Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नासाको दाबी : हाम्रो सौर्यमण्डल बाहेक ५००० ग्रह

६५ वटा हालै खोजियो ; २०० ग्रह पृथ्वीजस्ता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०७८
नासाको दाबी : हाम्रो सौर्यमण्डल बाहेक ५००० ग्रह

Planets in outer space with satellites, falling meteor and asteroids in dark starry sky. Galaxy, cosmos, universe futuristic fantasy view background for computer game. Cartoon vector illustration

हाम्रो मनमा एउटा प्रश्नले बारम्बार घच्घचाइरहेको हुन्छ कि के यो ब्रम्हान्ड पर धर्तीबाहेक पनि कतै जीवन सम्भव त छ ? यो प्रश्नको जवाफमा हामी एलियन्सबारे धेरै कुरा जान्न चाहन्छौँ । प्रश्न यो पनि छ कि ती कुन–कुन ग्रहमा होलान् ? यसको जवाफ अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले पनि खोजिरहेको छ । नासाले सौर्य मण्डलबाहेक पनि अन्तरिक्षमा ५००० यस्ता ग्रह छन् जसको पहिचान भइसकेको छ भनेर दाबी गरेको छ । विशेष कुरा यो हो कि यस्ता करिब ६५ ग्रह हालै पत्ता लागेका छन् । करिब २०० ग्रह पृथ्वी जस्तोजस्तै छन् ।

हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ:

भर्खरै पुष्टि भएको एक्सोप्लानेटमा के–२–३७७ बी नाम समावेश छ । जुन ‘सुपर अर्थ’ हो ।  यसले आफ्नो ताराको एउटा परिक्रमा पूरा गर्न १२.८ दिन लाग्छ । यी ग्रहहरु नासा एक्सोप्लानेट अर्काइभमा राखिएको छ । आर्काइभका प्रमुख जेसी क्रिश्चियनसेनले यो तथ्य असाध्यै उत्साहित गर्ने किसिमको बताएका छन् । उनले भनेका छन्, ‘हामी सबैजना यसबारे थप जान्न चाहन्छौँ ।’ हरेक एक एक्सोप्लानेट आफैँमा एउटा दुनियाँ हो । एक्सोप्लानेट हाम्रो सौर्यमण्डलभन्दा बाहिर हुन्छ । यसले सूर्यको साटो कुनै अन्य ताराको परिक्रमा गर्छन् । नासाले यसअघि पनि ९० को दशकमा करिब ३००० एक्सोप्लानेटको खोजी गरिसकेको छ ।

सबै ग्रह सौर्यमण्डल र ग्यालेक्सी बाहिर

यसबारे नासाले ट्रान्सिटिङ एक्सोप्लेनेट सर्भे स्याटलाइट (टेस) को मद्दतले पत्ता लगाएको छ । यी सबै ग्रह हाम्रो सौर्यमण्डल वा आकाशगंगाभन्दा बाहिर छन्, त्यसैले यसलाई एक्सोप्लानेट्स भनिँदैछ । यी सबैलाई टेसको मद्दतले खोजी गरिएका कारण यसलाई टेस अक्जेक्ट इन्ट्रेस्ट भनिएको छ । द नेन्सी ग्रेस रोमन स्पेस टेलिस्कोप सन् २०२७ मा लञ्च हुँदैछ ।

हालसम्म ३५ प्रतिशत नेपच्युनजस्ता ग्रह भेटिए

एक्सोप्लानेटमा ३० प्रतिशत ग्यास ग्लेट्स छन्, ३१ प्रतिशत सुपर–अर्थ र ३५ प्रतिशत नेपच्युन जस्ता ग्रह छन् । ४ प्रतिशत मात्रै पृथ्वी वा मंगलजस्ता चट्टानी ग्रह छन् । युरोपियन स्पेस एजेन्सीको एरियल मिसन सन् २०२९ मा लञ्च हुनेछ ।

थप जानकारी:

ब्रम्हाण्डको निर्माणको बिग ब्याङ्ग थ्योरीलाई सबैभन्दा बढी स्वीकार गरिन्छ । यसमा पूरा ब्रह्माण्ड द्रव्य र ऊर्जाले बनेको भनिएको छ ।

– ब्रह्माण्डको सबै द्रव्य एउटा तातो गोलाको रूपमा थियो । करिब १३.७ अर्ब वर्ष अघि अत्यधिक दबाबका कारण यसमा बिग ब्याङ्ग अर्थात् महाविस्फोट भयो ।

विस्फोटपछि सारा द्रव्य असङ्ख्य कणको रूपमा फैलियो, जुन लगातार फैलिरहेको छ । यी विस्फोटले ग्रह तारा बने ।

ग्रह–ताराको अत्यधिक विशाल समूहलाई आकाशगङ्गा (ग्यालेक्सी) भनिन्छ । ब्रह्माण्डमा १९ अर्ब ग्यालेक्सी भएको अनुमान छ । एक ग्यालेक्सीमा अर्बौँ आकाशीय पिण्ड हुन्छन् ।

अनुमानका अनुसार आकाशगङ्गा करिब २.४० लाख किलोमिटर प्रति घण्टाको गतिले एक–अर्काबाट टाढा भागिरहेका छन् ।

– हाम्रो सौर्यमण्डल जुन आकाशगङ्गामा छ, त्यसलाई मिल्की वे भनिन्छ । यसको लम्बाई करिब एक लाख प्रकाश वर्ष छ । यसमा करिब १०० अर्ब तारा छन् ।

– प्रकाशले एक वर्षमा जति टाढा यात्रा गर्छ, त्यसलाई एक प्रकाश वर्ष भनिन्छ । प्रकाश एक सेकेन्डमा करिब तीन लाख किलोमिटर यात्रा गर्छ ।

– मिल्की वेको तुलनामा हाम्रो सौर्यमण्डल एउटा टिकाको बराबर छ । मानिसले बनाएको उपग्रहमध्ये भोयजर–वानले मात्रै सौर्यमण्डल पार गरेको छ । यो २३ अर्ब किलोमिटर टाढा पुगिसकेको छ । रातोपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि