Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यसकारण सफल बन्यो ‘द कश्मीर फाइल्स’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ११, २०७८
यसकारण सफल बन्यो ‘द कश्मीर फाइल्स’

निर्देशक विवेक अग्नीहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ले दुई सय करोड कमाईको आँकडा पार गरेको छ । यो फिल्मले १३ दिनमै यति धेरै व्यापार गर्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् । न त फिल्म निर्माता, कलाकार तथा दर्शकलाई नै थियो । पहिलो दिन बक्सअफिसमा ३ दशमलब ५ करोड कमाउने फिल्मले सय करोड पूरा गर्छ भन्ने कल्पना कसैको पनि थिएन । तर फिल्मले त्यो देखाएरै छोड्यो । १५ करोड बजेटमा बनेको यो फिल्मले ठूला(ठूला फिल्मलाई बक्सअफिसमा पानी पिउन बाध्य बनाइदियो । यो फिल्मको सुरुवाती समयदेखि अहिलेसम्मको यात्रालाई हेर्ने हो भने पाँच कारणले बक्सअफिसमा सफल भयो भन्ने मान्न सकिन्छ ।

वास्तविक घटनामा आधारित : ‘द कश्मीर फाइल्स’ हेरेका घाटीबाट ज्यान जोगाउन भागेर आएका कश्मीरी हिन्दु पुराना दिन सम्झेर भावुक भइरहेका छन् । उनीहरुका सन्तानहरु जो १९९० को दशकपछि जन्मिए, उनीहरुले अग्रजबाट त्यसको कथा सुनेका थिए । अहिले उनीहरु नै फिल्म हेरेर त्यहाँको पीडाबोधको अनुभव गरिरहेका छन् । सामाजिक सञ्जालमा कश्मीरका हिन्दुहरु आफूमाथि भएको अत्याचारको बेलीविस्तार लगाइरहेका छन् । कश्मीरको प्रतिनिधित्व नगर्ने व्यक्तिहरु पनि ९० को दशकमा कश्मीरमा के भएको थियो, जसकारण करिब ५ लाख मानिसले आफ्नो घर छोडेर भागेका थिए भन्ने कुरा जान्नलाई फिल्म हेरिरहेका छन् ।

विवादको सहारा : यो फिल्म रिलिज हुनुअघि नै एक फ्यानले प्रश्न गरेपछि निर्देशक विवेक अग्नीहोत्रीले यसबारे विवाद सुरु गरेका थिए । जसकारण उनलाई ‘द कपिल शर्मा’ शोमा प्रमोसनका लागि बोलाइएन । उनले आफूलाई फिल्म प्रमोसनका लागि २५ लाख रुपैयाँ मागेको उल्लेख गरेपछि राष्ट्रियताको नाममा कपिल शर्मालाई सामाजिक सञ्जालमा ट्रोल बनाउन थालियो । मानिसहरुमा रिसको पारो बढ्यो र ट्विटरमा ‘बायकट द कपिल शर्मा शो’ ट्रेन्ड हुन थाल्यो । मानिसहरुले फिल्मको प्रमोसन आफैं गर्ने निर्णय लिए ।

राजनीतिक समर्थन : ‘द कश्मीर फाइल्स’ निकै शान्त तरिकाले रिलिज भयो । फिल्मको समीक्षा पनि सन्तुलित थियो । यसपछि मानव भावनामा आवेग आयो र यसले आफ्नो चपेटामा राजनीतिक हस्तीलाई पनि पार्यो । सबैभन्दा पहिला हरियाणाको खट्टर सरकारले यसलाई ट्याक्स फ्रि गरिदियो । त्यसपछि धेरै राज्य सरकारले ट्याक्स फ्रि गरिदियो ।

वर्ड अफ माउथ पब्लिसिटी : यो फिल्मको प्रमोसन कुनै ठूलो मञ्चमा गरिएन । तर पनि यो फिल्म हेर्नका लागि थिएटरमा दर्शकको भीड बढिरहेको छ । यसको कारण यो हो कि फिल्म हेरेका दर्शकहरुले परिवार तथा साथीभाईलाई फिल्म हेर्न प्रोत्साहित गरिरहेका छन् । सामाजिक सञ्जाल यो फिल्म हेरेर भावुक भएका दर्शकको भिडियोले भरिएको छ । जसको परिणामा कोरोना महामारीमा फिल्म हलबाट टाढिएका दर्शकहरु अहिले परिवार लिएर यो फिल्म हेर्न गइरहेका छन् ।

सेलिब्रेटीको समर्थन :अभिनेत्री कंगना रनावत हरेक दिन ‘द कश्मीर फाइल्स’ को समर्थनमा इन्स्टाग्राम स्टोरीमा केही न केही शयर गरिरहन्छिन् । अभिनेता आमिर खानले पनि दर्शकलाई यो फिल्म अनिवार्य हेर्न आग्रह गरेका छन् । फिल्मप्रति नकारात्मक धारणा बनाउनेहरु प्रति दर्शकहरु आक्रोशित छन् । रातोपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि