Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्जमा जसपा र कांग्रेसको संयुक्त घरदैलो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १७, २०७९
वीरगञ्जमा जसपा र कांग्रेसको संयुक्त घरदैलो

वीरगञ्ज, १७ वैशाख / आगामी वैशाख ३० गते हुने सथानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनले शुक्बार वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न टोलमा मेयर, उपमेयर र वडा अध्यक्षका उम्मेदवारसहित चुनावी घरदैलो अभियान शुरु गरेको हो ।
अभियानमा जनता समाजवादी पार्टीको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेदवार इम्तियाज आलम, सङ्घीय सांसद् प्रदीप यादवलगायत जसपा र कांग्रेसका कार्यकर्ताहरुले घरघरमा मतदाताहरु भेट्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका थिए । निर्वाचन मिति नजिकिंदै गठबन्धनका साझा उम्मेदवारहरुले सुरु गरेको घरदैलोबाट वीरगञ्जको माहोल परिवर्तन भएको छ । विपक्षीहरुले गठबन्धनका साझा उम्मेदवारहरु एक ठाउँमा आउन नसक्ने भनिरहँदा आज भएको संयुक्त घरदैलोले उनीहरुको मुख बन्द भएको जसपाका नेता मुकेश द्विवेदीले बताए ।
‘वडा १६ बाट हामी गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो सुरु गरेका छौँ, मतदातहरुको घर घरमा पुगेर मत माग्न शुरु गरिसकेका छौं । हामी नेता, कार्यकर्ता मात्र होइन, मतदाता जनता पनि धेरै उत्साहित छन्,’ जसपाबाट मेयर पदका उम्मेदवार राजेशमान सिंहले भने । घरदैलो अभियानमा जसपा र कांग्रेसका नेता कार्यकर्ताहरुले मेयरमा छाता र उपमेयरमा रुख छापमा मात्र मतदान गर्न मतदाताहरुसँग आग्रह गरिरहेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका उम्मेदवार जिते मात्र वीरगञ्जमा समृद्धि आउन सक्ने बताउँदै भने, ‘एमाले मधेश विरोधी पार्टी हो । मधेशको विकासमा एमालेबाट अपेक्षा गर्न मुर्खता हुन्छ । त्यसैले पनि सबैले मिलेर गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’ सङ्घीय सांसद् प्रदीप यादवले गठबन्धनका उम्मेदवारहरुले संविधान विरोधी तत्वहरुलाई पराजित गर्ने विश्वास व्यक्त गरे । गठबन्धन जितेर आए मात्र देशमा ठोस नीति, कार्यक्रम, दिगो विकास र शान्ति कायम हुने बताए ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, पूर्व उपसभापति प्रकाश उपाध्याय, कांग्रेसका नेता श्याम पोखरेल, जसपाका नेता मुकेश द्विवेदी, प्रेमबाबु पटेल, विष्णु पटेल, जसपा वडा एकाई कमिटिका अध्यक्ष अरुण यादव लगायत जसपा र कांग्रेसका बहुमत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
स्थानीयहरुले पनि गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउने आश्वासन दिएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि