वीरगन्ज / पर्सा स्थित सशस्त्र प्रहरीले अवैध लागूऔषध अफिम सहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।
विशेष सूचनाका आधारमा वीरगन्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई ३ किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
पक्राउ परेका महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस् !