Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भूमिगत पानीको अत्यधिक दोहन मानव सभ्यतामाथिकै चुनौती

सन्दर्भ विश्व पानी दिवस

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ८, २०७८
भूमिगत पानीको अत्यधिक दोहन मानव सभ्यतामाथिकै चुनौती

अशोक घिमिरे
काठमाडौँ / भूमिगत पानीको अत्यधिक दोहन, पुनःभरणका समस्या, मुहान तथा तालतलैयाको संरक्षणको अभावमा मानव सभ्यतासँग जोडिएको पानीको उपलब्धतामा सङ्कट हुनसक्ने सम्भावनामा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्या, सिँचाइ, कृषि उत्पादन, औद्योगिकीकरणलगायत कारण विश्वभर पानीको प्रयोगमा बढोत्तरी आएको छ । वैज्ञानिक खोज अनुसन्धानमा विश्व धेरै अगाडि बढिसक्दा हालसम्म पानीको कुनै विकल्प पत्ता लागेको छैन । सम्पूर्ण प्राणी र वनस्पति जगत्को जीवनयापनको आधारशीलाका रुपमा पानीको दिगो एवं बुद्धिमत्तापूर्व प्रयोग गर्दै भावी पुस्ताका लागि हस्तान्तरण गर्नुपर्ने आवश्यकता महसुस हुँदै गएको छ । मानव सभ्यतासँग जोडिएको पानीको उपयोगमा चुकेको अवस्थामा भविष्यमा आउन सक्ने जल सङ्कटले मानव जातिलाई भयावह अवस्थामा पु¥याउन सक्ने चर्चा हुन थालेको छ ।
भविष्यमा पानीकै कारण विश्वमा द्वन्द्व बढ्न सक्ने खतरा औँल्याउन थालिएको छ । विश्वमा सतही र भूमिगत पानीको प्रयोग हुँदै आएको छ । पानीको उचित संरक्षण गरी सबैका लागि सुरक्षित पानी उपलब्ध गराउने र पानीको निर्विकल्पिता एवं महत्वसम्बन्धी सचेतना जगाउने उद्देश्यले विश्व पानी दिवस मनाइँदै आइएको छ । आज २२ मार्चअर्थात् विश्व पानी दिवस । ‘अदृश्य भूमिगत जलः गरौँ यसको उजागर’ भन्ने नाराका साथ आज विश्वभर पानी दिवस मनाइँदै छ ।
जलस्रोतको धनीमध्येको एक नेपालमा भूमिगत जललाई पिउने पानी, सिँचाइ, औद्योगिक कलकारखानालगायतमा प्रयोग गर्ने गरिएको पाइन्छ । पानीको स्रोत नभएका स्थानमा भूमिगत पानीको प्रयोग गरी स्वच्छ पिउने पानी तथा सिँचाइको प्रबन्ध हुँदै आएको छ । एक करोड अर्ब घनमिटर पानीमध्ये नेपालमा १३ अर्ब घनमिटर भूमिगत पानी रहेको अनुमान छ । नेपालको भूमिगत पानी विश्वकै तुलनामा स्वच्छ रहेको विज्ञको भनाइ छ । नेपालमा भूमिगत पानीको प्रयोग गरी पाँच लाख हेक्टरमा सिँचाइ सुविधा पुगेको तथ्याङ्क छ ।
नेपालमा उपलब्ध भूमिगत पानीमध्ये १.५ अर्ब घनमिटर पानी सिँचाइ र ०.२ अर्ब घनमिटर पानी पिउनका लागि प्रयोग हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् । काठमाडौँ उपत्यकामा पिउने प्रयोजनका लागि भूमिगत पानीको प्रयोग हुँदै आएको छ । काठमाडाँै उपत्यकामा मात्रै दैनिक ११ करोड लिटर पानी जमिनमुनिबाट निकाल्ने गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न पानी सेवाप्रदायकले भूमिगत पानी निकाली नागरिकसमक्ष पु¥याउँदै आएका छन् ।
अझै पनि १० प्रतिशत नागरिक स्वच्छ पिउने पानीको पहुँचबाट टाढा रहेको वाटरएड नेपालले जनाएको छ । ९० प्रतिशत नागरिकमा आधारभूत खानेपानीमा पहुँच पुगेको छ । पानीको पहुँच पुगेकामध्ये १८ प्रतिशतले मात्र सुरक्षित पिउने पानीको प्रयोग गर्दै आएका उक्त संस्थाले जनाएको छ । नेपालमा वार्षिकरुपमा सरदर २२५ अर्ब घनमिटर पानी उपलब्ध हुने अनुमान छ । सोमध्ये १२ अर्ब घनमिटर पानी भूमिगत जलस्रोतका रुपमा पुनःभरण हुने गरेको छ । विश्वभरमा लगभग आधा पिउने पानी, सिँचाइका लागि ४० प्रतिशत, उद्योगका लागि ३३ प्रतिशत पानी प्रयोग हुने गरेको तथ्याङ्क छ । भूमिगत पानीले पारिस्थितिकीय प्रणालीलाई सन्तुलित बनाउँदै आएको छ ।
विश्व पानी दिवसका अवसरमा जल तथा ऊर्जा आयोगले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वच्छ जलको आवश्यकता पूर्ति गर्ने भूमिगत जलको विषयमा सचेतना फैलाइ यसको समुचित संरक्षण्, पुनःभरण, दिगो, किफायती र सन्तुलित उपयोगलाई जनमानसमा पु¥याउनुपर्ने बताउनुभयो ।
सतही जलस्रोतको तुलनामा भूमिगत जलस्रोतका विषयमा पर्याप्त ध्यान नपुगेको आफूले पनि महसुस गरेको भन्दै उहाँले यसको समुचित संरक्षण, सन्तुलित दोहन र पर्याप्त पुनःभरणका सम्बन्धमा लाग्न आग्रह गर्नुभयो । भूमिगत जलको उत्पादकत्व बढाउने कृत्रिम जलाशय निर्माण, पुनःभरण, सन्तुलित दोहन, प्रदूषण न्यूनीकरणलगायतका योजनालाई प्राथमिकतामा राखेर नीति योजना बनाइने बताउनुभयो । “पानी प्रकृतिले दिएको निर्विकल्प अमूल्य उपहार हो । यसर्थ पानीलाई समृद्धि र समस्त प्राणी वनस्पतिका जीवनको आधार तथा पर्यावरणको आधारका रुपमा लिई भूमिगत जलको महत्वलाई आत्मसात् गरी यसको उचित संरक्षण, समुचित एवं दिगो उपयोगका क्षेत्रमा आ–आफ्नातर्फबाट विशेष भूमिका खेल्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्रलाभ कर्णले मानव सभ्यता पानीसँग जोडिएकाले पानीको उपलब्धताको अवभामा मानव सभ्यता नै सङ्कटमा पर्न सक्ने बताउनुभयो । चुरे विनास, कृत्रिम तालतलैयाको अतिक्रमणलगायत कारणबाट तराईका २२ जिल्लामा भूमिगत पानीको अभाव हुनसक्ने खतरा औँल्याउँदै उहाँले नेपाल जलस्रोतमा धनी भए पनि पानीको उपयोग र व्यवस्थापनमा अत्यन्त गरिब रहेको बताउनुभयो । “पानी प्रशस्त भए पनि ठूलो जनसङ्ख्यालाई अझै पनि स्वच्छ पानीको व्यवस्था गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “उपलब्ध पानीको शुद्धता र गुणस्तरमा पनि चुनौती छ ।”
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलालले भूमिगत पानीको अत्यधिक दोहनलाई नियन्त्रण गर्ने पानीको अभाव पूर्ति गर्न तथा जलाधार क्षेत्रबाट पानी स्थानान्तरण गर्नुपर्ने बताउनुभयो । पानीको दिगो र समुचित प्रयोगको व्यवस्था मिलाउने, अनुसन्धान गर्ने, जलाधार क्षेत्रको संरक्षण गर्ने र पानीको उपयोग गर्ने नीति बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
लोकसेवा आयोगका सदस्य माधव बेल्वासेले जलाधार क्षेत्रको संरक्षण, भूमिगत जलसम्पदाको विस्तृत अध्ययन, भूमिगत जल उत्खननका लागि अनुमतिको व्यवस्था तथा तालतलैयाको संरक्षण र निर्माणमा प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा तराई मधेसमा भूमिगत पानीको स्रोतका रुपमा भावर क्षेत्रलाई पनि समेट्न सुझाव दिनुभयो ।
वाटर एड नेपालका देशीय प्रतिनिधि तृप्ती राईले दिगो विकास लक्ष्यले लिएको उद्देश्य हासिल गर्न सबै नागरिकलाई स्वच्छ र सङ्क्रमणमुक्त पिउने पानीको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । एसिया प्रकोप पूर्वतयारी केन्द्रका विज्ञ लक्ष्मण शर्माले पानीको सदुपयोग गरी आर्थिक विकास र दीर्घकालीन प्रयोगको उचित वातावरण बनाउनुपर्ने बताउनुभयो । आयोगका सहसचिव कलानिधि पौडेलले विश्वभर संसारमा स्वच्छ पानीलाई भूमिगत पानीको स्रोतका रुपमा मानिने भए पनि बढ्दो जलवायु परिवर्तनको प्रभाव भूमिगत पानीमा परिरहेको बताउनुभयो । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि