Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा रास्वपा पर्सा जसपा नेपाल पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वाणिज्य तथा आपूर्ति सचिवसँग वीउवासंघका टोलीको भेटघाट तथा छलफल

सोही टोलीद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग पनि भेटघाट, शान्तिसुरक्षा देखि विविध विषयमा छलफल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०७८
वाणिज्य तथा आपूर्ति सचिवसँग वीउवासंघका टोलीको भेटघाट तथा छलफल

वीरगन्ज / वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा संघको टोलीले वाणिज्य तथा आपूर्ति सचिव डा. गणेश प्रसाद पाण्डेयसँग भेटघाट तथा छलफल गरेको छ ।
छलफलका क्रममा संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ताले सिमरामा अवस्थित सेजमा उद्योगहरु स्थापनाको लागि नीतिगत सुधार ल्याउनुपर्ने, सुख्खा बन्दरगाहको पूर्वाधार विकास गर्नुपर्ने, आईसिपीभित्र क्वारेन्टाइन स्थापना गर्नुपर्ने, आईसिपीभित्र शीत भण्डार, दमकल, एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । उनले वीरगन्ज – ठोरी – चितवन सडक खण्डमा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्नुपर्नेमा जोड दिएका थिए । वीरगन्ज – ठोरी – चितवन हुलाकी मार्गको निर्माण हुनुपर्ने, तराई – काठमाडौं द्रुतमार्गको निर्माण र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण समयमा सम्पन्न हुनपर्ने लगायतको सुझाव दिएका थिए ।
वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले वीउवासंघबाट प्रस्तुत सुझावलाई आपूmले सकारात्मक रुपमा लिएको बताए । उनले वाणिज्य तथा आपूर्ति सम्बन्धी नीतिगत एवम् व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिए । उनले सुख्खा बन्दरगाह र आईसिपी सफलतापूर्वक सञ्चालनका लागि चाहिने पूर्वाधार निर्माण गर्न पहल समेत गर्ने बताए । त्यस्तै सिमरामा अवस्थित सेजमा उद्योगहरु स्थापनाको लागि नीतिगत सुधार गर्न पहल गर्ने विश्वास व्यक्त गरे । भेटघाटको क्रममा संघका वरिष्ठ उपाध्यक्ष, अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, का.स.स. सुनिलकुमार खेतान, सुमन क्याल, नरेश टिबडेवाल, अंकित खेतान, राजेन्द्र गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसैगरि सोही टोलीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसँग पनि भेटघाट तथा छलफल गरेको छ । छलफलको क्रममा संघका अध्यक्ष डा. गुप्ताले औद्योगिक सुरक्षा बलको पुनः स्थापना हुनुपर्ने, सीमा सुरक्षा बैठकको निरन्तरता दिनु पर्ने, वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजना संचालनका लागि कोषको व्यवस्थापन राज्यको तर्फबाट गरिनुपर्ने तथा उक्त परियोजनामा दक्ष जनशक्तिको परिचालन गरिनुपर्ने, एउटा निश्चित सीमाभित्र नगद रकम ओसारपसारमा कुनै किसिमको हस्तक्षेप नहुनुपर्ने, डिजिटल सेक्युरिटी विङ्गको स्थापना गर्ने, स्थानीयस्तरमा रहेका अपराधीहरुलाई कारागार स्थानान्तरण गर्नुपर्ने, मालवाहक सवारीसाधनलाई चेकजाँच गर्ने निकाय हुँदाहुँदै प्रहरी प्रशासनबाट विभिन्न बहानामा दुःख दिने गरिएको कार्यलाई बन्द गरिनुपर्ने लगायतको सुझाव दिएका थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले वीउवासंघबाट प्रस्तुत शान्ति सुरक्षा सम्बन्धी सुझावहरुलाई आपूmले गम्भीरतापूर्वक लिएको बताएका थिए । उनले मुलुककै शान्ति सुरक्षाप्रति आपूm सम्वेदनशील रहेको बताउनुहुँदै आपूm पनि डिजिटल सेक्युरिटीका पक्षपाती भएकोले डिजिटल पोलिसिङ्गको नीति लिएको र वीरगञ्जमा सञ्चालित सिसिटिभी परियोजनाको लागि दक्ष जनशक्तिको प्रबन्ध गर्ने बताए । साथै उनले सीमाञ्चल क्षेत्रको शान्ति सुरक्षा आपूm गम्भीर रहेको बताउँदै व्यवहारिक एवम् नीतिगत समस्याहरुलाई समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३
पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

पथलैया–हेटौडा–नारायणघाट सडकः चार लेनामा विस्तार प्रक्रिया अघि बढ्यो

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि