• मुस्कान श्रेष्ठ
वीरगन्ज, १४ वैशाख पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी श्रीमती जलेखा खातुनले उम्मेदवारी दर्ता गराएकी छन् । जनता समाजवादी पार्टीको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष बनाउने निर्णय गरेपछि सोमबार मुख्यमन्त्रीकी श्रीमती जलेखाले उम्मेदवारी दर्ता गराएकी हुन् ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल र हालको जसपाबाट बिस्मिल्लाह खातुनले ३ हजार १ सय ४१ मत ल्याएर उक्त पदमा विजयी भएकी थिईन् । आगामी स्थानीय तहको निर्वाचनमा भने मुख्यमन्त्री लालाबाबु राउतकी श्रीमती जलेखालाई पार्टीले उपाध्यक्षको टिकट दिने जानकारी भएपश्चात उपाध्यक्ष खातुनले जसपा परित्याग गरेकी छन् ।
जसपाबाट जगरनाथपुर गाउँपालिकाको अध्यक्ष पदमा कृष्णमोहन यादवले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस् !