Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दु नवबर्ष एवं संघका संस्थापक डा. हेडगेवारको जन्मजयन्ती वीरगन्जमा मनाईयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २०, २०७८
हिन्दु नवबर्ष एवं संघका संस्थापक डा. हेडगेवारको जन्मजयन्ती वीरगन्जमा मनाईयो

वीरगंज / हिन्दु स्वयंसेवक संघ पर्साले हिन्दु नवबर्ष ५१२४ तथा राष्ट्रिय स्वयंसेवक संघका संस्थापक आध सरसंघचालक परमपुजनीय डा. केशवराव बलिराम हेडगेवारको जन्मजयन्ती वीरगन्जमा धुमधामका साथ मनाएको छ । शनिबार वीरगन्जको आर्दशनगर स्थित पुरानो बर्षपार्कमा संघले हिन्दु स्वयंसेवक सम्मेलन तथा पथसंचालन (मार्चपास) निकालेर हिन्दु नवबर्ष एवं संघका संस्थापक परमपुजनीय डा. हेडगेवारको जन्मजयन्ती धुमधामको साथ मनाईएको हो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुख्यवक्ता राष्ट्रिय स्वयंसेवक संंघका माननिय विभाग संघचालक राजकिशोर सिंहले संघका आध सरसंघचालक डा. हेडगेवारले हिन्दुलाई संगठित बनाउँन पु¥याउँनु भएको योगदानको बारेमा चर्चा गर्दै, आजको परिस्थितीमा धर्म संस्कृति प्रति मोह भंग भएका कारण हिन्दुसमाज पतनको कागारमा पुगेको बताए ।


हामीले आफनो धर्म संस्कृति र सभ्यतालाई विर्सने काम कसैले पनि गर्नुहुदैन, उनले भने, ‘जुन व्यक्तिले आफनो धर्म संस्कृति र सभ्यतालाई विर्सने काम गर्छ निश्चित रुपमा एक दिन उसको पंतन हुन्छ ।’ नेपाल अनादीकाल देखि हिन्दु राष्ट्र थियो । राजनितिक व्यवस्था परिर्वतन संगै केहि राजनितिक दलका नेताहरु विदेशीबाट प्रभावित भएर नेपालमा धर्म निरपेक्षता लाद्ने काम गरेको उनको आरोप छ ।
हाम्रै समुदायका व्यक्तिहरुले आफनो धर्म संस्कृति, सभ्यतालाई विर्सेर केहि बर्गलाई खुसी पारेर समाजलाई सवल बनाउँन खोजेका छन, तर त्यस्तो कहिले पनि हुन सक्दैन । उनले भने, हामी ‘ वसुदेव कुटुम्भ’ को कुरा गर्र्छौ । कुनै एक वर्गको कुरा गर्दैनौ, सर्वे भवन्तु सर्वे सुखिन, सवै सुखि हुन र विश्वको कल्याण होस् भन्ने हिन्दुधर्मले चाहेको छ, तर हिन्दु संगठित नहुँदा यसको अरुले फाईदा उठाएका छन, उनले भने ।
संघको स्थापना भएको सौं बर्ष पुरा हुने वाला छ, हिन्दु संगठित भएर संघको कार्यलाई गति प्रदान गर्नुपर्छ होईन भने, दोश्रो वर्गका राष्ट्र विरोधी तत्वहरुले संघमाथि गलत धारणा उत्पन्न गराउँदै आएको छ, डा. हेडगेवारको सपना सकार पार्न आफनो दायित्व पालना गरेर हिन्दुलाई संगठित बनाउँनु पर्छ ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख मेयर विजय कुमार सरावगीले हिन्दु संस्कृति र राष्ट्र जोगाउँन सबै मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । हिन्दु संस्कृति र संस्कार धैरै पुरानो छ, उनले भने,‘ हिन्दु संस्कृति जोगाउन ठूलो प्रयास गर्नुपर्छ ।’ संघले जुन प्रकारको अनुशासन सिकाउँछ त्यो अनुशासनबाट हिन्दु संस्कृति जोगाउँन सकिन्छ ।
संघका जिल्ला संघचालक ललन द्धिवेदीले डा. हेडगेवारले राष्ट्रिय स्वयंसेवक संघका लागि पु¥याउँनु भएको योगदान बारे चर्चा गरेका थिए । उनले भने, ‘हिजो सम्म आफनो परिचय दिन हिचकिचाहट महशुस हुन्थयो तर आज गर्वले भन्छौ हामी हिन्दु हौं ।’ हामी समक्ष, सबल छौ, हामी विश्व विजेता हौ, हामी विश्वलाई नै सबै कुरा दिएका छौ, हाम्रो स्वाभिमान, हाम्रो संस्कृति र हाम्रो परम्परा सबैभन्दा अगल र सम्बृद्ध छ ।
हामीले कहिले एकलाई मानेका छैनौ, हामी सबैको सम्मान गर्छा, सम्पूर्ण मानव जातिको सम्बृद्धिको कामना गर्छौ, यो नै हाम्रो सनातन हिन्दुधर्मको पहिचान हो, यो पहिचानलाई कायम राख्न थप बल पु¥याउँने डा. हेडगेवारले गर्दै आएको चर्चा समेत उनले गरे ।
मंचको कार्यक्रम पश्चात संघका स्वयंसेवकले वीरगन्जमा पथसंचालन (मार्चपास) समेत निकालेका छन । पुर्ण गणवेष, हातमा दण्ड, बाजागाजाका साथ पुरानो बर्षपार्कको प्राङ्गगणबाट स्वयंसेवक द्धारा निकालिएको पथसंचालन घडिअर्वा चोक, माईस्थान, घण्टाघर हुदैं पुन माईस्थान चोक, आर्दशनगर, अलखियामठ, गणेशमान चोक, विर्ता चोक, अलखियामठ हुदै बसपार्कमा पुगेर पथसंचालन समापन गरिएको थियो ।
चोक चोकमा स्थानिय उत्साहित भएर स्वंयसेवकहरुलाई पुष्पबर्षा गरेर पथसंचालनलाई भव्य रुपमा स्वागत गरेका थिए । संघका जिल्ला संघ चालक ललन द्धिवेद्धीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, संघ नगर संघचालक राम लखन जी, जनकपुर सम्भाग कार्यवाह रन्जित साह, संघका जिल्ला कार्यवाह कृष्ण चौरसिया, महानगर कार्यवाह सरोज जी लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

‘इन्काउन्टर’को आवरणमा हत्या : डीआईजी, सिडिओदेखि हवल्दारसम्म अनुसन्धानको घेरामा

फाल्गुन २९, २०८२
पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि