Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गाईको शोकमा किरिया …

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०७८
गाईको शोकमा किरिया …

रत्ननगर, १ चैत (रासस) / आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बस्नुभएको छ । भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बस्नुभएको हो । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको थियो ।
उहाँ विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आउनुभएको थियो । उहाँ विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बस्नुभएको छ । उहाँले भन्नुभयो “गौशालामा पालिएका गाई आफ्नो माता समान हुन् । गाईको सेवा गर्दा आफ्ना विभिन्न रोग निको भएको छ । गाईको सेवामा नै जीवन बिताउने छु । ” योगी नरहरिनाथले कोटीहोम गर्नुभएको सो स्थानमा चितवनकै माडीबाट स्थानीय जातको गाई ल्याएर राखिएको थियो । यसपछि उहाँका अनुयायीले त्यहाँ स्थानीय जातको गाई विस्तार र संरक्षण गर्दै आइरहेका छन् । गौ संरक्षण केन्द्रमा हाल करिब २०० को हाराहारीमा गाई संरक्षण गरेर राखिएको सो केन्द्रका संयोजक रामप्रसाद वस्तीले बताउनुभयो । गाईले दूध दिने बेलासम्म घरमा पाल्ने र दूध दिन छाडेपछि (बूढो भएपछि) गाईलाई छाडा छाड्ने कारणले स्थानीय प्रजातिको गाईको संरक्षणमा चुनौती थपिएको उहाँको भनाइ छ ।
आन्तरिक आम्दानीको कुनै पनि स्रोत नहुँदा गाईको संरक्षणमा समस्या भएको संयोजक वस्तीको भनाइ छ । हालसम्म दाताहरूकै भरमा गाईको संरक्षण गर्दै आइरहेको छ । “गौ संरक्षण केन्द्रमा पालिएका गाईका लागि विभिन्न व्यक्तिले दाना, परालको व्यवस्थापन गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो, “ नियमित आम्दानी नहुँदा गाईको संरक्षणमा गाह्रो हुँदै आएको छ, राज्यले यसतर्फ ध्यान दिएमा केही सहज हुने थियो ।” केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ ।
योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार रु एक करोडको अक्षयकोष निर्माण गर्ने गरी अभियान नै अगाडि बढाइएको छ । अक्षयकोषको लक्ष्यअनुरुप नै विभिन्न व्यक्ति तथा दाताले कोषमा रकम थप गर्दै आइरहेका छन् ।
स्थानीय जातको गाईको दूध, गहुँत, गोबरमा औषधीय गुण हुने भएकाले समेत यसको संरक्षण र संवद्र्धन गर्नुपर्ने गौ संरक्षण केन्द्रका पूर्वसंयोजक टङ्कनाथ पौडेलले बताउनुभयो । “हाम्रो स्थानीय जातको गाई जुन गाईको जुरो पलाएको हुन्छ, ती गाईका दूधसहित गहुँत र गोबरमा औषधीय गुण हुन्छ”, उहाँले भन्नुभयो, “हामीले वागीश्वरीमा शुद्ध गौ अर्क निर्माण बिक्री वितरण गर्दै आइरहेका छौँ ।” स्थानीय जातको दूध तथा गहुँतको नियमित सेवनले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै क्यान्सर रोगबाट समेत मुक्ति मिल्ने उहाँको भनाइ छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि