Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाईमा कांग्रेसबाट गापा अध्यक्ष र उपाध्यक्ष भन्दा वडाध्यक्षको आकांक्षी धेरै

कांग्रेसबाट कालिकामाईको अध्यक्षमा पटेल र उपाध्यक्षमा साह चुनाव लडने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २७, २०७८
कालिकामाईमा कांग्रेसबाट गापा अध्यक्ष र उपाध्यक्ष भन्दा वडाध्यक्षको आकांक्षी धेरै

वीरगन्ज, २७ चैत / नेपाली कांग्रेसबाट पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा अजय पटेल र उपाध्यक्षमा कुन्ती देवी साह चुनाव लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार अजय स्व. नेता राजेन्द्र प्रसाद कुर्मीका छोरा हुन् भने उपाध्यक्षकी उम्मेदवार कुन्ती कांग्रेस कालिकामाई गाउँपालिका सभापति छठु साहकी श्रीमती हुन् । गत बर्षको निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अजयका बुवा स्व. राजेन्द्र र उपाध्यक्षमा कुन्ती नै चुनाव लडेका थिए ।नेताहरुका अनुसार कालिकामाई गाउँपालिका अध्यक्षमा अजय र उपाध्यक्षमा कुन्तीले टिकट पाउने छन् ।
केही व्यक्तिहरुले जसपाबाट गाउँपालिका उपाध्यक्षको टिकट पाउने नसकेका एक ब्यक्तिलाई कांग्रेसमा ल्याएर टिकट दिलाउने योजनाबद्ध तरिकाले कसरत गरिरहे पनि त्यो सम्भव नहुने नेतारुले वताएका छन् । यस अघि पनि गाउँपालिका अध्यक्षको टिकट अन्य एक व्यक्तिलाई पार्टीमा ल्याएर दिलाउने प्रयास गरेपनि त्यो प्रयास असफल भएको थियो । अहिले आएर त्यो व्यक्तिलाई कुनै पार्टीले टिकट दिने नभएपछि स्वतन्त्र भएपनि वडाध्यक्षमा चुनाव लडने तयारी गरिरहेका छन् ।
यसैगरी कालिकामाई गाउँपालिकाको वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्षका उम्मेदवार संजय साह गोढ र वडा नं. ५ बिरन्चीबर्वाका वडाध्यक्षका उम्देवार माधो चौहान हुने टुंगो लागे पनि अन्य वडाको लाग्न सकेको छैन् । बैशाख ३० गते हुने निर्वाचनको मनोनयन दर्ता १४ दिन मात्र बाकी रहदा पनि सबभन्दा बढी वडा नं. १ मुडलीमा वडाध्यक्षको आकांक्षी धेरै भएका कारण उम्मेदवार छनौट गर्न सकस देखिएको छ । वडा नं. १ का वडाध्यक्षका उम्मेदवारका आकांक्षी कार्यवाहक वडाध्यक्ष रामशिष यादव, रजाक मियाँ, रामविश्वास चौहान, नेजामुदिन मियाँ, महन्थ पटेल, प्रभु साह र कमल पटेल रहेका छन् ।
त्यसैगरी वडा नं. २ मा वडाध्यक्षका उम्मेदवार हुने आकांक्षीमा रामराज चौरसिया, मोनहर साह र अर्जुन राम रहेका छन् । वडाध्यक्षका उम्मेदवारका आकांक्षी मध्येका मोनहर गत बर्षको निर्वाचनमा कांग्रेसबाटै वडाध्यक्षमा चुनाव लडेका स्व. रामाधार साह तेलीका छोरा हुन् । यसैगरी वडा नं. ३ को वडाध्यक्षका उम्मेदवारका आकांक्षी रामबहादुर साह गोढ, रामशिष चौरसिया र फरिन्द्र पटेल रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि