Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मिस नेपाल – २०२२’ काठमाडौैंमा यही असार ४ गते हुने, सातै प्रदेशबाट प्रतियोगी छनौट गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १२, २०७९
‘मिस नेपाल – २०२२’ काठमाडौैंमा यही असार ४ गते हुने, सातै प्रदेशबाट प्रतियोगी छनौट गरिने

• हरिशंकर शर्मा
वीरगन्ज, १२ वैशाख / ‘मिस नेपाल – २०२२’ यही असार ४ गते काठमाडौंमा हुने भएको छ । द हिडन ट्रेजरको आयोजनामा यही असार ४ गते ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने भएको बताइएको छ । वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले नेपाल पेजेन्ट २०२२ को लागि आवेदन खुल्ला गरिएको बताए । दुई वर्षको महामारीले यहाँ सौन्दर्य प्रतियोगिता संचालन गर्ने धेरै चुनौतिहरु आए, नेपालमा मात्रै नभई यसको अवसर विश्वभरि रह्यो, जसको कारण कुनै देशले पेजेन्ट स्थगित गर्यो भने कुनै देशले रद्द नै गरे तर द हिडन ट्रेजरले कोभिडका नियमहरु सबै पालना गर्दै मिस नेपाल पेजेन्ट २०२० गर्न सफल रह्यो जसमा मिस नेपाल वल्र्डको ताज नम्रता श्रेष्ठले हात पार्न सफल भइन् ।
त्यसै गरि सन् २०२१ मा मिस नेपाल हुन सकेन, र यसैक्रममा यस वर्ष मिस नेपालको पेजेन्टलाई अझै फराकिलो बनाउनका लागि ७ वटै प्रदेशमै अडिसन शुरु गरिएको छ । नेपालका सबै भुभागबाट मिस नेपालमा प्रतिनिधिले सहभागी जनाउन पाओस् भन्ने उद्देश्य सहित यही वैशाख ९ गतेदेखि पोखरा, वीरगन्ज, धरान, धनगढी, नेपालगन्ज, सुर्खेत तथा काठमाडौंमा अडिशन खुल्ला गरिएको अध्यक्ष कर्णिकारले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशको पोखरामा यही वैशाख ११ गते अडिशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको वीरगन्जमा यही वैशाख १४ गते बुधबार होटल भिस्वामा हुनेछ भने लुम्बिनी प्रदेशको नेपालगन्जमा वैशाख २१ गते अडिशन हुने बताए । यसैगरि कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २१ गते नै अडिशन हुनेछ भने सुदुरपश्चिम प्रदेशको धनगढीमा वैशाख २४ गते अडिशन हुने भएको अध्यक्ष कर्णिकारको भनाई छ ।
यसैगरि प्रदेश १ को धरानमा वैशाख २६ गते अडिशन हुनेछ भने बागमती प्रदेशको काठमाडौंमा जेष्ठ ३ गते अडिशन हुने र अडिशनबाट छनौट गरिएको प्रतियोगीहरुलाई नेपालका उत्कृष्ट प्रशिक्षकहरुबाट एक महिनाको लामो विभिन्न विद्याका तालिमहरु दिई प्रतियोगितामा सहभागी गराइने अध्यक्ष कर्णिकारको भनाई छ । उनका अनुसार यस वर्षको मिस नेपाल फाइनल पहिलो पटक झण्डै ३ हजार क्षमताको हलमा सम्पन्न हुनेछ भने प्रतियोगीको उचाई ५ फिट ४ इन्चबाट घटाएर ५ फिट ३ इन्च उचाईको मापदण्ड बनाइएको बताए । साथै यसै वर्षदेखि प्रतियोगीको उमेर १८ वर्षदेखि २७ वर्षसम्म कायम गरिएको छ । यो वर्षको पेजेन्टमा मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशनल गरि तीन वटा मुख्य टाइटल रहनेछ भने मिस ‘सुप्रानेशनल’ को फ्रेन्चाइजलाई भने निरन्तरता नदिइएको अध्यक्ष कर्णिकारले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

धान दिवस तामझामका साथ मनाइयो तर रौतहटका अधिकांश खेत बाँझै, रोपाइँ १० प्रतिशतमा सीमित

असार १५, २०८३
पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

पार्किङ गरिएको ई–रिक्सा अचानक चल्दा बालकको मृत्यु

असार १५, २०८३
अदालतले निकास दिए वीरगन्जको मेनरोड ५० मिटर फराकिलो बनाइन्छ : मेयर सिंह

अख्तियारको कारवाही रोक्न माग गर्दै वीरगंजका निलम्बित मेयर सर्वोच्च अदालतमा

असार १५, २०८३
जबरजस्ती गर्भ तुहाउन खोज्दा बलात्कारको घटना सार्वजनिक

बन्धक बनाइएकी भारतीय युवतीको सकुशल उद्दार

असार १५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि