Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

पछिल्लो समय वीरगंजस्थित ब्लड बैंकमा रगतको अभाव देखिँदा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तले आवश्यक रगत जुटाउन कठिनाई भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ । संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया तथा अन्य उपचारका क्रममा आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

परवानीपुर (बारा), १७ असोज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एल.एस. हस्पिटल एण्ड मेडिकल कलेजको परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा रगतको अभाव हुन नदिन तथा स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले अस्पतालले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा १३ महिलासहित ४८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

पछिल्लो समय वीरगंजस्थित ब्लड बैंकमा रगतको अभाव देखिँदा उपचारका लागि आउने बिरामी तथा उनीहरूका आफन्तले आवश्यक रगत जुटाउन कठिनाई भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ । संकलित रगतले आकस्मिक अवस्था, शल्यक्रिया तथा अन्य उपचारका क्रममा आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

रक्तदान कार्यक्रममा सहभागी अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूले नियमित रक्तदानले कसैको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनीहरूले स्वस्थ व्यक्तिले समय–समयमा रक्तदान गर्नु सामाजिक जिम्मेवारी मात्र नभई मानवीय सेवाको महत्वपूर्ण माध्यमसमेत भएको उल्लेख गरे । अस्पताल परिसरमा आयोजित कार्यक्रममा रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै ‘रक्तदान जीवनदान’ भन्ने भावनालाई व्यवहारमै उतारेका थिए । महिला रक्तदाताको उल्लेख्य सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेजले स्वास्थ्य सेवा प्रदान गर्नुका साथै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जनहितकारी तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । अस्पतालले आगामी दिनमा पनि रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा समुदायकेन्द्रित अन्य कार्यक्रमलाई निरन्तरता दिने होस्पिटलका मेडिकल डाईरेक्टर डाक्टर अर्जुन पटेलले प्रतिबद्धता व्यक्त गरेका थिए ।

अस्पतालका अनुसार यस्ता कार्यक्रमले स्वास्थ्य संस्थालाई समुदायसँग अझ नजिक जोड्नुका साथै संकटका बेला आवश्यक पर्ने रगत व्यवस्थापनमा समेत सहयोग पुर्‍याउनेछ । अस्पतालले आगामी दिनमा स्थानीय समुदाय, स्वास्थ्यकर्मी, कर्मचारी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूसँगको सहकार्यमा मानवीय सेवाका कार्यक्रमलाई थप प्रभावकारी र व्यापक बनाउँदै लैजाने डाक्टर पटेलले जनाए । रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति डाक्टर पटेलले धन्यवाद व्यक्त गरेका थिए ।

Tags: एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि