Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरा म्याराथन : अजित र सरस्वतीलाई १० किमी दौडको उपाधि

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १३, २०७८
पोखरा म्याराथन : अजित र सरस्वतीलाई १० किमी दौडको उपाधि

कास्की / पोखरामा आयोजना गरिएको १६औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ अन्तर्गत आज सम्पन्न १० किमी दौडमा पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले उपाधि जित्न सफल हुनुभएको छ । नेपाली अग्रज खेलाडीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरा म्याराथनअन्तर्गत आयोजित सो दौडमा काठमाडौँका अजितले ३० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी उपाधिसहित नगद रु २० हजारका साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो । विजेता यादवले सन् २०१९ मा हङकङमा सम्पन्न तीन हजार मिटर दौडतर्फ एशियन युथ एथलेटिक्सको स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुनुहुन्छ । महिलातर्फको १० किमी दौडमा काठमाडौँका सरस्वतीले ३९ मिनेट ३५ सेकेन्डमा पूरा गरी उपाधिसहित रु २० हजार नगद पुरस्कार जित्नुभयो । पुरुषतर्फ स्याङ्जाका युवराज थापाले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दैै द्वितीय र काठमाडौँका टङ्ककबहादुर कार्कीले ३३ मिनेट पाँच सेकेन्डमा दौड पूरा गरी क्रमशः १५ हजार र १० हजार पुरस्कार पाउनुभयो । महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफ क्लबका आशा रावतले ४० मिनेट १० सकेन्डमा दौड पूरा गर्दै द्वितीय र पोखराका गोमा पुनले ४३ मिनेट ५९ सेकेन्डमा निर्धारित दूरी पूरा गरी तृतीय हुनुभयो । उहाँहरूले क्रमशः रु १५ हजार र रु १० हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताअन्तर्गत नै भएको छात्र पाँच किमी दौडमा थापाठाना मावि पर्वतका आनन्द थापाले १७ मिनेट पाँच सेकेन्डमा दौड पूरा गर्दै प्रथम, कालीगण्डकी मावि पर्वतका कृष्णबहादुर परियारले १७ मिनेटमा द्वितीय र मण्डली मावि गोरखाका सुरज बरामले १७ मिनेट ४१ सकेन्डमा दौड पूरा गरी तृतीय हुनुभयो । छात्रातर्फ तनहुँको भानु माविका नर्मता गुरुङ प्रथम, पोखराको छोरेपाटन माविका नारायणी भण्डारीले द्वितीय र तनहुँको भानु माविका सन्ध्या अधिकारी तृतीय हुन सफल हुनुभयो । छात्र र छात्रातर्फ प्रथम, द्वितीय र तृतीय हुन सफल खेलाडीले जनही नगद रु १० हजार, सात हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताको ह्विलचियर पुरुष इभेन्टतर्फ सुरेश गौली प्रथम, जीवन श्रेष्ठ द्वितीय र भरत अधिकारी तृतीय हुनुभयो । महिलातर्फ अञ्जु बराल प्रथम, घना मगर द्वितीय र लक्ष्मी सुनार तृतीय हुँदै क्रमशः रु १० हजार, सात हजार र पाँच हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा पुरुषतर्फ १० किमी दौडमा २००, महिला १० किमीमा १००, पाँच किमी छात्रतर्फ ३००, पाँच किमी छात्रातर्फ २०० गरी ८०० जनाले सहभागिता जनाएका थिए । विजेता खेलाडीहरूलाई वरिष्ठ मुटु रोग विशेषज्ञ तथा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका निर्देशक प्रा डा भगवान कोइराला, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ लगायतले पुरस्कार विरतण गर्नुभएको थियो ।
यसअघि पोखरा रङ्गशालाबाट सुरु भएको दौडको शुभारम्भ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गर्नुभएको थियो । मञ्चले यसअघि गत फागुन ७ गते म्याराथन सम्पन्न गरिसकेको छ । कोरोना सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत फरक फरक मितिमा इभेन्टहरू आयोजना गरिएको मञ्चले जनाएको छ । (रासस)

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि