Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

उम्मेदवारी दर्ताको पहिलो दिन स्वतन्त्र उम्मेदवार बढि, छिपहरमाई गाउँपालिकामा उम्मेदवारी शुन्य

सताधारी सहित ठुला पार्टीका उम्मेदवारको उम्मेदवारी दर्ता गराएनन्, ठोरी गाउँपालिकामा १ जनाको मात्रै उम्मेदवारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०७९
उम्मेदवारी दर्ताको पहिलो दिन स्वतन्त्र उम्मेदवार बढि, छिपहरमाई गाउँपालिकामा उम्मेदवारी शुन्य

• हरिशंकर शर्मा
वीरगन्ज, ११ वैशाख / आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनय दर्ताको पहिलो वीरगन्ज पर्सा जिल्लाभरिमा न्यून उम्मेदवारी दर्ता भएको छ । जनप्रतिनिधि निर्वाचनको लागि उम्मेदवारी दर्ता गराउने पहिलो दिन वीरगन्ज महानगरमा ७७ जनाको उम्मेदवारी दर्ता भएको छ ।
जसमा मेयरमा १२ जनाले उम्मेदवारी दर्ता गराउका छन् भने उपमेयरमा पहिलो दिनसम्म उम्मेदवारी दर्ता शुन्य रहेको छ । त्यसैगरि वडाध्यक्षमा २० जना, दलित महिला सदस्मा ६ जना, महिला सदस्यमा १० जना तथा खुल्ला सदस्यमा २९ जना जना मनोनयन दर्ता गराएको वीरगन्ज महानगर निर्वाचन अधिकृत जयप्रसाद काफ्लेले जानकारी दिए ।
यसैगरि बहुदरमाई नगरपालिकामा मनोनयन दर्ताको पहिलो दिन ३ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उक्त पालिकामा कुनै दलबाट नभई स्वतन्त्रमा ३ जनाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपरजिष्टार कैलाश प्रसाद भट्टराईले जानकारी दिए । यसरी नै पर्सागढी नगरपालिकामा एक जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनको लागि पालिकाको वडा नं. ४ को वडाध्यक्षमा १ जना स्वतन्त्र व्यक्तिले मात्रै उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत एवं उपरजिष्टार केशव प्रसाद पौडेलले जानकारी दिए ।
पोखरीया नगरपालिकामा ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मेयरमा ३ जना उम्मेदवारी दर्ता गराएका छन्, जसमा २ जना पार्टीबाट र १ जना स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा स्वतन्त्र १ जना पार्टीबाट १ जना गरि २ जना उम्मेवारी दर्ता गराएका छन् । यसरी नै वडाध्यक्षमा ७ जना उम्मेवदारी दर्ता गराएका छन्, जुन सबै सुशासन पार्टीका उम्मेदवारहरु छन् भने वडा नं. ९ मा २ जना सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिवक्ता पद्म बहादुर कार्कीले जानकारी दिए ।
छिपहरमाई गाउँपालिकामा उम्मेदवारी दर्ता शुन्य रह्यो । विहान १० बजेदेखि साँझ ५ बजेसम्म कर्मचारीहरुले उम्मेदवारी दर्ता गर्नका लागि बसेपनि कुनै दल वा स्ततन्त्र तर्फ कसैले पनि उम्मेदवारी दर्ता गराउन नआएको निर्वाचन अधिकृत एवं इजलाश अधिकृत मुकुन्द निरौलाले जानकारी दिए । यसरी नै धोबिनी गाउँपालिकामा ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन्, जसमा सबैजना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा उपाध्यक्षमा १ जना, वडाध्यक्षमा १ जना तथा वडा सदस्यमा २ जना गरि ४ जनाले मात्रै उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपन्यायधिवक्ता कैलाश दहालले जानकारी दिए ।


त्यसैगरि जिराभवानी गाउँपालिकामा ९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । जसमा गाउँपालिकाको प्रमुख, उपप्रमुख लगायतका पदमा कसैले उम्मेदवारी दर्ता गराएका छैनन् भने वडाध्यक्षमा २ जना तथा वडासदस्य ७ जना गरि ९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं उपसचिव झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार वडा नं. १ मा वडाध्यक्षमा १ जना तथा वडासदस्यमा ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडा नं. ३ मा वडाध्यक्ष १ जना तथा वडासदस्य ३ जनाले उम्मेदवारी दर्ता गराएको बताए ।
यसैगरि ठोरी गाउँपालिकामा १ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । पालिकामा अध्यक्ष पदको लागि पार्टीबाट अध्यक्षमा पदमा १ जनाको उम्मेदवारी मात्रै दर्ता भएको निर्वाचन अधिकृत एवं निर्देशक शिवराज न्यौपानेले जानकारी दिए ।
विन्दवासिनी गाउँपालिकामा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा १ जना, उपाध्यक्षमा २ जना, वडाध्यक्षमा ५ जना तथा वडासदस्यसमा २० जना गरि २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् जसमा २७ जना एउटै पार्टी (लोकतान्त्रिक समाजवादी पार्टी) का छन् भने १ जना उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं श्रेस्तेदार अरुण कुमार कोइरालाले जानकारी दिए ।
त्यसैगरि जगरनाथपुर गाउँपालिकामा ५० जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा मेयरमा ३ जना, उपमेयर ३ जना, वडाध्यक्षमा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सदस्यमा ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ४ जना सदस्य पदमा स्वतन्त्र उम्मेदवार छन् भने बाँकी सबै जनमत पार्टी र जसपा पार्टीका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत एवं रजिष्टार चिन्तामणी शर्माले जानकारी दिए ।
यसैगरि कालिकामाई गाउँपालिकामा २५ जनासम्मको उम्मेदवारी दर्ता भइसकेको छ भने बाँकीको दर्ता भइरहेको निर्वाचन अधिकृत एवं उपन्यायधिवक्ता प्रकाश कोइरालाले जानकारी दिए । त्यसैगरि पकहामैनपुर गाउँपालिकामा पनि उम्मेदवारी दर्ता कार्य चलि रहेको निर्वाचन अधिकृत एवं उपसचिव कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।
यसरी उम्मेदवारी दर्ताको पहिलो दिन पार्टीका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएको देखिन्छ । सत्ताधारी पार्टी नेपाली काँग्रेस, विपक्षी पार्टी नेकपा एमाले पार्टीको उम्मेदवारी दर्ता अवस्था शुन्य रहेको छ भने समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका पार्टीका उम्मेदवारी अवस्था न्यून रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि