Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगन्ज महानगर मेयरमा १८ जनाको उम्मेदवारी, पत्रकार गिरी सहित निवर्तमान मेयर पनि !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १२, २०७९
वीरगन्ज महानगर मेयरमा १८ जनाको उम्मेदवारी,  पत्रकार गिरी सहित निवर्तमान मेयर पनि !

• हरिशंकर शर्मा
वीरगन्ज, १२ वैशाख / वैशाख ३० हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ । वीरगन्ज महानगरपालिका लगायत पर्सा जिल्लाभरिका १४ वटै पालिकाहरुमा उत्साहजनक रुपमा उम्मेदवारहरुले आआफ्नो उम्मेदवारी दर्ता गराई रहेका छन् । मनोनयन दर्ताको पहिलो दिन वैशाख ११ गते न्यून उम्मेदवारी दर्ता भएकोमा अन्तिम दिन वैशाख १२ गते रातिको अबेर ८ बजेसम्म अधिकाँश पालिकाहरुमा उम्मेदवारी दर्ता कार्य भइरहेको बताइएको छ । मनोनयन दर्ता गराउन ५ बजेभित्र सम्बन्धित निर्वाचन कार्यालय प्रवेश गरिसकेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले पनि रातिको अबेरसम्म उम्मेदवारी दर्ता कार्य भइरहेको सम्बन्धित पालिकाका निर्वाचन अधिकारीहरुले जानकारी गराएका छन् ।
उम्मेदवारी दर्ताको क्रममा वीरगन्ज महानगरमा हालसम्म मेयर पदमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने
उपमेयर पदमा ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । भर्खरै करिब डेढ महिना अघि संघीय समाजवादी पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका निवर्तमान मेयर विजय सरावगी पुनः मेयरमै उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट मेयरमा निर्वाचित सरावगी यही २०७८ फागुन २८ गते जसपा त्यागेर एमालेमा प्रवेश गरि नेकपा एमाले पार्टीबाट पुनः मेयर पदमा उम्मेदवारी दिएका छन् । वीरगन्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी तालमेल गरिएपछि नेकपा एमालेका भागमा मेयर पदको भाग परेकोले उक्त पार्टीबाट सरावगी मेयरमा उम्मेदवारी दिएका छन् ।
वीरगन्जलाई एउटा ट्रयाकमा ल्याएका छौं, तर यसलाई राम्रोसँग गाडी दौडाउने हिसाबले विकास गर्नका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । उनले आईसिपि नजिकको जग्गामा ल्याण्डपोल बनाउने, सिर्सिया नदीलाई कोरिडोर बनाउने योजना लगायत थुप्रै विकासका पुर्वाधारहरुलाई विकास गर्नका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । विशेष गरि ग्रामीण भेगलाई विकासको निम्ति, ग्रामीण भेगबाट सहर पलायन हुने अवस्थालाई अन्त्य गर्न, त्यही ग्रामीण भेगमै रोजगारीको व्यवस्था गर्न लगायत थुप्रै विकासलाई अगाडि बढाउन आफूले एजेण्डा लिएर उम्मेदवारी दर्ता गराएको बताए ।


त्यसैगरि सत्ता गठबन्धनबाट जसपाबाट राजेशमान सिंहले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका सिंहले तेस्रो स्थानको मत ल्याएका थिए । उनी डेढ महिना पहिले मात्रै लोसपा त्यागेर जसपामा प्रवेश गरेका हुन् । उनको उम्मेदवारी दर्ता गराउन जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्साका सांसद प्रदीप यादवका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै राप्रपाबाट पत्रकार गिरिश गिरीले पनि मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । वीरगन्जका पूर्वमेयर स्वर्गीय गोपाल गिरीका छोरा गिरिश गिरी बुवाको अधुरो सपना एवं आफूले कल्पना गरेको वीरगन्जलाई विकास गर्नका निम्ति आफूले उम्मेदवारी दिएको बताएका छन् । मेरो पुर्खाहरुले वीरगन्जको सेवामै रहेर बलिदानी दिए, उहाँहरुको सेवाको निम्ति आफूले यहाँ उभिएको बताउँदै गिरीले आफ्नो पुर्खाले उठाएको कदम जहाँको त्यही रहेकोले त्यसलाई निरन्तरता दिनको लागि आफ्नो उम्मेदवारी रहेको बताए । वीरगन्जमा केही विकास जसो तसो त भयो तर गोपाल गिरीले देखेका सपनाहरु शिक्षा, स्वास्थ्य लगायतको कुराहरु यथावत अवस्थामै रहेकोले ति सपनाहरुलाई पुरा गर्नका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए ।
त्यस्तै महानगरको मेयरमा नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीले पनि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्रबाट मेयर पदमा प्रभात सिंह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सन्जिव कुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह र राजेश सिंहले पनि उम्मेदवारी दिएका छन् ।
यसैगरि उपमेयरमा २ जना स्वतन्त्र सहित ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन् भने सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दिएका छन् । महानगरको उपमेयरमै राप्रपाका तर्फबाट बिना देवीले उम्मेदवारी दर्ता गराएकी छिन् भने लोसपाकी नेतृ रम्भा मिश्रले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन् । एमाले र लोसपाबीच भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै लोसपाकी नेतृ रम्भा मिश्राले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।


यसैगरि पकहामैनपुर गाउँपालिकामा १ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत एवं उप सचिव कृष्ण प्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार अध्यक्षमा ९ जना, उपाध्यक्षमा ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ भने वडाध्यक्षमा ३४ जनाको उम्मेदवारी दर्ता भएको छ भने खुल्ला सदस्यमा ६१ जनाको उम्मेदवारी दर्ता गरिएको बताए । त्यसैगरि महिला सदस्यमा २९ जनाको उम्मेदवारी दर्ता भएको छ भने दलित महिला सदस्यमा ३२ जना गरि १ सय ६६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत देवकोटाले जानकारी दिए ।
यसैगरि पर्सागढी नगरपालिकामा १ सय ५० जनाको हाराहारीमा उम्मेदवारी दर्ता भएको छ भने अहिलेपनि उम्मेदवारी दर्ता कार्य चलि रहेको निर्वाचन अधिकृत एवं उपरजिष्टार केशव प्रसाद पौडेलले जानकारी दिए । त्यसरी नै छिपहरमाई गाउँपालिका, पोखरीया नगरपालिका, बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका, धोबिनी गाउँपालिका, जिराभवानी गाउँपालिका, पटेर्वासुगौली गाउँपालिका, विन्दवासिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका लगायतका पालिकाहरुमा उम्मेदवारी दर्ताको कार्य भइरहेको बताइएको छ । पहिलो दिन उम्मेदवारी दर्ता गराउन नआएको उम्मेदवारहरु दोश्रो दिन ५ बजेअघि धेरै उम्मेदवारहरु निर्वाचन कार्यालय हाताभित्र प्रवेश गरिसकेको हुनाले ति सबैको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले रातिको अबेरसम्म उम्मेदवारी दर्ता भइरहेको बताइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि