हो । ’
शिक्षा हासिल गर्न सरकारी तथा निजि विद्यालय स्थापना गरिएको छ तर हामीले स्थापना गरेका एकल विद्यालयले शिक्षा मात्र दिदैन, गा्रमिण विकास योजना मध्ये गा्रमोत्थान संशाधन केन्द्र स्थापना गरी हिन्दु जीवन पद्धती अनुसार, धर्तीमाता, बरुण देवता तथा प्रकृतिको हरेक अंगको साथ एकरस भएर जीवन बिताउँने बारे ज्ञान उपलब्ध गराउँने काम पनि गर्दै आएको छ ।
उनले भने, ‘युरिया वा केमिकल विषको प्रयोगले धर्ती बाँझ भईरहेको छ । उर्वराशक्तीमा ह्रास आएको छ । यो हिन्दु जीवन पद्धती होईन । उर्वरा शक्ती बनाउँनको लागि घर घरमा गौं माता पालन गर्ने, गोबरबाट खाद्य उत्पादन गर्ने र गौ मुत्रबाट किटनाश औषधी बनाएर खेती गर्नु नै प्राकृति खेती जसलाई जैविक खेती पनि भन्ने गरिन्छ त्यो नै हिन्दु जीवन पद्धती हो ।’
हिन्दु जीवन पद्धतीबाट रसायनिक युक्त खेती गर्न गौ मातामा आधारीत खेती ल्याउँन ग्रामोत्थान संशाधन केन्द्र स्थापना गरी जैविक खेतीको सुरुवात गरिएको छ, यो पद्धतीलाई सिमित नगरी आसपासको गाउँ टोलका स्थानियलाई समेत सहभागिता गराउँन यसको महत्वबारे जानकारी गराउँन आग्रह समेत उनले गरे ।
एकल विद्यालय फाउन्डेशनका अध्यक्ष महाबिर घिराईयाले गा्रमोत्थान रिसोर्स सेन्टरले गाउँटोलको मात्र नभई पुरै देशको विकासमा योगदान पु¥याउँने विश्वास लिएको बताए । उनले भने, ‘स्थापना गर्न लागिएको रिसोर्स सेन्टर मार्फत रोजगार मुलक शिप प्रदान गरी स्थानियलाई आत्मनिर्भर बनाउँने काम हुन्छ, जसले गर्दा गाउँटोलको मात्र विकास हुदैन देशकै विकासमा योगदान पु¥याउँन सकिन्छ ।’
सेन्टर मार्फत स्थानियलाई आत्मनिर्भर बनाउँन स्वरोजगारको लागि कम्युप्टर, सिलाई कटाई, आफनो खेतबारीको उर्वराशक्ती कसरी बढाउँन सकिन्छ त्यसबारे तालिम प्रदान गरिने छ, तालिम प्राप्त गरीसकेपछि स्वयं रोजगार गरेर आत्मनिर्भर हुन्छ सकिन्छ ।
एकल विद्यालय मार्फत देशभरी ६० हजार विद्यार्थीहरु अध्ययन गर्छन् । पर्सामा देशको पहिलो केन्द्र बन्न गईरहेको हुनाले केन्द्रको भवन निर्माणमा मातृशक्तीको आवश्यकता रहेकोले यसमा सहयोग पु¥याउँन अपिल समेत उनले गरे । उनले भने, ‘सहयोगि हात अगाडी आए पर्सामा मात्र नभई सातवटै ग्रामोत्थान रिसोर्स सेन्टर स्थापना गर्ने लक्ष्य समेत रहेको छ ।
कार्यक्रममा भुमिदाता एवं रामजानकी बगियाका अध्यक्ष रामचन्द्र सर्राफ, विभाग संघचालक अशोक बैद्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वीरगन्ज च्याप्टरका अध्यक्ष प्रदीप केडिया, जिआरसी ग्राम अध्यक्ष तेतरी माझी, उपाध्यक्ष रामचन्द्र चौधरी, कमल महतो, विश्व हिन्दु परिषदका प्रहलाद रेग्मी, जितेन्द्र कुमार सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सांस्कृति प्रस्तुतीका साथै सहभागि अतिथिलाई स्थानियले भव्य रुपमा स्वागत समेत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

महिला मृत अवस्थामा फेला, हत्या गरिएको हुन सक्ने आशंका

बैशाख ३०, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

राजस्व चुहावट मुद्दामा दोषी ठहरिएका प्रबिन्द्र साह गोढ पक्राउ

बैशाख ३०, २०८३
छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

छात्राहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेहन्दी तालिम

बैशाख ३०, २०८३
सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

सीमाक्षेत्रमा लागू औषधविरुद्ध जनचेतना अभियान

बैशाख ३०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि