Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

लामो समयसम्म शव खोजी गर्दा पनि कुनै टुंगो नलागेपछि बाध्य भएर कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपरेको हो । मृतकका दाजु नवल शर्माका अनुसार बाढी आएको दिनदेखि नै सुबोध सम्पर्कविहीन भएका थिए । भाइको अवस्था पत्ता लगाउन परिवारले एक महिनासम्म विभिन्न ठाउँमा धाउँदा पनि कुनै जानकारी प्राप्त गर्न सकेन ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १६, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बारागढी (बारा), १६ असोज । रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका बारागढी गाउँपालिका–१, पिपरा टोलका २० वर्षीय सुबोध शर्माको शव एक महिनाभन्दा बढी समयसम्म नभेटिएपछि अन्ततः कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । बाढी आएको ३६ दिनसम्म आफ्नो छोराको शव भेटिने आशामा पर्खिएका परिवारजनले अन्ततः शव नै नभेटिएपछि शुक्रबार हिन्दू संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

स्थानीय जातीय समुदायका व्यक्तिहरूको पहलमा शर्माको ३६औँ दिनमा दाहसंस्कार गरिएको हो । परिवारका अनुसार लामो समयसम्म शव खोजी गर्दा पनि कुनै टुंगो नलागेपछि बाध्य भएर कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपरेको हो । मृतकका दाजु नवल शर्माका अनुसार बाढी आएको दिनदेखि नै सुबोध सम्पर्कविहीन भएका थिए । भाइको अवस्था पत्ता लगाउन परिवारले एक महिनासम्म विभिन्न ठाउँमा धाउँदा पनि कुनै जानकारी प्राप्त गर्न सकेन । त्यसपछि नेपाल प्रहरीले सार्वजनिक गरेको शव पहिचानसम्बन्धी वेबसाइटमा राखिएका तस्बिर हेर्दा काठमाडौंस्थित टिचिङ अस्पतालमा रहेको एउटा शव सुबोधकै हुनसक्ने परिवारले पहिचान गरेको थियो ।

तर, उक्त शवलाई यसअघि नै चार जना अन्य परिवारले आफ्ना आफन्तको शव भएको दाबी गरिसकेका कारण पहिचानमा विवाद उत्पन्न भएको थियो । त्यसपछि डीएनए परीक्षण गर्नुपर्ने अवस्था आएको नवल शर्माले बताए । नवलका अनुसार डीएनए परीक्षणका लागि उनका बुवाको रगतसमेत दिइएको तीन साताभन्दा बढी समय बितिसकेको छ, तर अहिलेसम्म परिवारले सुबोधको शव पाउन सकेको छैन ।

‘काठमाडौंस्थित टिचिङ अस्पतालमा गएर राखिएको तस्बिर हेर्दा हामीले आफ्नो भाइको शव पहिचान गरेका थियौँ । तर, त्यही शवलाई चार जना अन्य परिवारले पनि आफ्नो आफन्त भएको दाबी गरेका रहेछन् । त्यसपछि डीएनए परीक्षण गर्न भनियो । बुवाको रगतसमेत परीक्षणका लागि दिएको तीन हप्ताभन्दा बढी भइसक्यो, तर अहिलेसम्म शव पाएका छैनौँ,’ नवलले भने ।

उनका अनुसार शव पाउने आशमा परिवारले एक महिनासम्म विभिन्न निकाय धाउँदै आएको थियो । तर, शवको पहिचान र हस्तान्तरणको प्रक्रिया टुंगिन नसकेपछि अन्ततः ३६औँ दिनमा कुशको शव बनाएर दाहसंस्कार गर्नुपरेको हो ।

डीएनए रिपोर्टको प्रतीक्षामा भरतपुरमा शव
बाढीमा बेपत्ता भएर आएकाहरुको शवलाई उद्दार गरि भरतपुर स्थित सरकारको पहलमा आधुनिक तरिकाबाट गाडेर राखिएको छ । सोही शवहरुमा बेपत्ता सुबोधको शव पनि राखिएको परिवारले जनाएको छ । तर, डीएनए परीक्षण पूरा नभएकै कारण उक्त शव परिवारको जिम्मा लगाइएको छैन । दाजु नवल शर्मा शव बुझ्न भरतपुर पुगेका थिए । तर, भरतपुरस्थित जिल्ला प्रशासन कार्यालयले डीएनए परीक्षणको रिपोर्ट भेरिफाइ भएर आएपछि मात्रै शव परिवारलाई जिम्मा लगाउने जानकारी दिएपछि उनीहरू शव नलिई घर फर्किन बाध्य भएका थिए ।

शव पाउने निश्चितता नभए पनि धार्मिक संस्कार रोकिराख्न नसकिने भएपछि परिवारले शुक्रबार कुशको शव बनाएर सुबोधको अन्तिम संस्कार गरेको हो । शुक्रबार दाहसंस्कार गरिएकाले त्यसै दिनदेखि गणना गरी १३औँ दिनमा काजकिरिया गरिने परिवारले जनाएको छ ।

रोजगारीका लागि रसुवा पुगेका थिए सुबोध
सुबोध शर्मा रोजगारीका सिलसिलामा तीन महिनाअघि मात्रै रसुवा पुगेका थिए । उनी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडअन्तर्गत सञ्चालित सेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालिमा टायल–मार्बलको काम गर्दै आएका थिए । तर, गत भदौ १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीपछि उनी एकाएक सम्पर्कविहीन भए ।

त्यसयता परिवारले उनको खोजी जारी राख्यो । शव भेटिएला र अन्तिमपटक छोराको मुख हेर्न पाइएला भन्ने आशामा परिवार एक महिनाभन्दा बढी समयसम्म पर्खिरह्यो । तर, शवको पहिचानसम्बन्धी प्रक्रिया, डीएनए परीक्षण र प्रशासनिक प्रक्रियाका कारण परिवारले अझै सुबोधको शव हात पार्न सकेको छैन । अन्ततः शवविहीन अवस्थामै ३६औँ दिनमा कुशको शव बनाएर अन्तिम संस्कार गर्नुपरेको घटनाले बाढीमा आफन्त गुमाएका परिवारले भोगिरहेको पीडा र शव पहिचान तथा हस्तान्तरण प्रक्रियाको जटिलता थप उजागर गरेको छ ।

Tags: शवको पर्खाइमा ३६ दिन पछि कुशको शव बनाएर दाहसंस्कार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि