Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन नेशनल मेडिकल कलेज रास्वपा पर्सा निर्वाचन प्रहरी छनोट पर्सामा चुनावी सरगर्मी उत्कर्षमा प्रतिनिधिसभा उम्मेदवार सामुदायिक विद्यालय पर्सामा एमालेको चुनावी गणित
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

महिलाको तुलनामा किन पुरुषलाई धेरै दिन अन्तरिक्षमा राखिन्छ ?

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७८
महिलाको तुलनामा किन पुरुषलाई धेरै दिन अन्तरिक्षमा राखिन्छ ?

हरेक दिन पृथ्वीको बाहिर विकिरण फैलिरहेको हुन्छ । सूर्यका साथै तथा ताराहरूबा तयस्ता विकिरण पृथ्वीतर्फ आउँदछन् । त्यसमा अत्यधिक शक्तिशाली उर्जायुक्त तरंग हुन्छन् जसले शरीरको अणुहरूबाट इलेक्ट्रोनलाई नष्ट गरिदिन सक्दछ । धेरै समयसम्म विकिरणयुक्त क्षेत्रमा बस्दा रेडियसन सिकनेस तथा क्यान्सर पनि हुनसक्दछ । तर खुसीको कुरा हाम्रो पृथ्वीलाई सुरक्षाकवचले घेरेको हुन्छ । पृथ्वीलाई म्याग्नेटोस्फेयर तथा वायुमण्डलले घेरेको हुन्छ र त्यही पत्रले हामीलाई त्यस्ता हानिकारक विकिरणबाट बचाउँछ ।

तर वायुमण्डल तथा म्याग्नेटोस्फेयरभन्दा माथि अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा यस्तो कुनै सुरक्षाको तह हुँदैन । त्यहाँ अन्तरिक्षयात्रीहरू सबैभन्दा धेरै विकिरणको सिकार हुन्छन् । उनीहरूको शरीरमा क्यान्सर हुने जोखिम धेरै हुन्छ । त्यसैले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् १९८९ मै अन्तरिक्षयात्रीहरू अन्तरिक्षमा रहने एक सीमा तय गरेको थियो। उक्त सीमा अनुसार कुनै पनि अन्तरिक्षयात्री अन्तरिक्षमा आफ्नो पूरा करिअरको जति पनि हिस्सा बिताउँदछ त्यसमा उसलाई अधिकतम क्यान्सर डोज केवल तीन प्रतिशत मात्र हुनुपर्दछ ।

अन्तरिक्षयात्रको क्यान्सरको जोखिमलाई यस प्रकारले मापन गरिन्छ । यसमा लिंग तथा उमेरको पनि गणना गरिन्छ । ३० वर्षकी महिला अन्तरिक्षयात्रीको विकिरणको न्यूनतम करिअर सीमा १८० मिलिसिभर्टस् हो । जबकि ६० वर्षीय पुरुष अन्तरिक्षयात्रीको लागि अधिकतम करिअर सीमा ७०० मिलिसिभर्टस् हुन्छ ।

आखिर महिलाका लागि न्यूनतम करिअर लिमिट तर पुरुषका लागि अधिकतम करिअर लिमिट किन तोकिएको हुन्छ त ? अमेरिकी वातावरणीय संरक्षण एजेन्सीको विकिरण सुरक्षा महाशाखाका अधिकारी आर जुलियन प्रेस्टनका अनुसार जब महिला र पुरुषलाई एकसाथ उच्चस्तरको विकिरणमा कुनै निश्चित समयका लागि राखियो भने महिलामा फोक्सोको क्यान्सर हुने जोखिम पुरुषको तुलनामा दोब्बर धेरै हुन्छ । जुलियन प्रेस्टनका अनुसार यो गणना जापानमा खसालिएको परमाणु बमले पारेको असरमा आधारित छ ।

दोश्रो विश्वयुद्धका बेला हिरोसिमा र नाकासाकीमा भएको परमाणु बम आक्रमणपछि जिवित रहेका मानिसहरूको स्वास्थ्यको अध्ययनबाट विकिरणकेा असर, खासगरी फोक्सोको क्यान्सरको जोखिम पुरुषको तुलनामा महिलामा दोब्बर हुने देखिएको हो । फोक्सोको क्यान्सरको मामिलामा महिलाहरू धेरै संवेदनशील हुन्छन् । पुरुषहरूमा विकिरणको कारण फोक्सोको क्यान्सर हुनका लागि महिलाको तुलनामा धेरै समय लाग्दछ । सन् २०१८ मा नासाको एस्ट्रोनट कप्रसकी पूर्व प्रमुख पेगी हि्वट्सनले महिलाहरूको न्यूनतम करिअर लिमिटका विषयमा आवाज उठाएकी थिइन् । उनले विकिरणको तय सीमाको विरोध गरिन् । उनी आफै पनि विकिरण पीडित हुन् तर ५७ वर्षको उमेरमै उनले करिअरबाट अवकास लिइन् ।

नासाले विकिरणको तय सीमा बढाउने तयारी गरिरहेको बताइएको छ । यस्तो भयो भने महिला अन्तरिक्षयात्रीहरूले धेरै समय अन्तरिक्ष स्टेसनमा बिताउनु पर्नेछ । सन् २०२१ मा नासाले एक एक विज्ञ कार्यदलसँग भविष्यमा पुरुष तथा महिलाका लागि करिअर विकिरण लिमिट ६०० मिलिसिभर्टस् बनाउन सकिन्छ कि ? भनेर सोधेको थियो । त्यस विषयमा अध्ययन भैरहेको छ । पृथ्वीमा एक व्यक्तिले औसतमा प्रत्येक वर्ष ३.६ मिलिसिभर्टस् विकिरणको सामना गरिरहेको हुन्छ । जबकि स्पेस स्टेसनमा अन्तरिक्षयात्रीले एक वर्षमा ३०० मिलिसिभर्टस् विकिरणको सामना गर्नुपर्दछ । यदि कुनै अन्तरिक्षयात्री ६/६ महिनाका चारवटा स्पेस मिसनमा जान्छ भने उसको विकिरणको मात्रा निकै उच्च हुनजान्छ ।

जुलियन प्रेस्टनका अनुसार नयाँ सीमामा पुरुषको अधिकतम करिअर सीमालाई घटाइनेछ ताकि पाको उमेरका व्यक्तिहरूलाई अन्तरिक्षयात्रामा कम पठाइयोस् । यसबाट महिलाहरूलाई धेरै मौका मिल्नेछ । उनीहरूले अन्तरिक्षमा धेरै समय बिताउन पाउनेछन् । उनका अनुसार नासामा महिलाहरूले समानता हासिल गरेका छन् । अन्तरिक्षमा जाने विषयमा भने केही सावधानी अपनाइएको छ । तर उनीहरूलाई छिटै नै लामो समयका लागि अन्तरिक्षमा बिताउने मौका प्राप्त हुनेछ । नासाले यसका लागि करिअर एक्सपोजर लिमिट ९०० मिलिसिभर्टस् तोक्ने तयारी गरेको छ । युरोपियन युनियन, क्यानडा तथा रुसी अन्तरिक्षयात्रीका लागि भने करिअर एक्सपोजर लिमिट १००० मिलिसिभर्टस् तोकिएको हुन्छ ।

प्रेस्टनका अनुसार मंगल ग्रहको मिसन निकै संवेदनशील र ठूलो मिसन हो । यसमा कुनै पनि अन्तरिक्षयात्रीले एक मिसनमै पूरै करिअर वा अरु कैयन् अन्तरिक्षयात्रा बराबर तथा त्यसभन्दा पनि बढी विकिरणको सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले यसमा केही खुकुलोपनाको सम्भावना छ । तर त्यसअघि विकिरण एक्सपोजरको मापदण्डलाई क मगर्न सकिँदैन । किनकि यो एक नैतिक समस्या पनि हो । एजेन्सी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

घरदैलोदेखि आन्दोलनसम्मः क्षेत्र नं. १ मा युवा उम्मेदवार ‘ओमप्रकाश’ चुनावी बहसको केन्द्रमा

माघ १०, २०८२
रेल्वेको जग्गामा सरसफाई

रेल्वेको जग्गामा सरसफाई

माघ १०, २०८२
मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा सम्पन्न

माघ १०, २०८२
नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटि बैठक

माघ १०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि