Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा भाइरल ज्वरोको प्रकोप बढ्यो, नारायणी अस्पतालमा विरामीको संख्यामा वृद्धि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७८
पर्सामा भाइरल ज्वरोको प्रकोप बढ्यो, नारायणी अस्पतालमा विरामीको संख्यामा वृद्धि

वीरगंज / पर्सामा अहिले ‘भाइरल ज्वरो’ को प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, टाउको दुख्ने जस्ता लक्षणका विरामीहरुको संख्यामा ह्वात्तै वृद्धि भएको हो । अहिले नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरुमध्ये ७० देखि ८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको संक्रमण देखिएको छ । वीरगंज स्थित नारायणी अस्पतालमा दैनिक १ सयदेखि १ सय २५ जनाको संख्यामा चेकजाँचका लागि आउने विरामीहरुमध्ये ७०÷८० प्रतिशत विरामीहरुमा भाइरल ज्वरोको प्रकोप देखिएको छ ।
नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा. उदयनारायण सिंहका अनुसार हाल गर्मी बढेसँगै भाइरल ज्वरो, सर्पदँश, झाडापखाला जस्ता विरामीहरुको संख्या बढेको हो, जसमा भाइरल ज्वरोका विरामीहरुको संख्या बढि छ । मौसम परिवर्तन भएपछि भाइरस सक्रिय भई भाइरल ज्वरोका विरामीहरुको संख्या बढेको भन्दै डा. सिंहले तुलनात्मक रुपमा भाइरल ज्वरोका विरामीहरुको संख्या वृद्धि हुँदै गएको देखिन्छ तर गम्भिर अवस्थाका विरामीहरु नभई सामान्य ज्वरो, रुघाखोकी जस्ता विरामीहरु अहिले बढि आउने गरेको बताए ।


वर्तमान अवस्थामा वीरगंज लगायत जिल्लाको ग्रामीण भेगमा घरपिच्छे भाइरल ज्वरोका संक्रमितहरुको संख्यामा वृद्धि भएको देखिन्छ । शरिर गल्ने, आलस्य हुने, खान रुचि नहुने, रिंगटा लाग्ने, छाति दुख्ने, शरीर गह्रौं हुने जस्ता भाइरल ज्वरोका बिरामीहरुको संख्यामा वृद्धि भएको हो । प्रायः रुघाखोकीका रुपमा इन्फ्लुएन्जा देखा पर्दछ । इन्फ्लुएन्जा एक व्यक्तिबाट अर्को व्यक्तिमा खोक्दा÷हाच्छिउ गर्दा सर्न सक्छ । रुघाखोकी सामान्यत आफैँ पनि निको हन्छ । तर, विशेष गरी गर्भवती, पाँच वर्षमुनिका बालबालिका, ६५ वर्षभन्दा माथिका नागरिकका तथा रोग प्रतिरोध क्षमता कम हुने व्यक्ति र दीर्घ रोग (मधुमेह, उच्च रक्तचाप, मिर्गौला, दम र अन्य स्वाँसप्रस्वाँसबाट ग्रसित) जस्ता विरामीहरु यसबाट बढि प्रभाविवत हुने गरेका छन् । ज्वरो आउनु, खोकी लाग्नु तथा घाँटी दुख्नु इन्फ्लुएन्जाका सामान्य लक्षण हुन् ।
इन्फ्लुएन्जाको संक्रमणबाट जोगिन खोक्दा, हाच्छिउ गर्दा नाक, मुख छोप्ने (सफा रुमाल, कपडा÷पाखुराले), साबुन पानीले पटकपटक हात धुने जस्ता कार्यहरुप्रति ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । अहिलेको अवस्थामा यसबाट बच्नका लागि खानपिनमा पनि उत्तिकै ध्यान पु¥याउनुपर्ने बताए । खाने कुरामा बढि झोलिलो पदार्थ खाने, बेला बेलामा पानी खाइराख्ने, हरियो साग सब्जी बढि खाने जस्ता पोषणयुक्त खाना खाने डा. सिंहको भनाई छ । परिवारको कुनै एकजना सदस्यमा यस्ता किसिमका लक्षण देखा परे चाँडै सर्ने भएकोले सकेसम्म विरामीलाई बेग्लै राख्ने, आँखा, नाक तथा मुखमा अनावश्यक रुपमा हात नलैजाने, जथाभावी नथुक्ने÷सिँगान नफाल्ने जस्ता कुरामा ध्यान दिनुपर्ने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि