Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्लामा काँग्रेसको जति पनि गुट-उपगुटको खाडल छ, त्यसलाई पुरेर जानेछाैँ : नेता जवेगु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७८
जिल्लामा काँग्रेसको जति पनि गुट-उपगुटको खाडल छ, त्यसलाई पुरेर जानेछाैँ : नेता जवेगु

फिदिम । नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । हाल मुलुकका अधिकांस जिल्लाका पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ । बाँकि जिल्लाको पालिकामा पनि चाँडै अधिवेशन गर्ने काँग्रेसको तयारी छ । त्यसपछि जिल्लास्तरको अधिवेशन गर्ने काँग्रेसको तयारी छ । मुलुकभरका ७७ जिल्लामै नयाँ कार्यसमिति चयन हुनेछन् । यसै सन्दर्भमा नेपाली काँग्रेस जिल्ला कार्य समिति पाँचथरको १४ औं जिल्ला अधिवेशनको सभापतिका उम्मेदवार रुपनारायण जवेगुसँग गरिएको कुराकानीको सम्पादित सार :

१, पाँचथर जिल्ला काँग्रेस सभापतिमा तपाइँको उम्मेदवारी छ, भाेटरले तपाईँलाई नै किन जिताउने ?

मैले ३५ वर्ष नेपाली काँग्रेसको राजनीति गर्दै गर्दा २ चोटीसम्म शिक्षक युनियन पाँचथरको अध्यक्ष भएँ । राजनीतिको यतिको लामो दौरानमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको निर्वाचित जिल्ला सदस्य र सचिवको छु । पार्टीको संगठन र काँग्रेसको व्यानरबाट बिकास निर्माण र जनताको सेवा गर्दै गर्दा अब मेरा जाने ठाउँ जिल्ला सभापतिमा नै हो भन्ने मलाइ लाग्छ । मैले उम्मेदवारी दिँदै गर्दा जिल्लाको सिंगो नेपाली काँग्रेसका नेता-कार्यकर्ताको भविष्य निर्माण गर्नुसँग पनि जोडिएको छ ।

नेतृत्वको लागि उम्मेदवारी दिँदै गर्दा पाएको अवसर सँगसँगै आएको चुनौतीहरुलाई व्यवस्थापन गर्न सक्छु जस्तो लाग्छ मलाई । उक्त आत्मविश्वासकै कारण पनि मेरो सभापतिमा उम्मेदवारी हो ।

२, यदि तपाइँ सभापतिमा निर्वाचित हुनुभयो भने नेपाली काँग्रेस पाँचथरको नेतृत्वलाई कसरी हाँक्नु हुनेछ ?

यदि जिल्ला सभापतिमा निर्वाचित भएँ भने नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको मैले एक्लै चलाउने हैन । त्यसकारण हाम्रो टीमले जिल्लामा काँग्रेसको जति पनि खाडल छ, जुन गुटउपगुटको छ, त्यो खाडललाई पुरेर जानेछाैँ । अग्रजलाई सम्मान र युवालाई क्रियाशील बनाएर पार्टीका भातृ संगठनहरुलाई चलायमान बनाएर भावनात्मक एकता कायम गराएर एकले अर्कालाई सम्मान गरेर अस्तित्व स्वीकार्य हुने पक्षलाई वृद्धि गराएर पार्टीलाई सांगठनिक रुपमा बलियो बनाउने मेरो चाहना छ ।

३, नेपाली काँग्रेस केन्द्रमा गुटगत स्वार्थमा लिप्त भएको पार्टी भनिँदै आएको छ । यसको प्रभावलाई जिल्लामा कसरी व्यवस्थापन गर्नुहुन्छ, तपाइँले नेतृत्व पाएको खण्डमा ?

आग्रह, पूर्वाग्रह र निषेधको राजनीति गरिएन भने, एकले अर्काको भावनाको सम्मान गरेर अस्तित्व स्वीकार गरेर, विधि प्रक्रिया र सिष्टममा पार्टीलाई नीतिगत रुपले हाँक्दै जाने हो भने र अग्रजलाई सम्मान र युवालाई क्रियाशील बनाउँदै लगेर उत्साहित बनाउँदै सुभेच्छुक संस्थाहरु भातृ संगठनहरुलाई प्राथमिकता दिएर लगियो भने विधि र प्रकियामा जान्छ र व्यवस्थित हुन्छ भन्ने मलाई लाग्छ ।

नेता अभिभावक हो । हाम्रो जिल्लाको हकमा केन्द्रीय सदस्य अभिभावक हो । जिल्ला सभापति अभिभावक हो । जुनसुकै गुटबाट आएपनि जुनसुकै गुटबाट आफूबिरुद्ध आएको कार्यकर्तालाई सहज रुपमा समेटेर सम्हालेर पारदर्शी निर्णय गरेर लाने योजना छ ।

४, पाँचथर जिल्लाको हकमा तपाइँ कुनै गुटमा खुल्नुभएको छैन भन्ने आएको छ । खासमा तपाइँ कुन पक्षको नेता हो- संस्थापन, संस्थापनइतर या अन्य कुनै ?

नेपाली काँग्रेसको विभिन्न संगठनहरु आउँदै गर्दा ३५ वर्षअघि पनि हामी संस्थापन पक्षमै थियौँ । तर कालखण्डमा पार्टी एक हुँदै गर्दा पार्टीबाट जो निर्वाचित भएर आउनुहुन्छ । केन्द्रीय सभापति उसैलाई नै मानेर जाने, जिल्ला सभापति उसैलाई मानेर जाने हो । त्यसकारण पार्टीमा गुट उपगुट हुनुहुन्न भन्ने मेरोे मान्यता हो । यसले पार्टीको संगठनहरु कमजोर पार्छ । त्यसकारण गुट-उपगुटमा लागियो भने कार्यकर्तामा मनोवल गिरेर जानसक्छ । त्यसकारण त्यो गर्नु हुन्न भन्ने हो । तर परिस्थिती अनुसार हामीले मुलुकमा मुलुकमा राष्ट्रिय महाधिवेशन हुँदै गर्दा देशलाई सवल र सक्षम तरिकाले नेतृत्व गरेर मुलुकलाई निकास दिन सक्ने खालको नेता छान्नुपर्नेहुन्छ । म विगतमा संस्थापन पक्षमा थिएँ । तर संथापन पक्षमै रहँदै गर्दा पनि भोलि हामीले कालखण्डमा नेता छान्नुपर्दा गुट उपगुट हेरेर छान्दिन । परिस्थिति अनुसार जहाँ पनि जान सकिनछ । तर नेता राम्रो हुनुपर्यो ।

५, गुटगत राजनीति रहेको भनिएको काँग्रेसको केन्द्रीय नेतृत्वलाई तपाइँको सुझाव के छ ?

सबै पार्टीमा गुटको राजनीति त हुँदोरहेछ । हामी हेर्दै आयौँ, बुझ्दै आयौँ । पञ्चायतको केही अंश र बहुदलीय प्रजातन्त्र प्राप्तिपछि सबैको राजनीति हेर्दै आएको छु। गुटको राजनीति गर्दै गर्दा गुटको कारणले संस्थागत संगठनमा आँच पर्ने काम कुनै नेताले गर्नु हुन्न । गुटको राजनीतिकै कारणले आग्रह पूर्वाग्रह आकांक्षा महत्वकांक्षाको कारणले पार्टीको संगठनमा आँच कसैले गर्यो भने कसैलाई क्षम्य हुँदैन । हिजोसम्म कसैले बुझेका थिएनन् । तर आजको दुनियाँमा सबैले बुझ्नु भएको छ । त्यस कारण कुन नेता कस्ता हुन कार्यकर्तालाई थाहा छ । अब कसैलाई रबरस्ट्याम्पका रुपमा बुझाइ बस्नु पर्दैन भनेर भन्न चाहन्छु ।

६, पाँचथरको विकासमा काँग्रेसको सम्झनलायक योगदान अर्थात् भूमिकाबारे चर्चा गर्नुपर्दा के भन्नुहुन्छ ?

जिल्लामा काँग्रेसले गरेका सम्झन लायक धेरै कामहरु रहेका छन् । हामी गर्भका साथ भन्न सक्छौँ । काँग्रेसले लामो समयसम्म मुलुकको सर्वसत्ता नेतृत्व गर्दैगर्दा तत्कालीन मन्त्री पूर्णकुमार शेर्मा ज्युले सडक र पुलको लागि धेरै ठूलो योगदान दिनुभएको छ ।

त्यस्तै नेपाली काँग्रेस सम्बद्ध जिल्लाका अग्रज नेता ज्यूहरुले पाँचथरको बिकासमा धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँहरुले राष्ट्रिय स्तरमा कोर्नुभएको खाकालाई राज्यले निरन्तरता दिइरकेको अवस्था छ । जिल्लाको सडक, शिक्षा र कृषि क्षेत्रमा काँग्रेसको भूमिका र योगदान रहको छ । अन्य दलले पनि नगरेको भने हैन । तर जिल्लाको विकासको जग नै काँग्रेसले राखेको हो । साभार : न्यूज २४

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि