Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा अब निर्णायक आन्दोलन हुन्छ : अध्यक्ष ठाकुर

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २०, २०७८
मधेशमा अब निर्णायक आन्दोलन हुन्छ : अध्यक्ष ठाकुर

    ● हरिशंकर शर्मा
वीरगन्ज / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशमा अब निर्णायक आन्दोलन हुने बताएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगन्जमा निकालेको ‘स्वभिमान यात्रा’ ¥याली पश्चात आयोजित स्वाभिमान सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीमाथि शासकहरुले अहिलेपनि गरि रहेको विभेदलाई अन्त्य गर्न अब मधेशमा निर्णायक आन्दोलन हुने बताए ।
उनले मधेशीहरुको हक अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दै आएको मधेशीहरुमाथि शासकहरुले बदलाको भावनाले मुद्दा चलाएको आरोप लगाउँदै मधेसीमाथि शासकले अहिले पनि सामाजिक, कानुनी र आर्थिक विभेद् गरिरहेका कारण मधेस आन्दोलन र विद्रोह अहिले पनि जारी रहेको बताए । मधेसको मुद्दा सम्बोधन नभएसम्म मधेस विद्रोह र आन्दोलन निरन्तर चलिरहने भन्दै अध्यक्ष ठाकुरले मधेस २२ जिल्लाको भएपनि शासकले मधेसलाई आठ जिल्लामा सीमित पारेर मधेसमै मधेसीलाई अल्पमत पार्न खोजेको बताए ।
यसैगरि सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता राजेन्द्र महतोले मधेशीहरुको बाँकी अधिकारको लागि निर्णायक आन्दोलन हुने बताए । उनले मधेसको अधिकार र मागका लागि मधेसी अहिलेपनि संघर्षरत रहेको भन्दै मधेसले आंशिक रुपमा मात्रै आफ्नो अधिकार पाएकोले बाँकी अधिकार प्राप्तिका लागि छिट्टै अर्को मधेस आन्दोलन सुरु हुनेछ र त्यो नै निर्णायक आन्दोलन हुने बताए ।


मधेश आन्दोलनमा वीरगन्जको बलिदान उल्लेख्य रहेको स्मरण गराउँदै नेता महतोले हाम्रो लक्ष्य अधिकार प्राप्तिको लागि आन्दोलन हो र यसमा हामी अडिग रहनुपर्ने बताए । मधेशको मुखौटा लगाएर मधेशीहरुमाथि नै बेइमानी गर्नेहरुलाई मधेशीहरुले पहिचान गरिसकेको भन्दै नेता महतोले २०७२ सालमा मधेसीको छातीमा गोली चलाएर संविधानसभाबाट संविधान जारी गरिएको घटना मधेसी जनताले अहिले पनि नबिर्सिएको र त्यसको बदलमा आगामी चुनावमा लिने बताए ।
हाम्रो मुख्य माग ‘मधेश थरुहट’ प्रदेश थियो, र त्यो पुरा भए वीरगन्ज नै राजधानी हुनेथियो, त्यो हामी सबैलाई थाहा थियो तर त्यो माग पुरा भएन, अनि वीरगन्ज राजधानी कसरी बन्ने भन्दै नेता महतोले बेइमान शासकहरुहरुले वीरगन्जदेखि सप्तरीसम्म ८ जिल्लामा मात्र मधेशलाई सीमित राखिदिएको आरोप लगाए ।
यसैगरि अर्का नेता अनिल झाले मधेसी जनताको भोट लिएर सत्ताको स्वाद चाखिरहेको जसपा अब मधेसी दल नरहेको बताए । उनले मधेसको अधिकार र मधेसको मुद्दा बोकेर अहिलेपनि संघर्ष गरिरहेकाले लोसपा नै अब एकमात्र मधेसी दल रहेको जिकिर गरे । लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा आयोजित सभालाई लोसपा नेता लक्ष्मणलाल कर्ण, शशीकपुर मिया, प्रहलाद गिरीलगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए ।
लोसपाले स्वाभिमान सभाअघि ‘स्वाभिमान यात्रा’ ¥याली समेत निकालेको थियो । वीरगन्ज स्थित चिनीमिल आवास क्षेत्रबाट निकालिएको ¥याली नगर परिक्रमा गर्दै नगरसभागृह (टाउनहल) मा पुगेर स्वाभिमान सभामा परिणत भएको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

कतारमा १२ घण्टा श्रम गरेका मुस्लिम मियाँ अहिले गाउँमै व्यवसायी

अशोज १४, २०८३
बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

बीपी पार्क यही वर्षभित्र सञ्चालनमा ल्याउने मेयर सिंहको घोषणा

अशोज १४, २०८३
बाली लगाउने बेला मल छैन, सिजन सकेपछि सरकारले खरिद गरेको मल नेपाल आइपुग्यो

मलको ओइरोले भरिए वीरगंजका गोदाम, थप भण्डारणका लागि गोदाम भाडामा

अशोज १४, २०८३
आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

आशाराम अस्पतालका कर्मचारीको पारिश्रमिक रोकियो, व्यवस्थापनविरुद्ध आन्दोलन

अशोज १४, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि