● मुस्कान श्रेष्ठ
वीरगन्ज / आफ्नो घरमा पनि सुन्दर बगैचा होस भन्ने सपना कसको हुदैन । त्यसको लागि शहर गाउँमा आजभोली आफ्ना घरको बगैचा र कौसीलाई सुन्दर बनाउने होडबाजी नै चलेको छ । तर, भने जस्तो स्थान र साधनको अभावले धेरैले चाहेर पनि सोचे जस्तो फुलको बगैचा बनाउन सकेका छैनन् । यही कुरालाई मध्यनजर गर्दै वीरगंजमा मारवाडी समुदायका महिलाहरुले गमलाको व्यापार सुरु गरेका छन् ।
कौसी र बगैचा मात्र नभई बस्ने र सुत्ने कोठालाई समेत आकर्षित बनाउने विभिन्न खालका गमलाहरुको व्यापार वीरगंजमा पहिलो पटक सुरु गरिएको हो । घरमा बगैचा नभएका तथा सानो घर भएकोहरुले आफूले चाहेको जुनसुकै ठाउँमा, ठाउँ अनुसारको गमलाहरु राखेर आफ्नो घरलाई सुन्दर तथा आर्कषीत बनाउन सक्छन् । द होम एसेन्सकी संचालिका नमिता लाठ र जयश्री लाठले संयुक्त रुपमा करिब १० लाखको लागतमा उक्त व्यवसाय सुरु गरेका हुन् । नमिता लाठले प्लास्टीक, सिरामीक, स्टील लगायत विभिन्न किसिमका गमलाहरु देश विदेशबाट ल्याएर आफूहरुले बेच्ने गरेको बताईन् । उनले भनिन, ‘‘अधिकांश मानिसहरुलाई खेतीबारी गर्न ईच्छा हुन्छ, तर घरमा बगैचा नभएको कारण खेतीबारी गर्न सक्दैन्न । उनीहरुले गमलामा फूल तथा विरुवा रुपेर आफ्नो ईच्छा पुरा गर्न सक्छन् ।’’
यस्तै जयश्रि लाठले गमलाले पनि कोठा, बगैचाको सुन्दरतालाई निखार्ने बताउदै आफूहरुसंग विभिन्न डिजाईनका गमलाहरु रहेको र उक्त गमला कसैलाई उपहार स्वरुप पनि दिन सकिने बताईन् । उनले महिलाहरु घरलाई आकर्षित बनाउने सोच हुने गरेको हुँदा र वीरगंजमा गमला व्यवसायप्रति कसैको ध्यान नगएको कारण आफूहरुले उक्त व्यवसायको सुरुवात गरेको बताईन । उनले खास गरि कोठामा सजाउने खालका गमलाहरु बढी बिक्री हुने गरेको बताईन् । आफुहरुले यो व्यवसाय कस्तो होला भनेर संचालन गरेपनि बिरगंजमा गमलाको ग्राहक राम्रै रहेको बताइन् । द होम एसेन्समा रु ५० देखि १० हजारसम्मको गमलाहरु रहेको छ ।
प्रतिक्रिया दिनुहोस् !