Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पार्टी कार्यालयमा तोडफोड भएपछि साधारण सदस्य नरहनेगरि अन्सारी निष्काशित

झुठा आरोप लगाई भ्रम फिजाउने कार्यप्रति महानगर अध्यक्ष अन्सारीको गम्भिर ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३०, २०७८
पार्टी कार्यालयमा तोडफोड भएपछि साधारण सदस्य नरहनेगरि अन्सारी निष्काशित

• हरिशंकर शर्मा
वीरगन्ज, ३० चैत / नेकपा माओवादी केन्द्र पर्साले आफ्नै पार्टीका वीरगन्ज महानगर कमिटि अध्यक्ष रहबर अन्सारीलाई पार्टीको सधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ । वीरगन्ज स्थित पार्टी कार्यालयमा बुधबार भएको तोडफोड घटनामा संलग्न रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समिन्वय समिति पर्साले महानगर अध्यक्ष अन्सारी सहित उपाध्यक्षद्वय अनुरुद्ध यादव र जुम्मादिन अन्सारीलाई पनि पार्टीबाट निष्काशन गरेको हो ।
नेकपा माओवादी केन्द्रले बुधबार नै विज्ञप्ति जारी गरि तीनैजनालाई पार्टीबाट निष्काशन गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति पर्साका संयोजक रामदरश कुशवाहा एवं इन्चार्ज विजय महतोद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा महानगर अध्यक्ष अन्सारी, उपाध्यक्षद्वय यादव र अन्सारीलाई पार्टीको साधरण सदस्य नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।
महानगर अध्यक्ष अन्सारी लगायतको समूहले देशी–विदेशी प्रतिक्रियावादीहरुको इशारामा पार्टी कार्यालयमा तोडफोड गरि जिल्ला इन्चार्ज र संयोजकलाई तथानाम गाली गलौज गरी पार्टीलाई बदनाम गराएको विज्ञप्तिमा उल्लेख छ । स्थानीय निर्वाचनमा समेत पार्टीलाई हानी पु¥याउने गरी गुण्डागर्दी र अराजक गतिविधि गर्ने र गराउने अन्सारीसहितका नेताहरुलाई पार्टीबाट निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।


वीरगन्जको राधेमाई स्थित माओवादीको पार्टी कार्यालयमा बुधबार दिउँसो असन्तुष्ट नेता कार्यकर्ताहरुको एक समूहले तोडफोड गरेका थिए । जिल्ला नेतृत्वबाट असन्तुष्ट अखिल क्रान्तिकारीका मधेस प्रदेश प्रमुख सचिव जुवेर आलम, माओवादी केन्द्रका वीरगन्ज महानगर उपाध्यक्षद्वय अनिरुद्ध यादव र जुमादीन अन्सारी, वडा कमिटी अध्यक्ष हीरा अन्सारी, छोटेलाल कुर्मी लगायतको समूहले पार्टी कार्यालयमा तोडफोड गरेको जिल्ला इन्चार्ज विजय महतोको आरोप छ । स्थानीय तह निर्वाचनका लागि पार्टीले गठन गरेको जिल्ला समन्वय समितिको गतिविधि प्रति असन्तुष्टि जनाउँदै पार्टी कार्यालयमा ज्ञापनपत्र पत्र बुझाउन गएका नेता तथा कार्यकर्ताहरुको समूहले विवाद भएपछि तोडफोड गरेका थिए ।
तोडफोडबाट पार्टी कार्यलयमा रहेको टेबल, कुर्सी, सोफा लगायतका सामानहरुमा क्षति भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट वीरगन्ज महानगरको मेयरका आंकाक्षी थिए अन्सारी । उनी २०७४ को निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका थिए ।
यसैगरि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीले आफूमाथि झुठा आरोप लगाएको बताएका छन् । अन्सारीले विज्ञप्ति जारी गरि जिल्ला कार्यालयमा भएको तोडफोड एवं जिल्ला नेतृत्वलाई गाली गलौंज गरेको भन्ने आफूमाथि लागेको आरोपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । उनले जारी गरेको विज्ञप्तिमा आफू लगायत उपाध्यक्षद्वय अनिरुद्ध यादव र जुमाद्दिन अन्सारीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्काशन गरेको भ्रम फिजाउने जिल्ला इन्चार्ज विजय महतो र रामदरस कुशवाहाद्वारा हस्ताक्षर गरि जारी गरि पार्टीको लेटरप्याडको दुरुपयोग गरि निकालिएको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।


विज्ञप्तिमा झुठा र कपोकल्पित भ्रामक आरोप सहितको विज्ञप्ति आफैमा पुर्वाग्राही छ । यस्तो खाले गतिविधि आफैमा सांगठनिक अराजकताको प्रमाण पनि हो । महानगर पार्टी अध्यक्ष र पदाधिकारीलाई आवश्यक पर्दा कारवाही गर्ने अधिकार पार्टीको प्रदेश समितिको सिफारिसमा केन्द्रिय समितिलाई मात्र छ, तसर्थ यस्तो खालको गैर राजनीतिक हर्कतबाट विचलित नहुन सिंगो महानगर समिति, पार्टीका सदस्यहरु, समर्थक र शुभचिन्तकहरुमा हार्दिक अनुरोध समेत गरिएको उल्लेख छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि